Posts

Showing posts with the label Sher Bahadur Deuba

सिके लाल, संविधान संसोधन र देउवाको भारत भ्रमण

Image
विगतका साताहरुमा थुप्रै कुराहरु भए । बहुप्रतिक्षित संसोधनको प्रस्ताव निर्णयार्थ प्रस्तुत गरियो । नवनियुक्त प्रधानमन्त्री देउवाको भारत भ्रमण र त्यसको विरोधका स्वरहरु गुञ्जिए । एउटा रियालीटि शोमा आएका पाहुना निर्णायकले फलानो मनपर्छ भन्ने अभिव्यक्तिको जातका आधारमा मनलागी अर्थ लगाउँदै सामाजिक सञ्जलमा तथानाम गाली गरियो । यसै बीच सिके लाल मधेसको आन्दोलनको आधारहरु पुनः परिभाषित गर्नमै व्यस्त भए । यी सबै कुराको एकै लेखमा विस्तारमा विवोचना असम्भव छ । तर पति केहि कुराहरु यहाँ भन्न मन लागेको छ । सिके लाल   सिके लालका तर्क बजनदार हुन्छन् । समस्या के हो भने सबैको जस्तो उनका तर्क पनि पूर्वाग्रहले भरिएका हुन्छन् । अझै सबै जस्तो उनलाई उनी पूर्वाग्रहरहित भएको भ्रम पनि छ । त्यसैले उनले मधेसको इतिहास बखान्ने क्रममा डोटी र जुम्ला राज्यको इतिहास जोड्न विर्सिन्छन् । मधेसको ऐतिहासिक भूमिको सिमा कोर्ने क्रममा इमानसिंह चेमजोङ्गले खोतलेको किराँती इतिहास र त्यसको ऐतिहासिक भूमीलाई सिके लालले कत्ति पनि उल्लेख गर्दैनन् । उपेन्द्र सुब्बाको लाटो पहाडसँगै इमानसिंह चेमजोङ्गको किराती इतिहास र संस्कृति पढ्ने क...

ली क्वान यू, देउवा अनि अक्सफर्ड

Image
ली क्वान यूको प्रभाव यति प¥यो कि मैले नेपालबाटै उनको बारेमा टम प्लेटले लेखेको ‘ली क्वान यूसँगको वार्तालाप’ पुस्तक मगाएर पढ्न भ्याए । उनको उदार आर्थिक नितीले सम्भव भएकाे सिंगापुरको प्रगतिको धेरैले आरिस गर्छन् । पश्चिमा जगतले उनलाई नरम तानाशाह भनेर व्याख्या गरेका छन् । अहिले नेपालमा पनि ली क्वान यू को खोजी भइरहेको छ । समस्या कहाँ नेर छ भने नेपाल भनेको सिंगापुर होइन ।  ली क्वान यूलाई टम प्लेटले ( पुस्तक चर्चा यहाँ हेर्नुहाेस् )भारतमा पनि सिंगापुरको जस्तै रुपान्तरण सम्भव छ वा छैन भनेर सोधेका थिए । उनले भातरको विविधतालाई तेस्र्याउँदै भारतको हकमा सिंगापुरको जस्तो परिवर्तन गर्न आफूले सक्दैन थिए । ब्रिक्स देशहरुमध्यबाट भारत र चाइनाको बारम्बार तुलना हुने गर्छ । त्यसमा भारतलाई चाइनाले सजिलै पछार्न सक्ने अनुमानहरु छन् । त्यसको कारण के भने भारत विभिन्न जातजाती, भाषा, र  संस्कृतिमा विभक्त छ । तर चाइनामा एक हौँ भन्ने भावना छ । त्यसैले भारतमा सबैको चित्त बुझाउन जति गाह्रो छ चाइनामा त्यस्तो छैन । नेपाको हकमा पनि भारतको जस्तै सांस्कृतिक विविधता छ र सिंगापुरको जस्तो सामुद्रिक पहुँच पनि ...

कांग्रेस महादिवेसनः आशा र निराशा

Image
नेपाली कांग्रेसको महाधिवेशनले दोश्रो पटकको निर्वाचन बाट अत्यधिक बहुमतले शेरबहादुर देउवालाई पार्टि सभापतिमा निर्वाचित गरेपछि देशको सबै भन्दा ठूलो राजनीतिक दलको नेतृत्व कसले गर्ने भन्ने कुराको टुङ्गो लागेको छ । पार्टी नेतृत्वका अर्का दावेदार रामचन्द्र पौडेललाई हराउँदै उनले सभापतिको कुर्सी हात पारेका हुन् । ज्योतिसलाई साइँत देखाएर मनोनयन दर्ता गरेका शेरबहादुर देउवाले कांग्रेसमा लागेको ५२ वर्ष पछि मात्रै पार्टिको सर्बोच्च पद प्राप्त गर्न सफल भएका छन् । पार्टी नेतृत्वकै बखेडामा पार्टी विभाजन सम्मको इतिहास बोकेको नेपाली कांग्रेसमा यो परिवर्तनले २० वर्ष पछि कोइराला परिवारको एकछत्र शासनलाई भंग गरेर सुदूरको छोरोको हातमा नेतृत्व सुम्पेको छ । विं.सं. २०२० सालमा कांग्रेसमा लागेका देउवाले विद्यार्थी राजनीतिबाट आफ्नो राजनैतिक जीवनको थालनी गरेका थिए । राजनीति शास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका देउबा तीन पटक देशको कार्यकारी पदमा पुगिसकेका भएपनि कोइराला परिवारको एकछत्र राजलाई शुशील कोइरालाको देहावशान पछि मात्रै तोड्न सफल भए । त्यसमा पनि कोइराला परिवारबाट कुनै पनि योग्य (?!) उमेदवारले दावे...