पहेँलो गुलाफ: प्रेमा शाह
प्रेमा शाह मनपर्ने अभिनेत्री जल शाहकी आमा भनेर उनको लेखन प्रति निकै अघि देखि रूचि थियो । त्यो भनेको १६-१७ वर्ष अघि आठ-नौ कक्षामा पढ्दा भनेको हो । फेरी उनी पनि विपी जस्तै यौन मनोविज्ञानमा कलम चलाउने भन्ने विवरण साहित्यकार परिचयार्थ प्रज्ञा प्रतिष्ठानले छापेको एक पुस्तकमा भेटेको थिएॅ । त्यसले झन् उनको साहित्य प्रतिको रूचि झन् बढाएको थियो । उनको कृति भने पढ्न पाएको थिएन । पछि नगरकोटीको अक्षरगंजमा पहेंलो गुलाफ को चर्चा पढेपछि सो पुस्तक पढ्ने लालसा फेरि बौरिएको थियो ।
पहेंलो गुलाफ(२०२३), विषयान्तर(२०२८) र मम्मी(२०४०) गरेर शाहका तीन कृतिलाई एकमा गाभेर रत्न पुस्तकले निकालेको रहेछ । शिव नेपालबाट आउने खबर पाउने बित्तिकै अनुराधा र पहेंलो गुलाफको ईक्षा सुनाएॅ । उनले पहेॅलो गुलाफ पाएछन् । त्यसरी पहेंलो गुलाफ हात पर्यो ।
मने एक्कासी उठ्याे । हातकाे पेटीले उसले पातलीलार्इ सटासट हिर्काउन थाल्याे । पातली रन्थनिर्इ, उसकाे अहङ्कार पेटीकाे चुटार्इसित दुख्ने भएर अायाे । उसले अगाडिकाे बाँसकाे ढुङ्ग्राे उठाएर मनेलार्इ हिर्कार्इ । मने झन् जङ्गिएर पातलीलार्इ जता पायाे उतै पेटीले हिर्काउन लाग्याे । पातलीले मुख छाेडी - 'ज्यानमारा माेरा!'
पुस्तक पातलो भए पनि कथाहरू अलि जटिल भएकाले पढ्न समय लाग्यो । मलाई त्यस्तो लागेको पनि हुन सक्छ । फेरि भाषा संस्कृत जन्य नभएपनि सामान्य पाठकलाई बुझ्न अप्ठ्यारै पर्ने खालको छ ।
पहेंलो गुलाफ र विषयान्तर कथा संग्रह हुन् । कथाहरु दुबैमा फरक छन् । हालसम्मका कृतिहरू भन्दा निकै फरक छन् । घटना प्रधान भन्दा पनि विषय प्रधान कथाहरू छन् । पहेंलो गुलाफका नारीप्रधान कथाहरु हाल सम्मै नलेखिएका या कम से कम मैले पढ्न नपाएका कथाहरु लागे । फरक चित्र देख्न पाईन्छ । नारी पात्रका कदमहरू पनि समाजका मान्यतालाई चुनौती दिने खालका छन् । पढदै गर्दा ती कथाहरू विद्यालयको पाठ्यक्रममा किन समावेश भएनन् भन्ने लागीरह्यो ।
मनेले हानेकाे मुटु लिएर ढाेकामा कान जाेरेर भित्रकाे गतिविधी बुझ्न खाेज्याे । खाट उसै चरमरार्इरहेकाे थियाे । 'बेस्से, नाठाे लिएर बसिरहिछ!' मनेलार्इ उसकाे क्राेधी पुरूषत्वले घच्घच्यायाे ।
मम्मी लघु उपन्यास हो । एकल आमा बन्ने निर्णय, दोश्रो पुरूष साथी चुन्ने निर्णय र उसॅग विवाह नगरी उसलाई पालेर बस्ने निर्णय, उसॅग आजित हुॅदा उसलाई घरबाट विदा गर्ने निर्णय, आदि कदमहरूले महिलाका लागी “जस्को पोई छैन त्यसको कोई छैन” भन्ने जस्ता दास बनाउने मान्यता विपरीतको आवाज मुखरित गरेका छन् ।
'पातली बेस्से हाे !' अनि झ्वाट्ट उसले गहनाले लच्केकी पातलीलार्इ देख्याे । गहना ! मने शीताङ्ग भयाे । उसकाे सर्वस्व, यतिन्जेलकाे कमाइ !
मलाई लाग्छ लेखन बलियो तिनै लेखकको हुन्छ जस्ले चुनौतीपूर्ण जीवन बाॅचेका हुन्छन् । जसले अध्ययन गरेका हुन्छन् र चिन्तनमा लागेका हुन्छन्, तिनकै लेखनी बुलन्द हुन्छ । प्रेमा शाह हरेक हिसाबले अब्बल थिर्इन । उनले पढेकी पनि थिर्इन् अनि उनलार्इ परेकाे पनि थियाे । दाेश्राे विवाहबाट जन्मेकी छाेरीलार्इ एक्लै हुर्काएर उनले अाफ्नाे अदम्य साहसकाे परिचय दिएकी थिर्इन् । त्याे पनि त्यतिबेला जब देशमा पञ्चायत व्यवस्था थियाे । समाजले महिलालार्इ परिजीवि ठान्थ्याे । पुरूषमा अाश्रित हुनु नारीकाे धर्म र कर्म नै मानिन्थ्याे । त्याे समयमा उनले समाजलार्इ लेखार्इ मार्फत मात्रै हाेइन गरार्इ बाटै पनि देखार्इदिइन् ।
उसले खुकुरीलार्इ दापभित्र हाल्याे र सिरानमुन्तिर घुसार्याे । मनेकाे हातले केही साह्राे चिजलार्इ छाेयाे । उसले त्यसलार्इ बाहिर तान्याे । एउटा सानाे–सानाे रूमालले बाँधेकाे पाेकाे । मनेले हडबडमा त्यसलार्इ फुकायाे । पाेकाे फुकाएपछि उ जड भयाे । उसकाे अघिल्तिर पातलीका कानका ढुङ्ग्री, चाँदीका बाला र चारपाटे थिए ।
अाज भन्दा करीब छ महिना अघि, डिसेम्बर १७, २०१७ का दिन, अमेरिकामै ७२ वर्षको उमेलमा उनले संसारबाट विदा लिईन् । प्रेमा शाह दिवंगत हुॅदा ध्रुवचन्द्र गौतमले लामै लेख लेखेका थिए । अलिखितको धंधंगी बाॅकी रहॅदै गर्दा पढेको त्यो लेखले प्रेमा शाहको कृतिको तलतल अझ बढाएको थियो । सायद मृत्युपरान्त मात्रै मान्छेलाई चिन्ने नेपाली रीत पनि अब पुरा भइसकेको छ । अब त कम से कम उनको लेखनीको चर्चा हुन सक्छ । अब त उनको साहित्यको चर्चा हुनुपर्छ ।
![]() |
source: Facebook/Jal Shah Fan Club |
श्राेतः प्रेमा शाहः एक कथाकाे अन्त्य ध्रुवचन्द्र गाैतम
पेमा शाह विकिपिडिया
Comments
Post a Comment