Posts

Showing posts with the label Tharu Culture

फेनफेन आइ हमार गाउँ भादा ! (हाम्रो गाउँ भादा फेरिफेरि आउनु !)

Image
एकदिने होम स्टे सकिएपछिको विहानी प्रस्थानको तयारी हुँदै थियो । गाउँको चोखो आतिथ्यले विभोर भएको मनमा बसाइ लम्ब्याउने सुर भएपनि विविध कार्य व्यस्तताका कारण त्यसो हुन सक्ने स्थिति थिएन । त्यसैले विहानको नास्ता खाएर प्रस्थान गर्ने सुरमा सबै थिए । विहान सबेरै चिया र स्थानीय परिकारहरुको स्वाद लिँदै विदा हुने तरखरमा थियौं । एक रातको बसाइले मनमा निकै कुराहरु उब्जीएका थिए । संस्कृति माथि परिरहेको आधुनिकताको प्रभावले गर्दा सांस्कृतिक पहिचान नै गुम्न लागेको अहिलेको स्थितिमा यसरी संस्कृति संरक्षणलाई व्यावसायिक रुप दिने प्रयासलाई जति सरहाना गरे पनि कम होला । थारु संस्कृतिको बारेमा जान्न इच्छुकहरुका लागि र आफू बसेको भूमिको इतिहाँस जान्न चाहनेहरुका लागि भादा अद्वितीय गन्तव्य हुन सक्छ । थारु जातिहरु मात्रै बसोबास गर्ने भादा गाउँ आफैमा थारु संस्कृतिको संग्राहलयको रुपमा त छँदै छ त्यसको साथसाथै औलोको राज्य समाप्त गरेर यस तराईं क्षेत्रमा मानव बसोबासको सम्भावना देखाउने थारु समुदायको इतिहाँस, यस क्षेत्रको इतिहाससँग पनि गाँसिएको छ । कुमाउका इतिहास नामक एक हिन्दी पुस्तकमा उल्लेख भए अनुसार थारु जातिको ...