Posts

Showing posts with the label नयनराज पाण्डे

नयनराज पाण्डेको सल्लीपिर

Image
मनोज दाइले पढ्न दिएका चार पुस्तक, खबुज, फोसिल, अक्षरगंज र सल्लीपिर, मध्ये सल्लीपिरको पालो अन्तिममा आयो । आकार र चर्चाका हिसाबले पुस्तकको क्रम त्यस्तै प¥यो । त्यसमाथि सल्लीपिर एकजना साथीलाई पढ्न दिएको थिएँ । त्यत्रो पुस्तक पढ्दा पनि एउटा पुस्तक पनि नदिएको भन्ने गुनासो थियो । पुस्तक उसले लगी र उसको प्रेमीले पढेर भ्याउँदा पनि उसले चाहिँ पढ्न भ्याइन । ‘यस्तो पुस्तक तिमीले के बुझ्लौ ?’ लामा दाई (म त्यसरी नै सम्बोधन गर्छु) अर्थात उसको प्रेमीले पुस्तक पढिसके पछिको प्रतिकृया दिएका थिए । क्यान्सर प्रतिरोधी कोषका बारेमा स्नातकोत्तरको सोधपत्र लेख्दै गरेकी साथीले पछि समय अभाव हुने देखेपछि ‘ल भैगो’ भनेर मैलाई फर्काई । त्यसपछि मेरो पालो आयो । नबोल्दा नबोल्दै बोल्नै बिर्सेको  त हो नि हामीले फर्केर नहेर्दा नहेर्दै आफैँलाई यात्राहरुमा, आफैँलाई चिन्न बिर्सेको त हो नि हामीले । भेडाको  हुलमा मिसियौ र भेडा नै भयौ चौरीको हुलमा मिसियौ र चौरी नै भयौ, ‘सल्लीपिर’ को कथानक सोलुमा जन्मेकी पेमाको पुस्तकसँगको सम्बन्धको वरपर घुमेको छ । त्यो कथाको बहानामा लेखकले सोलुखुम्बु र त्यहाँको शेर्पा...

नयनराज पाण्डेको ‘निदाएँ जगदम्बा’ पढ्दा अनिदो भएको रात

Image
मलाई ‘लू’ पढेदेखि नयनराज पाण्डेका कृतिहरुप्रति रुचि बढेको हो । त्यसपछि लगत्तै पढेको ‘उलार’ हो । ‘उलार’ पढ्नुको कारण लेखकले केहि अन्तर्वार्ताहरुमा ‘उलार’को चर्चा गरेका थिए । साझाको निलो बसबाट ओर्लिएको मधेसीलाई चिया पसलेले दूध उम्लेर पोखिएको झोकमा पुल्चोक इजार मुन्तिर छ भनेर देखाउँदा घटनाका प्रत्यक्ष दर्शी तथा उपन्यासका लेखकको मनमा भएको ‘उलार’ले नै लघु उपन्यासको प्रेरणाको काम गरेको भनेर सुन्ने बित्तिकै मलाई ‘उलार’ पढ्ने तलतल लाग्यो । पढेँ पनि र ‘लू’ को स्वाद त्यसले एकपटक फेरी सम्झाइ दियो । ‘लू’ र ‘उलार’ दुबै सशक्त लागे । तिनै पुराना अनुभवहरुका आधारमा मैले लेखकका पाएसम्मका सबै किताब पढ्ने सोच बनाएको थिएँ । ‘घामकिरी’ मैले पढ्न चाहेका नयनराज पाण्डेले लेखेका कृति मध्ये सबै भन्दा माथिल्लो स्थानमा थियो । कारण ‘घामकिरी’ नगरकोटीलाई मनपरेको पुस्तक हो । त्यसमाथि साहित्य महोत्सवमा शिवानीसिंह थारुले पनि नयनराज पाण्डेका कृतिहरु मध्ये सबैभन्दा मनपर्ने कृति र लेखकलाई लेख्न मजा आएको कृति ‘घामकिरी’ हुनुपर्छ भनेर अनुमान गरेकी थिइन् । लेखकले पनि त्यसमा सहि थपेका थिए । ‘घामकिरी’ हातमा थिएन । बरु ‘सल्...