Posts

Showing posts with the label Akshyarganj

अक्षरगंजमा नगरकोटीसँगको भेट (पाठक प्रतिक्रिया)

Image
अक्षरगंजका पानाहरुमा डुल्दै गर्दा नाइट क्याफेको एक कान काटेको भ्यानगगले अचम्म मानेर हे¥यो । ऊ पिकासो र ब्राकसँग मगमा मगमा कालो कफि पिउँदै थिएछ । ‘तिमी को ?’ भ्यानगगले प्रस्न ग¥यो । ‘म नाथे पाठक ।’ मैले अलि अदबसाथ जवाफ फर्काएँ । ‘नाथे पाठकहरुलाई अक्षरगंजको बाटो कसले देखायो ?’ उसले अचम्म मान्दै प्रश्न ग¥यो । ‘म नगरकोटीलाई पछ्याउँदै आएको ।’ नगरकोटीको नामले केहि भइजान्छ कि भनेर बुढालाई सुनाएँ । ‘अचेल नगरकोटी पछ्याउँदै आउनेहरुको ओइरो छ । नाथे पाठक, वेलकम टु अक्षरगंज ।’ सायद जुक्तिले काम गरेछ । बुढा आत्मीय बने । ‘धन्यवाद ।’ आफ्ना बत्तीसी देखाउँदै सधन्यवाद त्यहाँबाट बाटो अघि बढे । रेनासा रेस्टुरेन्ट भित्र पस्दा वालकृष्ण सम र पहलमानसिंह स्वाँर देखिए । स्वाँर समलाई नेपाली नाटकमा को पहिलो भनेर सुनाउँदै थिए । ‘स्वाँर काजीको कुरा सही हो ।’ मैले पछिाबट बोलेँ । ‘तिमी को ?’ समले अचम्म मान्दै सोधेँ । ‘म नाथे पाठक । नगरकोटी पछ्याउँदै आएको ।’ पहिलेकै उपाय प्रयोग गरेँ । ‘यो रामलाल जोशीको ऐना । सुदूरको कोशेली । मदन पुरुष्कार पाएको किताप ।’ स्वाँर काजीलाई मैले एना देखाएँ । ऐनामा एकछिन आफ्...