ओशो, रजनीशपुरम र शीलाः किताबकाे कथा
सात–आठ कक्षामा पढ्दा हुनुपर्छ, कैलाली जनपुस्तकालयको अलमारीमा भएको एक सेतो दाढिवाल साधुको किताब हात लाग्योः फर्गटन ल्याङ्ग्वेज अफ हर्ट । धर्म, दर्शन र तर्कशास्त्रमा रुची भएकोले कसरी कसरी म यो किताबसम्म आइपुगेको थिएँ । किताब पढ्दा मज्जा लाग्यो । ओशोका कुराहरु एकदमै तार्किक थिए । मैल त्यहि किताब पढ्दै गर्दा एक जना कांग्रेसको विद्यार्थी संगठनको नेता क्षितीज भण्डारी आएर पछिबाट टाउको मसार्दै खुब तारिफ गरे । सानै उमेरमा त्यस्ता गहन विषय प्रतिको रुचीले उनलाई प्रभावित गरेको हुनुपर्छ । मैले त खासमा जिज्ञासाले समाएको थिएँ तर त्यो प्रतिकृया पश्चात म झन ओशो तिर आकर्शित भएँ । बच्चा वुद्धि न हो ! पुस्तकालयमै एउटा अर्को पुस्तक पनि थियो । विश्व प्रसिद्ध श्रृंखला अन्तर्गतको सो पुस्तकमा विभिन्न सन्तहरुका बारेमा नकारात्मक कुराहरु लेखिएको थियो । साईबाबा देखि ओशो त्यसमा थिए । ओशोको पुना आश्रममा सन्यासीहरु आपत्ती जनक मुद्रामा रहँदाको एउटा तस्बीर पनि राखिएको थियो । एउटा धार्मिक परिवारमा संकीर्ण सोचसाथ हुर्किएको किशोरलाई त्यो तस्वीरमा देखाइएको कुरा पाच्य नहुनु स्वाभाविकै थियो । त्यो देखि सकेपछि धर्म प्रत...