उस्लाई दुःखी बनाउने (Gajal)

image: cid vs rajnikant
उस्लाई दुःखी बनाउने, मेरो पनि मन थेन
तर खुशी किन्न पुग्ने, मसँग त्यो धन थेन

सानो घर बन्थ्यो होला मेरो गरीब मायाले
महँगा ती सपनाका, ठूला महल बन् थेन

खुशी दिन्थे सके जति, क्षमताले भ्याए सम्म
मन बिझ्ने रुखो शब्द, बरु कैले भन् थेन

खुबै राम्री थिइ ऊ त, पूर्णीमाकै जून जस्ती
उभिनलाई उसको छेउ, सुन्दर यो तन थेन







Comments

Popular posts from this blog

Letters to a Young Poet -Rainer Maria Rilke (with quotes)

अम्बेडकरको Annihilation of Caste

निर्मलालाई न्याय