Posts

Showing posts with the label GAJALS (गजल)

देख्न मन लाग्छ तिम्लार्इ (गजल)

 देख्न मन लाग्छ तिम्लार्इ छुन मन लाग्छ तिम्राे काँधमा शीर राखी रून मन लाग्छ छुँदा दाग लाग्ला जस्तै साह्रै गाेरी माेरी पातला ती सुन्तले अाेठ चुम्न मन लाग्छ बाेली बचन साह्रै मिठाे बानी त अलि त्यस्तै हाे तिम्रा सामु न फुल न जुन मन लाग्छ साेध्छन् मलार्इ जिन्दगीमा अाेइ के बन्छस् भनी मलार्इ त सँधै तिम्राे हुन मन लाग्छ ।।

कुनै ठाउँमा आज मान्छे जलायो (Gajal)

Image
    कुनै ठाउँमा आज मान्छे जलायो सुनेरै समाचार नाडी गलायो जहाँ   भाइ   जस्तै   गरि   सब्   बसेथे त्यहाँको ल सद्भाव    कस्ले   ढलायो भए हुन् नि गल्ती र कम्जोरि धेरै भनी   'मार' हल्ला   ल जस्ले चलायो फुटाएर भाई लुटेरा ल जाग्यो बुझे हुन्छ स्वार्थी ल है सल्बलायो

बिर्सेर तिमीलाई (Gajal)

Image
करपूर गौरम करूणावतारम संसार सारम भुजगेन्द्र हारम | सदा वसंतम हृदयारविंदे भवम भवानी सहितं नमामि || ~यसै छन्दमा मेरो प्रयास ~ बिर्सेर तिमीलाई, जाउँ कहाँ म भेटुँ म त्यस्तो, ल ठाउँ  कहाँ म  ***** न याद आउने, न मन पिरोल्ने लौ ओखति त्यो, त पाउँ कहाँ म ***** सधैं तिमिलाई,   साथै म राख्न बाचा खै कस्तो, र खाउँ  कहाँ म ***** त्यो मन  पगाल्ने, यो दुरी  मेट्ने  दिलै जित्ने बाजा, बजाउँ  कहां म   ***** मन्मा त राखें  उहिले तिमीलाई काँडा  सरि याद, सजाउँ  कहाँ म

न टारेर टर्ने (गजल)

Image
न   टारेर   टर्ने , न   मारेर   मर्ने मनैमा   अनेकौं , दुखै   दर्द   भर्ने लगायेछु   मैले,   गजब्को ल माया दिनै   रात   मेरो,   निदै   चैन   हर्ने उनीले त भन्थिन् ,   'त   तेरै   प   दोषी हु्ॅदैहुन्न भन्दा,   मरे झैॅ त गर्ने भनेको नमान्ने,   न   आफै   त   जान्ने अझै   हेर मै पो, त   दोषी ठहर्ने' छन्द:भुजङ्गप्रयात, ISS ISS ISS ISS (4 यगण) I=laghu S=Guru

उस्लाई दुःखी बनाउने (Gajal)

Image
image: cid vs rajnikant उस्लाई दुःखी बनाउने, मेरो पनि मन थेन तर खुशी किन्न पुग्ने, मसँग त्यो धन थेन सानो घर बन्थ्यो होला मेरो गरीब मायाले महँगा ती सपनाका, ठूला महल बन् थेन खुशी दिन्थे सके जति, क्षमताले भ्याए सम्म मन बिझ्ने रुखो शब्द, बरु कैले भन् थेन खुबै राम्री थिइ ऊ त, पूर्णीमाकै जून जस्ती उभिनलाई उसको छेउ, सुन्दर यो तन थेन

भन्छौ अरु छाडि मलाई (Gajal)

Image
भन्छौ "अरु छाडि मलाई, यति माया गर्छौ किन ? मेरा सामु त्यसै तल, सँधै सँधै पर्छौ किन ? मरुभूमी देख्दा देख्दै, मायाका ती बीज हरु अनेक आशा सपना, सँगै सँधै छर्छौ किन ? बगाउने छ आफ्ना ती, बेग्ले बीच बाटो पुग्दै जान्दाजान्दै बर्खायाम्को, खहरे त्यो तर्छौ किन ? लाखौँ होलान तिम्रो माया स्वीकार गर्ने दुनियामा एक पटक फेरी आँट्न, यति सारो डर्छौ किन ? कैले भन्छौ तिम्लाई भुल्छु, टाढा हुन्छु तिमी देखि आफैसँग ग¥या बाचा, बाट आफै सर्छौ किन ? सास फेर्न गाह्रो हुन्छ, भन्छौ मन भारी हुन्छ मान नराख्नेका लागी, यति तल झर्छौ किन ?"

रिसाउँदा तिमी मन (Gajal)

Image
रिसाउँदा तिमी मन, मेरो भारी हुन्छ त्यसै रसाउँदा तिम्रा आँखा, मुटु मेरै रुन्छ त्यसै खै के जादु ग¥यौ या त, कुनै ठुलै टुना लायौ गोडाहरु सँधै तिम्रै, गल्ली बाटो चुन्छ त्यसै दिक्क लाग्छ कैहिले त, फेरी तिमी मुस्काउँछ्यौ फुरुङ्ग मेरो मन हुन्छ, पिरतीले छुन्छ त्यसै बाँकी रहँदैन कुनै, मन्मा रिस रागहरु एकै मिठो बोलीले नै, द्वेस सबै धुन्छ त्यसै उम्किनै पो गाह्रो हुन्छ, देख्दिन म कुनै बाटो कैला तिम्रा नयनले, कैदी जस्तै थुन्छ त्यसै

सयौँ गुन लाउ तर (Gajal)

Image
सयौँ गुन लाउ तर, गल्ती माफ हुन्न यहाँ तिम्रा पीर र व्यथाले, कसैलाई छुन्न यहाँ पशुको त्यो बिलौनामा, रसाउने आँखाहरु मान्छे मर्दा सम्म पनि, कठै कैले रुन्न यहाँ हाँस्दा सबै साथै हुन्छन्, तेरै हुँ म भन्छन् दुःख पर्दा काँध थापी, कोहि पनि रुन्न यहाँ माया गर चाहे जति, गल्ती निषेध छ यहाँ तिम्रा गुनले अवगुन, कहिल्यै नि धुन्न यहाँ

माया गर्छौ थाछ मलाई (Gajal)

Image
माया गर्छौ थाछ मलाई तर भन्दैनौ 'मलाई छोडी कैले नजाऊ पर' भन्दैनौ 'नदेखेको धेरै भयो तिम्लाई आँखाभरी चाडै आऊ  भेट्नलाई घर' भन्दैनौ माया लग्छ तिम्रो धेरै भन्छु म त सधै 'तिम्रो बाहेक मेरो को नै छ र ?' भन्दैनौ रिसाउदा  कैले तिम्रो दुखाउदा मन 'मलाई खुसि राख्ने तिम्रै कर' भन्दैनौ चाहिदोहो तिम्लाई पनि मेरो धेरै माया 'आऊ आइ मलाई माया गर' भन्दैनौ

माया गर्ने सबैलाई (गजल)

Image
माया गर्ने सबैलाई, रहर हुँदो रैछ त्यै रहर यदाकदा, कहर हुँदो रैछ प्रतिक्षाका पल पछि, पनि उनी नआउँदा नछोड्ने ती यादहरु, जहर हुँदो रैछ मतलबीको दुनियाँमा साँचो प्रिति लाउने माया गर्ने मान्छे दोषी, ठहर हुँदो रैछ साथ दिने को पो हुन्थ्यो ? एक्लीँदा त बरु गिज्याउन अघि सर्ने सहर हुँदो रैछ सँगै बित्या रातहरु, याद आइ रहँदा मन मुटु कुँड्याउने, प्रहर हुँदो रैछ   08/07/2015, 12:00  

मेराे नीँद चाेरी साेध्छे (गजल)

Image
मेरो नीँद चेरी सोध्छ,े सुत्यौ अब ? अँगालोमा हुन्थ्यौ निँद, लाग्थ्यो तब याद गर्नु जिन्दगीमा, दुःख पर्दा मेरो जस्तै मन दुख्ला, तिम्रो जब ‘बिर्सी सबै सुखी होउ’, भन्छे जैले तिम्लाई भुली खुशी म, हुन्छु कब यादहरु, गरेका ती,  बातहरुहरु अनि मात्र रमाउँला, लगे सब Date: 08/07/2015,   12:58 (English Translation) She took away my sleep and asks me, "did you sleep?" "Hug me and I will sleep", I reply "Think of me when you suffer in your life, when you are hurt just like me.", I add. "Forget everything and stay happy", says she. "How can I be happy if I forget the reason of my smile" I tell her. " Only if you take with you all the memories and the talks we talked, will I be able to be happy again". I add.   Audio Version:

तिम्ले मागे जुनतारा (गजल)

Image
तिम्ले मागे जुनतारा झार्न कहाँ सकौँला र ? दिउँसै तिम्रा लागी रात पार्न कहाँ सकाँैला र ? आफ्नो खुशी बाँडौला म तिम्लाई बढि पर्ने गरी माया लाग्दो गुहार तिम्रो टार्न कहाँ सकौँला र ? दियौ तिम्रो माया कतै अरुलाई भनेपनि अन्तबाट तिम्रो मन सार्न कहाँ सकौँला र ? लुकाउँला तिमीबाट याद आए कहिले भने बैगुनी छौ तर माया मार्न कहाँ सकौँला र ? माया गर्छु भनेको थेँ तिमीलाई जुनीभर सजिलै त्यो बचन फेरी हार्न कहाँ सकौँला र ? (English Translation) I might not be able to bring down moon or stars for you. Neither might I be able to turn a day into night. But I am sure that I will give you a bit more from my share of happiness. I am not so strong to  be able to stand your tears. In case you decide to give away your heart, I am afraid, I won't be able to bring it back. I would rather smile in front of you and hide my feelings for you. Despite of your harsh decision, I won't manage to forget your love and those wonderful moments. How dare I forget the promise I made to ...

चोट पर्दा आँखा हैन, मन् नि रुन्छ बुझ्यौ होला-गजल (Gajhal)

Image
चोट पर्दा आँखा हैन, मन् नि रुन्छ बुझ्यौ होला मनमा कुरा गुम्साइ बस्नु, कस्तो हुन्छ बुझ्यौ होला सम्झना र यथार्थका, साथी दुबै एक नहुँदा आँशुले नै मनका सारा, याद धुन्छ बुझ्यौ होला भित्र पिरिम भएपनि, मुखमा ल्याउन सँधै गाह्रो अभिमानले कसो गरी, माया थुन्छ बुझ्यौ होला पीर व्यथा आफ्ना सबै, सुनिदिने कोइ न हुँदा बचन भन्दा मौनताले, चस्चस् छुन्छ बुझ्यौ होला सारा संसार निदरीले स्वप्न लोकमा हराउँदा आँखा मिच्दै तिम्रा कुरा, कस्ले सुन्छ ? बुझ्यौ होला मन चोर्ने निद्रा हर्ने, बाँच्ने एउटा आधार थप्ने रगतको भन्दा गाढा, नाता कुन् छ ? बुझ्यौ होला (Essence of the poem) To keep things in heart and not being able to speak out hurts as hell. Then, not just the eye but the hearts too cry When the person that visits your dreams   and the one you wake up with are not the same: the fate is to blame; and tears wash away the pain every day you gain It's hard to speak up   what's in your heart; ego comes in a way and takes the fear a...