Posts

Showing posts with the label Development

लि क्वान यूसँगको अन्तर्वार्ता – टम प्लेट

Image
सिंगापुरका निर्माता भनेर चिनिने लि क्वान यूले संसारबाट विदा लिँदा सिंगापुर वासी मात्रै दुःखी भएनन् सम्पूर्ण विश्वका नेताहरुले पनि उनको देहवसानमा दुःख व्यक्त गरे । त्यही क्रममा बाबुराम भट्टराईले पनि उनको नाम लिएका थिए । डा. रामशरण महतले ‘सैद्धान्तिक कुराहरुमा विचार नमिले पनि’ उनको काम सराहनीय रहेको बताएका थिए । त्यसै बेलादेखि मलाई लि क्वान यूका बारेमा पढ्ने हुटहुटी बढेको थियो । देशमा नेतृत्वको संकट परेको बेलामा र चरम राजनीतिक अस्थिरता छाएको बेलामा मलाई पनि एक असल नेता हुनलाई र देश सम्बृद्ध बनाउनलाई के–के कुरा आवश्यक पर्दो रहेछ भनेर जान्ने इक्षा भयो । त्यसैले लि क्वान यू सम्बन्धी पुस्तक पढ्ने रुची भयो । फलस्वरुप टम प्लेटको ‘लि क्वान यूसँगको अन्तर्वार्ता’(कन्भसेसन विथ लि क्वान यू) शिर्षकको पुस्तक पढ्ने भएँ । मानवअधिकारको पालनका विषयमा विवादमा पर्ने गरेका सिंगापुरका निर्माता लीलाई पुस्तकमा विभिन्न कोणबाट चिनाउने प्रयास गरिएको छ । उनको प्रजातन्त्रप्रतिको धारणा, राजनैतिक आस्था, विदेश मामिला सम्बन्धित धारण र केहि व्यक्तिगत जानकारीहरुलाई संगालेर यो पुस्तक तयार पारिएको छ । स्वतन्त्रता भन्द...

जंगबहादुरका पालाको मध्यपहाडी लोकमार्ग

Image
ओली प्रधानमन्त्री भएका बेला रेल, तेल र हवाइ विजुली लगायत धेरै महत्वाकांक्षी योजनाहरु बाहिर आए । पहिले पहिले सबैले उपहास गरेपनि पछि आएर सबैले केहि आशा जगाए । भै पो हाल्छ कि भन्नेमा सबै परे । त्यसको कारण के थियो भने ओलीका योजना चन्द्रमामा घर बसाल्ने खालका योजना नै थिएनन् । कुनै जमानामा गरि सकिएका र सम्भव देखिएका तर त्यसै छोडिएका सपनाहरुलाई नै उनले व्युँताएका थिए । चाहे त्यो नेपालको निजी पानी जहाजका सवालमा होस चाहे हावाबाट विजुली निकाल्ने कुरा होस्, सबै सबै एक जमानामा गरि सकिएका कामहरु नै थिए । सामाजिक सञ्जालका टपर्टुइयाँहरुका अनर्गल टिप्पणी पश्चात ओलीले सबैलाई ती पुराना योजनाहरु भएका र कुनै नौलो प्रयास नभएको भनेर समेत जानकारी गराए । विभिन्न पत्रपत्रिकामा पनि त्यस सम्बन्धी लेखहरु छापिए । उनले भनेका कुराहरु सहि साँचो भए नभएका सम्बन्धमा धेरै खोजीनिती भए । त्यसपछि उनको हाइहाइ सुरु भयो । ओलीको हाइहाइ विपक्षी राजनीतिक दललाई पच्ने त कुरै थिएन । उनकै दल भित्र पनि उनको रवैया मन पराइएन । पार्टीको बढ्दो प्रतिष्ठा भन्दा कसैले आफूलाई ‘जस नदिएको’मा बढि चित्त दुखाइ गर्न थाले । आँखिरमा आफ्नै बीँड भएको...

दिवंगत सपनाहरुः ओलीको बहिर्गमन

Image
के होला कसो होला भनेर अनेकौँ अड्कलबाजी गर्दै गर्दा ओली सरकार पनि अन्ततोगत्वा ढलेको छ । ९ महिने सासन अवधिमा केही अपजस र धेरै वाहवाही बटुलेको ओली सरकार अन्ततः प्रचण्ड नेतृत्वको माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि ढल्मलाउन थालेको हो । विगतमा शुशील कोइराला सरकारसँग प्रधानमन्त्रीत्वमा पालो पैँचो गर्ने गरेर भएको भनिएको ‘भद्र’ सहमतीको कार्यान्वयन हुन नसकेपछि नेकपा एमाले, तात्कालीन एमाओवादी, कमल थापा नेतृत्वको राप्रपा, लगायतका अन्य थुप्रै साना दलहरुलाई काँधमा बोकी ओली सरकार गठन हुन गएको थियो । यो गठबन्धन देशको लागी एकदमै महँगो सावित भयो । जति धेरै दलहरु सरकारमा सामेल हुन्छन् त्यति नै धेरै पदलोलुपहरुको झुण्ड बढ्छ । ती सबै आकांक्षीहरुको मन राख्न अनेकौँ लज्जस्प्द खेलहरु सुरु हुन्छन् । त्यसै अनुरुपका खेलहरु यो सरकार चलाउनका निम्ती पनि भए । सरकार चलाउनकै निम्ती छ–छ जना उपप्रधानमन्त्री यसै सरकारमा देखिए । त्यसका साथसाथै मन्त्रीपद पु¥याउनकै लागी मन्त्रालय टुक्रयाउने कामहरु पनि भए । कहिल्यै कार्यकारी पदमा नपुगेका चित्रबहादुर केसी पनि यो सरकारमा अटाए । राप्रपाले पनि ठूलो भाग पायो । यी सबै अवगुणहर...

‘बाँचेका मान्छेहरु’

Image
source:http://stephaniefast.org/wp-content/uploads/2015/06/nepal.jpg सिन्धुपाल्चोक जिल्लाको सेलाङ्गको काफ्ले डाँडामा छायांकन गरिएको साझा सवालको कार्यक्रम हेर्दा भूकम्पले प्रभावित पहाडी जनजीवन के कसरी बित्दै छ भन्ने अनुमान लगाउन त्यति गाह्रो हुँदैन । भूकम्प गएको झण्डै वर्ष दिन पुग्न लाग्दा पनि भूकम्प पिडितहरुको उचित वासस्थानको व्यवस्थापन हुन सकेको छैन । जेन तेन वर्षा कट्यो अनि त्यसै गरि हिउँद पनि बित्न लाग्यो । त्यसै त पिछडिएको र अभावले ग्रस्त पहाडि जनजीवन भूकम्पले झन् बढि पिडित बनेको छ । देशमा मधेसले पहाडलाई अधिकार खोसेको र दबाएको आरोप लगाइएर आन्दोलन गर्न लागेको पनि निकै भयो । पहाडको भने नाडि गलेको छ । झन नाकाबन्दीले थपेको पिडाको त के कुरा ! विकासबाट बञ्चित गराएकोमा राजनीतिलाई दोष दिने चलन नयाँ होइन । हरेक असक्षमताको दोष नेता र देशको अस्थिर राजनीतिमाथि थुपा¥यो अनि आफू चोखिएको महशुस ग¥यो । ‘गतिला नेता र राम्रो राजनीति नभएर देश विग्रेको’ भनेर हरकोहिले भन्छन् । केहि हदसम्म त्यो आरोप पनि सहि हो । अनि कतिपय कुराहरुमा हामी स्वयं पनि कम दोषी छैनौ । साझा सवालको कार्यक्रममा देखिएका केहि क...

ओलीको बोली

Image
अरु देशमा प्रधानमन्त्री हुनु सम्मानजनक कुरा होला नेपालमा प्रधानमन्त्री हुनु भनेको गाली खाने बाटो मात्रै हो । सामाजिक सञ्जालमा प्रकाशित हुने व्यंग चित्रहरुलाइ हेर्ने हो र त्यसका मुनितिरका आपत्तीजनक गालीगलौजलाई पढ्ने हो भने नेपालको सबै भन्दा उच्च कार्यकारी पद भनेको प्रधानमन्त्रीको पद हो भन्ने लाग्दैन । यो ओलीका बेलामा मात्रै होइन विगतका प्रधानमन्त्रीको पालामा पनि भएका कुरा हुन् । सायद नेपालीहरु अलि बढि नै अपेक्षा राख्ने हुनाले होला नेपालीले जिउँदो रहुञ्जेल कुनै पनि प्रधानमन्त्रीको उचित सम्मान गरेनन् । अझ कतिका त मृत्युपर्यन्त पनि शालिकहरु ढालिए । विरोध गर्नु वा प्रतिवाद गर्नु एउटा कुरा तर अपाच्य गालीगलौज गरेर तथानाम गर्नु अर्को कुरा । ‘ओलीको बोली’ सबैबाट तथानाम पाउन थालेपछि केहि लेखौँ कि भनेर यो जमर्को गर्दैछु । ओलीले पहिले पनि बोल्थे । चोटीलो बोल्ने अनि व्यंग्य मनपराउने भएकाले उनको राजनीतिक आस्थाको वेवास्था गर्दै मैले उनलाई मन पराउँथे । हुन त विगतमा मैले माओवादीको प्रशंशा गर्दा मलाई माओवादी भन्नेहरु पनि छन् । तर मेरो राजनीतिक आस्था अनि धार्मीक आस्था मेरो व्यक्तिगत कुराहरु भएकाले म फ...