जंगबहादुरको बेलायती कापी (पुस्तक चर्चा)
वि.सं. २०२० सालतिर रानी जगदम्बाको बम्बे भण्डार सफा गर्ने सिलसिलामा कमल दीक्षितका हातमा परेको जंगबहादुरको वेलायती कपीलाई आधार मानेर २०६२ को दशैँ अंक देखि ‘हिमाल’खबरपत्रिकामा ‘इतिहासमा’ स्तम्भ अन्तर्गत केहि लेखहरु आए । वि.सं. २०६४ मा तिनै स्तम्भमा लेखिएका २४ लेखलाई समावेश गरेर त्यसमा जंगबहादुरको बेलायती कापीका टिपोटहरु पनि हुबहु परिशिष्टमा राखेर पुस्तकाकार दिइएको रहेछ । मौलिक लेखनलाई कमल दिक्षितले थप व्याख्या गरेर पठनीय बनाएका छन् । त्यसैमा पूर्व–पश्चिम पहाडी लोकमार्गको १७० वर्ष अघिको खाका देखि नेपालको वि.सं. १८४६ देखि वि.सं. १८४९ सम्म भएका भोट युद्धका यावत कुराहरु समावेश गरिएको छ । जंगबहादुरले वि.सं. १९११ तिर भोटमा हमला गर्नेबेला बनाएको जंगी ऐनका धेरथोर कुराहरु पनि यसमा समावेश गरिएको छ । जंगबहादुरको शासनकाल १९०३ बाट चलेको मानिन्छ । उनले टिपाएको यो कापीको श्रोत अझै पुरानो हुन सक्छ । इतिहासमा रुचि राख्नेहरुका लागी यो एकदमै राम्रो खुराक सावित हुन सक्छ । पुस्तकमा भनिए अनुसार जंगबहादुरकै पालामा काठमाडौँ बाटा बैतडीको झुलाघाट हुँदै बद्री केदार जाने बाटो थियो । त्यहाँ सम्म पुग्न विभिन्न ...