डा. रामेसको चल्स साेभराज उर्फ ‘विकिनी किलर’
डा. रामेश नेपाली ट्वीटर जगतमा खुब चिनिएको नाम हो । यसो भन्दा उनलको ट्वीटर वाहेक अन्त पहिचान छैन भन्न खोजेको हैन । बरु ट्वीटरमा उनी विशेष सकृय छन् भन्न खोजेको भने अवश्यै हो । केहि साता अघि देखि ट्वीटरमा उनले लेखेको नयाँ पुस्तकको व्यापक चर्चा सुरु भयो । सुरुवाती चरणमा प्रकाशित प्रतिकृया एकदमै राम्रा थिए । तर पुस्तक नेपाली बजारमा उपलब्द्ध थिएन । त्यसैले ट्वीटरमा ‘किताब खै’ भन्ने प्रश्न खुब चर्चित भएको थियो । भाग्यवश नेपाल बाहिर बासेका पाठकका लागी एमजनबाट किण्डल प्रति किन्न सहज रैछ । पुस्तक नै किन्दा पुस्तक भन्दा दोब्बर हुलाक शुल्क पर्न जाने हुनाले किन्डल प्रतिमै रमाएँ । किण्डल प्रति उपलब्द्ध भएकैले नेपाली बजारमा सुलभ रुपमा उपलब्द्ध नहुँदै नेपाली लेखकको पुस्तक पहिलो पटक हात लाग्यो । सन् २०१५ मा फेसबुकका संस्थापक मार्क जुकरबर्गले हरेक दुई हप्तामा एक नयाँ किताब पढ्ने भनेर आफ्नालागी आफैले एउटा ‘पढ्ने चुनौती’ दिएका थिए । त्यो यति व्यापक भयो कि त्यसमा धेरै अन्य पनि सहभागी भए । म पनि केहि वर्ष देखि त्यसैको सिको गरिरहेको थिएँ । सन् २०१८ मा ४० किताब पढि सक्ने लक्ष राखेको भए पनि ६ महिनामै सो ...