पहेँलो गुलाफ: प्रेमा शाह
प्रेमा शाह मनपर्ने अभिनेत्री जल शाहकी आमा भनेर उनको लेखन प्रति निकै अघि देखि रूचि थियो । त्यो भनेको १६-१७ वर्ष अघि आठ-नौ कक्षामा पढ्दा भनेको हो । फेरी उनी पनि विपी जस्तै यौन मनोविज्ञानमा कलम चलाउने भन्ने विवरण साहित्यकार परिचयार्थ प्रज्ञा प्रतिष्ठानले छापेको एक पुस्तकमा भेटेको थिएॅ । त्यसले झन् उनको साहित्य प्रतिको रूचि झन् बढाएको थियो । उनको कृति भने पढ्न पाएको थिएन । पछि नगरकोटीको अक्षरगंजमा पहेंलो गुलाफ को चर्चा पढेपछि सो पुस्तक पढ्ने लालसा फेरि बौरिएको थियो । पहेंलो गुलाफ(२०२३), विषयान्तर(२०२८) र मम्मी(२०४०) गरेर शाहका तीन कृतिलाई एकमा गाभेर रत्न पुस्तकले निकालेको रहेछ । शिव नेपालबाट आउने खबर पाउने बित्तिकै अनुराधा र पहेंलो गुलाफको ईक्षा सुनाएॅ । उनले पहेॅलो गुलाफ पाएछन् । त्यसरी पहेंलो गुलाफ हात पर्यो । मने एक्कासी उठ्याे । हातकाे पेटीले उसले पातलीलार्इ सटासट हिर्काउन थाल्याे । पातली रन्थनिर्इ, उसकाे अहङ्कार पेटीकाे चुटार्इसित दुख्ने भएर अायाे । उसले अगाडिकाे बाँसकाे ढुङ्ग्राे उठाएर मनेलार्इ हिर्कार्इ । मने झन् जङ्गिएर पातलीलार्इ जता पायाे उतै पेटील...
Comments
Post a Comment