विप्लव प्रतीकको अविजित र त्यसमा अटेकाे नेपाली इतिहास
प्रवासमा रहँदा दोहो¥याएर तेह¥यार अथवा साँझ भरि फेरि फेरि सुनिने दिप श्रेष्ठले गाएको ‘हर रात’ बोलको गितका लेखकले लेखेको पुस्तक भन्ने बित्तिकै अविजित पढ्न मन थियो । बुकाहोलिक्समा भएको पुस्तक विमर्श अन्तर्गत भाषाका लागी पनि पुस्तक पढ्नै पर्ने सुझाव आउँदा झन् पढ्न मन थियो । पढ्ने मन अझै दरो बनाउने त उनले सो पुस्तक पिताको जीवनमा आधारित भएर लेखेको भन्ने कुराले हो । फेरि त्यो बहसमा पुस्तकको सम्पूर्ण कुरा बाहिर नआए जस्तै पनि लाग्यो । लेखकले देखाएको विनम्रता र आद्रताले भरिएका आँखाले पुस्तकमा अझै केहि छ भन्ने मनमा लागी रहेको थियो । त्यसैले पनि अविजित छनौटमा प¥यो । तुम हर्गिस नहिँ जानते कि दुसरोँको क्या मेहशुस होता है । इसिलिए तुम आगेसे सिर्फ अपनी केहना । –मन्टो भरखरै प्रदर्शनीमा आएको शादत हसन मन्टोको जीवनीमा आधारित चलचित्रमा मन्टोको एउटा भनाइ छ । ‘अरुले कस्तो महशुस गर्छन् भन्ने तिम्लाई पक्कै पनि थाहा छैन । त्यसैले अबदेखि आफ्नो मात्रै भन्ने गर ।’ अचेल पाठक अनुभुति लेख्दा पनि अलि असहज लाग्छ । अरुले पनि मैले जस्तै प्रतिकृयाका आधारमा धारणा बनाए भने ! आँखिर पुस्तक सम्बन्धी केहि उदासि...