Posts

Showing posts with the label Dhangadhi

उमेद्वारहरूलार्इ खुला पत्र

Image
आदरणीय धनगढी उपमहानगर पालिकाका मेयरका उमेद्वार ज्यूहरु, बीस वर्ष पछिको स्थानीय निर्वाचनका लागी यहाँहरुले आ–आफ्ना मुद्दाहरुका साथ अघि बढ्नु भएको देख्दा खुशी लाग्छ । राजनीतिक सिद्धान्तमा मतभिन्नता भएपनि विकास हुनु पर्छ भन्ने कुरामा सबै जना एक ठाउँमा आउनु भएको देख्दा खुशी लाग्छ । कोहि राजनीतिक क्षेत्रमा अनुभव बटुलेका हुनुहुन्छ भने कोहि व्यवसायिक पृष्टभूमीबाट अघि आउनु भएको छ । हरेकले आ–आफ्ना क्षेत्रका प्रतिद्वन्द्वीलाई पछि पार्दै चुनावको लागी अन्तिम तयारी गरिरहनु भएको छ । त्यसै सन्दर्भमा यहाँहरुका घोषणा पत्रहरुमा केहि बुँदाहरु थप्न मन लाग्यो । आशा छ यसलाई यहाँहरु सबैले सकारात्मक सुझावका रुपमा हेरिदिनु हुनेछ । १. धनगढीमा अहिले स्मार्ट सिटिको कुरा व्यापक भएको छ । स्मार्ट सिटिका विभिन्न परिभाषाहरु अघि आउन थालेका छन् । स्मार्ट सिटि एउटा अमूर्त परिकल्पना हो । यसको ठोस खाका छैन । सूचना प्रविधिलाई विकाससँग जोड्ने अवधारणालाई सामान्य भाषामा स्मार्ट सिटिको परिभाषा मान्न सकिन्छ । सूचना प्रविधिलाई विकाससँग जोड्न पनि आधारभूत विकास भइसकेपछि मात्रै सम्भव छ । अहिले त हामी भरखर उप–महानगर पालिका भएका ...

स्थानीय निर्वाचनको दोश्रो चरणका सन्दर्भमा

Image
म अध्ययनको सिलसिलामा युरोप पसेको लगभग पाँच वर्ष पुग्यो । अध्ययनकै सिलसिलामा अमेरिका र युरोपको समग्र बसाइले ममा एउटा नयाँ चेत थपेको छ । सामान्य अवस्थामा म त्यहि चेतनालाई पछ्याउने गर्छु । यहाँको समाजमा व्यत्तिगत स्वतन्त्रता र गोपनीयताको यति सम्मानहुन्छ कि तपाईंका व्यक्तिगत कुराहरु कसैले सार्वजनिक गरेको खण्डमा कानुनी उपचार समेत खोज्न सकिन्छ । सार्वजनिक स्थलमा अनुमति बेगर तस्वीर खिच्ने देखि तपाईंको विमारीको सार्वजनिक चर्चा  सम्म पनि गर्न पाइँदैन । व्यक्तिगत स्वतन्त्रताको र व्यक्तिगत गोपनीयताको हदै सम्म सम्मान गरिने यो समाजबाट आफ्नो गाउँ ठाउँमा हुने व्यक्तिगत आक्षेपको राजनीति र व्यक्ति विशेषको चरित्रहत्याको प्रयास उति पाच्य नलाग्ने रहेछ । अनि त्यसरी अरुमाथि हिलो छ्यापेर आफू संलो बन्न खोज्ने प्रति त्यस्तै किसिमको औँला ठड्याउँदा आफ्नो गल्तीको महशुस गर्नु त कता हो कता अझै आफै पानी माथिको ओभानो बन्न खोज्दा रहेछन् । धनगढी उपमहानगरपालिका मेयरकालागी उठेका उमेद्वार लक्षित गरेर सामाजिक सञ्जालमा भएका केहि प्रकाशनहरुले पनि त्यस्तै अनुभुति गरायो । स्थानीय निकायको निर्वाचनको पहिलो चरण सकिएको...