Posts

Showing posts with the label Poetry

प्रश्नहरूको कारखानाः सरिता तिवारी

Image
 खोक्रिइरहेको गरिबको पेट भरिइरहेको साहुको ढिकुटी चुलिइरहेको रिनको सगरमाथा त्यसैको पहिरोले च्यापिएर बिस्तारै मरिरहेको निर्धो मानिस र उसको मुखबाट निस्किरहेको लाचार फिँज मेरो गाउँका अघोषित शान्तिका अरु दृष्टान्त थिए  ‘प्रश्नहरुको कारखाना’ नाम नै मन परेको थियो । पढ्न मन लागेका किताबहरुको सूचिमा लामै समय देखि थियो । यसपटक ‘कारखाना’ धनीसँगै भएको भेटमा किताब पनि हात परेपछि यो नपढि नहुने भयो ।  सरिता तिवारीलाई कवि भन्दा पनि बढि स्तम्भकारको रुपमा चिनेको थिएँ । सामाजिक सञ्जालको उनको उपस्थितिले पनि उनीप्रतिको एक धारणा बनेको थियो । यसपाली जुरेको भेटमा उनको व्यक्तित्वको थप पाटाको बारेमा पनि जानकारी भयो । एउटा हातमा राहदानी र अर्को हातमा प्रवेशाज्ञा लिएर उडिरहेको छु आकाशमार्गमा र सोच्दै छु के थियो मेरो जीवनको खोज ? के थियो मेरो विचार ? के थिएँ म ? अब एउटै सत्य भेटाएको छु विचारहरुको भीडमा सबभन्दा निर्मम विचार हो पेट प्रिय सुप्रिमो ! प्रिय कमरेड, के सोचिरहेका छौ तिमी के सकियो युद्धको मौसम ? म त अझै लडिरहेको छु जीवनको कठोर सुरुङ युद्धमा अझै त मैले बिसाइसकेको छैन हतियार म कविताको उस्तो गम्...

हुरीका स्वरहरू–कृष्ण भूसाल

Image
पुस्तकालय थाेप्लाे अाेअारजीमा राखिएका नेपाली साहित्यका पुस्तकहरू सुरक्षित गर्ने क्रममा केहि नाम नचलेका तर राेचक जस्ता लाग्ने कृतिहरू पनि छानेकाे थिएँ । तिनै कृतीहरू मध्ये एक थियाेः हुरीका स्वरहरू । नाम नै लाेभ्याउने खालकाे याे कृति पढ्दा उस्ताे ठूलाे अाशा त थिएन तर पनि पातलाे त्याे पनि कविताकाे किताब भएकाले समय त्यति लाग्दैन भन्ने हिसाबले पढ्न सुरू गरेँ । कविताहरू पढ्दा भने खुशीकाे सिमा रहेन । हृदयझैँ फाटेर प्वालै प्वाल परेकाे दारी थाङ्ग्रिएकाे लम्पट मातेकाे मान्छेझैँ, धङ्धङाउँदाे खाट माली मरेकाे फूलबारी पाखुरा छिनेका चप्पल, छाती फाटेका जुत्ता खियाले पचाएकाे बाल्टी, ज्याेति निलेकाे बत्ती साबुन बिनाकाे साबुनदानी, पखेटा फुत्किएकाे छाता ठुटाे र ठेटाे बुरूस, टुँढाे भाँच्चिएकाे कलम, छरपष्ट कागज सबैले एकसाथ मसानघाटका खप्परले झैँ हिस्स परेर गिज्याइरहेछन्, अनि पट्ट फुटेकाे दिवार उसभित्र माकुराका सेता त्रिपाल अझ भित्रकाे अँध्याराे खाेँचमा शरणार्थी बनेका खटमल, जब धुलै धुलाेले भरिएकाे भुइँमा उत्रन्छन् अनि वमवर्षक लाम्खुट्टेहरू तत्काल शिविर ध्वस्त गर्न निक्लन्छन् यत्तिकाे क...