Posts

Showing posts with the label Mistika

म्याउँ ! नगरकोटी !!!

Image
म्याउँ, म्याउँ, म्याउँ, म्याउँ क्या हो, क्या हो ! पढिसकेपछि यस्तै भयो । खरानी रंगको पानाले ग्रे डेजको अंश छुट्याएको छ । निलै पानाले ब्लु ब्वायजको अंश छुट्याएको छ । स्याफ्रन ड्रिम्सलाई गाढा सुन्तला÷केसर रंगको पानाले छ्ट्याएको छ । इिन्डिगो इभिनिङलाई भाण्टा (सेतो हैन लाम्चो भाण्टा रंग–बैजनी) रंगले छुट्याएको छ । कालो रंगको पानाले लेखकको भनाइ समेटिएको युफोरिया युफोरियाको अंश छुट्याएको छ । सजधज यस्तो कि हातमा किताब पर्दा पनि कुनै ठूलै चिज हात पारे जस्तो लाग्छ । फाइनप्रिन्टको युट्युबको विज्ञापन र वेवसाइट हेरेपश्चात त्यो जस्तो वजारमुखी प्रकाशन कोहि छैन होला जस्तै लागेको थियो । मिस्टिका हात पर्दा भने हैन कि भन्ने लाग्यो । पुस्तकमा एकदम ठूलो लगानी छ । प्रकाशकले ठूलै दाउ खेलेका छन् । चल्तिका लेखकका लागी पनि त्यत्तिको छुट, त्यत्तिको सजधज, त्यत्तिको स्वछन्दता दिन प्रकाशकहरु हिच्किचाउँदा हुन् । नगरकोटी भाग्यमानी हुन् । जे लेखे पनि छापिन्छ । अझै भव्य पाराले छापिन्छ । मुर्धन्य साहित्यकार त उनको पुस्तक हातमा पर्दा र त्यसको साज सज्जा देखेरै आरीस मान्दा हुन् । कस्सम त्यस्तो आरीस गर्न मन लाग्ने पुस्...