हिजो मलाई एक्कासी
हिजो मलाई एक्कासी नन्दप्रसाद अधिकारी याद आए टुक्रुक्क बसेका दारी बढेर चिन्नै नसकिने भएका गालाका हाड उच्चिएर हो वा मासु सुकेर हो अझै टीठलाग्दा भएका छोराको लागी न्याय माग्दा माग्दै मरेका ती बाबुको याद आयो सायद अर्को बाबुको आँशु देखेर हो कि ? हिजो मलाई एक्कासी ज्ञानेन्द्र खड्काकी पत्नीको सम्झना आयो आफ्नै आँखा अगाडि घाँटि रेटेर मारेका पति देखेर छिनछिनमै बेहोस हुने होसमा आउँदा कोलाहल मच्चाउने ती पत्रकार पत्नीको याद अयो सायद अस्पतालको सैय्यामा बेहोस अर्की पत्नी देखेर हो कि ? हिजो मलाई मेरो छिमेककी हल्दार्नी दिदीको याद आयो सँगै घाम ताप्दै गरेका पेटको बच्चाको भविष्य कल्पदै गरेका आफ्ना पतिलाई आफ्नै अभिल्तिर भुक्लुक्क ढालेको देखेर र सँगै खान पकाएको मासुभात बहुला जसरी चुलोबाटै झिकेर पतिकै लाशको छेउमा घोप्ट्याएउने त्यो दिदीको याद आयो । सायद एउटी भिड छिचोल्दै पतिको लाश हेर्न तम्सेकी पत्नी देखेर हो कि ? हिजो मलाई खै किन हाे अन्यायमा मरेको पुत्रकी आमा न्याय माग्दा माग्दै मरेका पतिकी पत्नी गंगा मायाको पनि याद आयो जो अझै पनि छोराका लागी न्याय पर्खेर बसेक...