‘फोसिल’ अर्थात जिवावशेषः कुमार नगरकोटी
नगरकोटी सायद एकमात्र त्यस्ता लेखक हुन् जोसँग उनको कृतिको बारेमा प्रत्यक्ष छलफल गर्न पाएको छु । त्यसबेला उनको कृति पढेको थिएन । मोक्षान्तः काठमाडौँ फिवरको प्रकाशन पश्चातको छलफलको कार्यक्रममा बुकाहोलिक्सको बैठकमा उनीसँग भेट भएको थियो । उनको कथा बुन्ने शील्प र कथामा समावेश पत्र र सन्दर्भहरुका बारेमा धेरैले तारिफ गरेका थिए । ‘सिन्डलरलाई नचिनेकोले नगरकोटीको कथाको स्वाद पाउन सक्दैन’ उनका समर्थकहरुले यस्तै यस्तै तर्क गर्थे । मैले उनलाई राम्ररी पढि नसकेकोले म उनको समर्थक हुँ कि होइन छुट्याउन सकि रहेको थिएन । त्यत्तिकैमा कुरा राख्ने पालो मेरो आयो । मलाई पुस्तकको गुदिको बारेमा थाहा नभएकाले त्यसका सन्दर्भमा बोल्ने आँटै भएन । त्यसैले पुस्तकको नाममा अलि आपत्ति जनाएँ । ‘पुस्तकको नाममा अंग्रेजी नएर नेपाली नै भएको भए राम्रो हुन्थ्यो कि ?’ नेपाली साहित्यमा अंग्रेजी प्रयोगको म विरोधी हुँ । भाषा अंग्रेजी होस् या नेपाली शुद्ध बोलिनु पर्छ । म अंग्रेजी शुद्ध नबोल्दा पाखे हुने अनि नेपाली अशुद्ध बोल्दा ठूलो हुने भन्ने मान्यताको विरोधी हुँ । त्यसैले यो पुस्तक समिक्षामा पनि मेरो पूर्वाग्रहल...