मोहन मैनालीको उपल्लो थलो
‘मान्ठा डराएको जुग’ पढेदेखि नै मोहन मैनालीको लेखन मन पर्न थाल्यो । सरल लेखन शैलीसँगसँगै लेखनको विषय वस्तुले मैनाली झनै प्रीय बने । ‘मान्ठा डराएको जुग’मा ती कुराहरु समेटिएका थिए जो धेरै मान्छेले थाहा नै पाएका छैनन् । सरकारी सञ्चार माध्यम र सरकार नियन्त्रित खबरहरुमात्रै पाएकाहरुका लागी पुस्तकले राज्यतर्फबाट भएका अन्यायका प्रतिनिधि घटनाहरु पस्केको छ । इतिहास भइसकेको युगको ढाकछोप गरिएका धेरै मह्त्वपूर्ण अंश हरु बाहिर ल्याएर पिडितलाई न्याय दिलाउन सफल प्रयासको कथा पढ्दा सुरुमा सरकार प्रति आक्रोश र पछि गएर लेखकप्रतिको कृतज्ञता भाव हावी हुन्छ । हत्केलामा ज्यान राखेर संकलित नियात्राहरुको संगालो नेपाली साहित्यको पढ्नै पर्ने गैह्र–आख्यानात्मक पुस्तक मध्येको एक हो । ‘मान्ठा डराएको जुग’को प्रभाव यति सम्म प¥या कि त्यसपछिका दिनहरुमा युट्युबमा लेखकका अन्तर्वाता र ‘मान्ठा डराएको जुग’सँग सम्बन्धित मैनालीका वृत्तचित्रहरु पाएसम्म हेरी भ्याएँ । उपल्लो थलो पनि त्यसै प्रभावका कारण पढ्न मन लाग्यो । फेरी ‘उपल्लो थलो’को बारेमा जतिलाई सोध्यो उतिले नै राम्रो प्रतिकृया दिएकोले पनि यो पुस्तक पढ्ने इक्षा बलियो बन...