लू: नयनराज पाण्डेय
“दाई एक कुरा भनिदिनुस्, करिमलाई साइकल कसले दियो ? “हँ ? .....” दाईले आफ्नो अन्योलता अभिव्यक्त गर्न यत्ति भनेँ । मैले प्रश्न दोहो¥याइ तेह¥याइ दाईलाई प्रसंङ्ग सम्झाँए । घडिको सुईमा दश बजि सकेको थियो । सामान्यतया यो बेला सम्म म उठेर रेष्टुरेन्ट सफाइको काम थालि सक्नु पर्ने हो । तर आज हातमा परेको पुस्तक पढि सकेर मात्रै मेरो फोल्डिङ्ग खाटबाट उठ्ने बाचा गरेको थिए । साढे तीन वर्षे जर्मन बसाइमा दोश्रो स्नातक सकेर स्नातकोत्तर पूर्वको आफ्नो खाली समयलाई मैले बास्मती चामलको भात र फोल्डिङ्ग खाटको निद्रासँग साँटेको थिएँ । त्यसैको बदला रेष्टुरेन्टको साफसफाइको काम अनि सामान्य किनमेल मैले हेरिदिने गर्छु । केहि इक्षा र केहि संयोगहरुले मलाई यहाँ सम्म पु¥याएको थियो । ‘लू’ धेरै अघि बजारमा निस्किएको हो । त्यसताका निकै चर्चा पनि बटुल्यो । तर त्यसबेला पढ्न पाएन । चिनजानका कसैले पनि किनेका रहेनछन् । आफै किन्न किनकिन सकेन । यसपाली नेपालबाटै केहि पुस्तकहरु मगाएर पढ्ने सोच बनाउँदा ‘लू’ पहिलो नम्बरमा थियो । सल्लीपिर पढ्नेले समेत ‘लू’ को तारिफ गर्न नछुटाएकाले पहिले ‘लू’ नै पढ्ने निधो गरेको थिए । आफ्ना हा...