Posts

Showing posts with the label The Stranger

मातातीर्थ अाैँसी अनि अल्बर्ट कामुको ‘द स्ट्रेन्जर’

Image
चिउँडाका दुई किनारामा गाढा बन्दै गरेका धर्साहरु, अझ स्पष्टहुँदै गरेका आँखाका डिलह, चश्मा चढेको अनि कहिल्यै नमेटिने हाँसो भएको आमाको मुहार हेरिसकेपछि मनमा धेरै कुरा खेले । आज आमाको मुख हेर्ने दिन भनेर हिजो देखि नै सामाजिक सञ्जालमा चर्चा सुरु भइसकेको थियो । फेसबुक भएपछि पात्रै पनि हेरिरहनु नपर्ने भएको छ । हरेक कुराको भेउ पाउन सजिलो भएको छ । भोलिपल्ट कुरा गरौँला भनी सुतेको थिएँ । विहान आँख खुल्ने बित्तिकै फोनमा सन्देसहरु पढ्न खोज्दा बहिनीको सन्देश पनि भेटेँ । ‘सान्दाइ, आज मम्मीको मुख हेर्ने दिन हो । कल गरेस मम्मीलाई, भिडियो कल गरे नि हुन्छ ।’ म आँखा माड्दै फोन लगाउन थालेँ । घरको लाइनमा एकतर्फी मात्रै सुनिने भएको रहेछ सायद, भाउजुको नम्बरमा फोन गर्न भनेर आमाले राखिन् । भाउजुकै नम्बरमा फोन गरेको केहि बेरमै ‘फोनबाट धेरै पैसा लाग्ला नेटमै आइजा ।’ भनेर आमाले कुरा टुङ्ग्याइन् । त्यसपछि आमाकै खाताबाट मेसेन्जरमा भिडियो कल आयो । ५७ मिनेट २८ सेकेण्ड लामो भलाकुसारीपछि आशिर्वाद लिँदै कुरा टुङ्ग्याएँ । आमाको मुख हेर्ने दिन पारेर सामाजिक सञ्जालमा फोटोहरु राख्ने अनि आमाप्रतिको भावनाहरु पोख्नु गल...