सेतो धर्ती–अमर न्युपाने
सेतो धरती by Amar Nyaupane My rating: 2 of 5 stars सेतो धर्ती अमर न्यौपानेको एक उत्कृष्ट कृति भनेर चिनिन्छ । न्यौपानेले एकल महिलाको गर्भ देखि मृत्यु प्रतिक्षाको घडिसम्मको कथानकलाई उपन्यासको रुप दिएका छन् । देवघाटमा आफूले भेटेकी एक वृद्धासँगको सामान्य कुराकानीका क्रममा उनको मनमा यो उपन्यासको जन्भ भएको छ । ती वृद्धाका जीवनका महत्वपूर्ण घटनालाई उपन्यासकी ‘म’ पात्र ताराको जीवनको साँचो बनाएर बाँकी कथा र उपकथाहरु बनाइएको छ । देवघाटमा बसेर ३० दिनको अनुसन्धान पछि उपन्यासले यो रुप पाएको छ । उपन्यास पढ्दा एउटा जीवन पढियोः दुःख, निराशा र कुण्ठाले भरिएको जीवन । विहेको नाममा केटाकेटीको खेल भन्दा बढ्ता केही नजानेकी ताराको सात वर्षको वाल्यावस्थामा झुक्याएर विहे गरिइन्छ । नौ वर्षमा पति वितेपछि उनको जीवनको रंग खोसिन्छ । उनलाई पतिको अनुहार समेत सम्झना हुँदैन तर लुगा, गहना र कपालको मायाले बढि भकानिन्छिन् । उनको यो भोगाइबाट बचाउन उनका आमाबाले पनि केहि गर्न सक्दैनन् । त्यसपछि विस्तारै किशोरावस्था आउँछ, बैंस आउँछ, प्रौढावस्था आउँछ र वृद्ध भएर मृत्यु पर्खने अवस्था सम्म उनी पुग्छिन् । त्यसक्रममा उपन...