Posts

Showing posts with the label Tourism

दोधारा चाँदनी पुल देखि चिसापानी सम्म

Image
सुदूरपश्चिममा पर्यटकीय सम्भावनाका बारेमा धेरै अघि देखि आवाजहरु उठ्दै आएका हुन् । पर्यटकीय सम्भावना बोकेका स्थानहरुको पहिचान भने यथेष्ट मात्रामा भइ नसकेको देखिन्छ । कतिपय पर्यटकीय सम्भावना बोकेका स्थानहरुको पहिचान भइसकेको भएपनि तिनीहरुको उचित प्रचार प्रसार र त्यस्ता स्थानहरुमा पुग्नको लागि पर्याप्त यातायात सुविधा एवं त्यस्ता गन्तव्यहरुको उचित व्यवस्थापन हुन नसकेको देखिन्छ । म स्वयं पनि भ्रमणका क्रममा सुदूरपश्चिमका सुगम मानिने कञ्चनपुर र कैलालीका केही यस्ता स्थानहरुमा पुगेको छु जसमा केही मात्रामा सुधार ल्याउन सकेको खण्डमा स्थानीय पर्यटकका साथसाथै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पर्यटकहरुलाई समेत भित्र्याउन सकिने देखिन्छ ।  कैलाली कञ्चनपुरका भ्रमणका लागि योग्य स्थानहरु पूर्वपश्चिम लोकमार्गबाट करीब दश देखि पन्ध्र किलोमिटरको दुरीमा छन् । त्यस्ता गन्तब्यहरु प्राय गरेर बनभोजका लागि बढि प्रसिद्ध छन् । ती गन्तब्यमा केही थप सुधारहरु गर्न सके सुदूरपश्चिमका पाहुनाका भ्रमणका लागि राम्रा गन्तब्यहरु बनाउन सकिने देखिन्छ । चिसापानी, टिकापुर पार्क, घोडाघोडी ताल, हाट खोली, गोदावरी, खानीडाँडा, ...

सुदूरपश्चिम पर्यटन विकासमा देखिएका सम्भावनाहरु

Image
सुदूर पश्चिममा पनि नेपाल भ्रमण वर्षको धेरथोर असर परेको अवश्यै हो । यसै असरका कारणले होला सबैले आफूले भ्याए सम्मका योगदानहरु पु¥याउन सबै तल्लीन देखिए । आ–आफ्नो स्थानवाट योगदान पु¥याउने क्रममा सुदूरपश्चिममा जन्मेका एक होनहार युवा नवराज रोस्याराले विदेशमा रह“दा पनि सुदूरपश्चिमका बारेमा सोच्न विर्सेनन् । उनी जर्मनीमा गणित विषयमा विद्यावारिधी हा“सिल गरिरहेका छन् । विदेशमा शिक्षा आर्जनको उद्देश्यले गएका भएपनि आफ्नो देशमा भ्रमण वर्ष आयोजना गर्न लागिएको जानकारी पाउने बित्तिकै जर्मनी मै रहेका आफ्ना केही साथीहरुलाई समेटी उनले नेपाल भ्रमण वर्ष २०११ का क्रममा आफ्नो जन्मभूमी आफ्नो थाकथलो भ्रमण गराउने सोच बनाए । त्यही सोच अनुरुप उनी आफ्ना जर्मन साथीहरुका साथमा सुदूरपश्चिमको भूमिमा पाइला टेके । सुदूरपश्चिमलाई नै गन्तव्य बनाएर हिडेका विदेशी पर्यटकहरुका साथ प्रवेश गरेका उनले सुदूरपश्चिमा पर्यटक आगमन सम्भव छ भनेर देखाइ दिए ः आवश्यक्ता छ त सामुहिक प्रयासको अनि उचित प्रचार प्रसारको । हामी मध्ये धेरैले समस्याका कुराहरु गर्छौ समाधान कसैले सोच्दैनौ“ । हामीले देखेका समस्याहरुबीच नै समाधानका शुत्रह...

कैलपाल जाँत एक सम्झना

Image
यसपाली जाँतका लागि भनेर नै मैले पनि दुई पटक पहाड पस्ने मौका पाए । पहिलो जाँत शिखरको जाँत थियो जो भदौका महिनामा सम्पन्न भएको थियो । पछिल्लो जाँत कैलपाल जाँत थियो जो कार्तिकको १५ र १६ गते सम्पन्न भएको थियो । यी दुवै जाँतहरु डडेल्धुरा जिल्लाको कैलपाल माण्डौ गाविसको वडा नं. ५ जयसेरामा भएका थिए । सोही दिन गणेशपुर गाविसको मैलोडामा पनि नङरै लाटाको जाँत भएको थियो । यी स्थानीय कुल देवताहरुका जाँतहरु विशेष गरी तिथीका आधारमा मनाइने भएकाले वर्षै पिच्छे फरक फरक दिन पर्ने गर्दछन् । कैलपाल जाँत कार्तिक शुक्ल षष्ठी र सप्तमी तिथीमा मनाइने गरिन्छ । षष्ठीका दिन रतेडी र सप्तमीमा दिउँसेडी गरी दुई दिन सम्म यसलाई मनाइने गरिन्छ । कैलपाल जाँतका क्रममा आसपासका गाउँका मान्छेहरु लगायत विविध कारणले गाउँबाट बाहिरिएका मानिसहरु पनि यहाँ आउने गर्छन् । यस्तो हुँदा त्यहाँका स्थानीय बासीले देवताले तानेको भनि भन्छन् । कति श्रद्धाले त कति विभिन्न मनोकामनाहरुको साथ यस्ता जाँतहरुमा आउने गर्दछन् । त्यहाँका मूल वासीहरुका लागि कैलपाल जाँतको धार्मिक महत्व त छँदै छ साथसाथै त्यसको सामाजिक र साँस्कृतिक महत्व पनि अति नै रहेको देख्...