रिसाउँदा तिमी मन (Gajal)



रिसाउँदा तिमी मन, मेरो भारी हुन्छ त्यसै
रसाउँदा तिम्रा आँखा, मुटु मेरै रुन्छ त्यसै

खै के जादु ग¥यौ या त, कुनै ठुलै टुना लायौ
गोडाहरु सँधै तिम्रै, गल्ली बाटो चुन्छ त्यसै

दिक्क लाग्छ कैहिले त, फेरी तिमी मुस्काउँछ्यौ
फुरुङ्ग मेरो मन हुन्छ, पिरतीले छुन्छ त्यसै

बाँकी रहँदैन कुनै, मन्मा रिस रागहरु
एकै मिठो बोलीले नै, द्वेस सबै धुन्छ त्यसै

उम्किनै पो गाह्रो हुन्छ, देख्दिन म कुनै बाटो
कैला तिम्रा नयनले, कैदी जस्तै थुन्छ त्यसै




Comments

Popular posts from this blog

अम्बेडकरको Annihilation of Caste

निर्मलालाई न्याय

उसको रोजाइ -Story