Posts

Showing posts with the label Far-west Nepal

ऐलानी: विवेक ओझा

Image
“क्यान हामी खेतीपाती  गर्दाइनौँ आमोई ? क्यान हामी गाईवस्तु कुखुरा क्यै पाल्दाइनौँ !” “पाप लाग्छ । हामी त नाचगानका लागि जन्म्याका जात हौँ । मालिकको सेवा ग¥या धर्म हुन्छ । खेतीपाती गर्न र वस्तुभाउ पाल्न हाम्रो जातमा लेख्याको छैन ।” “कल्ले लेख्याको आमोई हाम्रा जातमा ?” “भग्वान्ले ।” सुदूरपश्चिमका बारेमा लेख्नका लागी धेरै विषयहरु हुन सक्थे तर किनकिन नेपाली साहित्यमा सुदूरपश्चिम दुर्गम र रुढीवादी ग्रस्त समाजको रुपमा मात्रै चित्रण भयो । यस वर्षका दुई सर्वाधिक चर्चा बटुलेका पुस्तकले पनि त्यसैलाई निरन्तरता दिए । पुस्तक पढिएकै आधारमा मात्रै यदि कसैले सुदूरपश्चिमी कस्ता होलान् भनि कल्पना ग¥यो भने झट्ट के चाहिँ आउँछ होला ? कहिले काहिँ जान्न मन लाग्छ । विवेक ओझाको ‘ऐलानी’ रोजाइमा पर्नुको पछाडिको कारण ओझा सुदूरपश्चिमी लेखक हुनु र उनले कलम चलाएको विषय पनि सुदूरपश्चिमसँगै जोडिएको हुनु हो । पराईले सुपको बारेमा लेखेको पढ्नु भन्दा सुपकै लेखकबाट लेखिएका कथाहरु पढ्ने धेयले यो उपन्यास छनौटमा प¥यो । गोविन्द वर्तमानको सोह्र साँझहरु र रामलाल जोशीको ऐनामा वादी समुदायका बारेमा थोरै लेखिए पनि उपन्य...

हिजो आजका कुराः बजेट, मधेस, समान नागरिकता

Image
गएका हप्ताहरुमा देशमा निकै महत्वपूर्ण घटनाहरु घटे । सरकार परिवर्तनको १२ घण्टे दौड, बजेट प्रस्तुती, लगायतका घटनाहरु सम्बन्धी पोष्टहरुले फेसबुकका पानाहरु भरिभराउ रहे । बजेटको समर्थन र विरोधमा व्यक्त अनेक विचारले पनि सोझा साझालाई अलमलमा पारि रह्यो । सबैले आ–आफ्नो पूर्वाग्रहमा आधारित रहेर बजेटको विवेचना गरि रहेका थिए । कसैले ट्रेड यूनियनको चूनावलाई प्रभाव पार्न ल्याइएको बजेट भने त कसैले सस्तो लोकप्रियताका लागी ल्याइएको महत्वाकांक्षी बजेट । केहीले यो बजेट धेरै पछि समयमा असार अगावै आएको बजेट भएकाले कार्यान्वयनका लागी यथेष्ट समय भएको भनी भनेर केहि आशा थप्ने काम गरे । व्यक्तिगत रुपमा भन्नु पर्दा मलाई यो बजेटले समेटेको जीवनविमा, विद्यार्थीलाई ऋणको व्यवस्थ यति मन पर्यो कि यसको कार्यान्वयनको चिन्ता बाहेक अरु कुराले त्यति छोएन । हामीले महत्वाकांक्षा विहिन भएर बसेको र गास, बास अनि कपास भन्दा माथि नसोचेको धेरै भयो । यसपटक रेल, जहाज, पाइपमा ग्यास, हावाबाट बिजुली, लोडसेडिङ्ग मुक्ती, आदि कुराहरु एकै पटक आए । यो सब भोकाएको मान्छेले सित्तैमा खान पाउँदा पेटमा अटाउने भन्दा बढि खाएको जस्तै भयो । अ...

बाबुराम र टिकापुर घटना

Image
बाबुराम भट्टराई देशका एकदमै आशलाग्दा नेताहरु मध्ये पर्दछन् । उनको विद्वताका कारण उनी पहिले देखि नै आशाका केन्द्र थिए । माओवादी भएतापनि हर कोही राजनीतिक दल प्रति आस्था राख्नेका लागी उनी एक आदर्श जस्तै थिए । कतिपयका लागी उनी अझै पनि आदर्श नै छन् । आफ्नो प्रधानमन्तृत्वका बेला जनतासँग नजिकिने धेरै उदाहरण उनीले स्थापित गरेर सके सम्म सबैको मन जित्ने कोशिश गरे । विभिन्न जातजातीका मान्छेका घरमा खाना खाएर उनले एक किसिमले पुराना जमानामा राजाले जस्तै देश दौडाहा गरे । सामाजिक सञ्जालका माध्यमबाट होस् चाहे हेलो सरकार लगायतका कार्यक्रमहरुबाट उनी हरदम जनताको नजिक रहने कोशिस गरि रहे । स्वादेशमा निर्मित मुस्ताङ्ग कार चढेर घरेलु उत्पादनको प्रवद्र्धन गर्नु पर्छ भन्ने कुराको उदाहरण नै पेश गरे । यति हुँदा हुँदै पनि उनका अभिव्यक्तिले बेलाबेला मान्छेका मथिङ्गल हल्लाउने गर्छ । कैलाली घटना हुनु अघिको उनको अभिव्यक्ति त्यस्तै अभिव्यक्तिहरु मध्येको एक थियो । उनको अभिव्यक्तिलाई नै विषयवस्तु बनाएर भरखरै प्रशारित ‘पावर न्यूज’ हेरि सकेपछि केहि नलेखी रहनै सकेन । कार्यक्रमका प्रस्तोताले वावुरामले भनेका कुरालाई एकखाले ...

कुनै ठाउँमा आज मान्छे जलायो (Gajal)

Image
    कुनै ठाउँमा आज मान्छे जलायो सुनेरै समाचार नाडी गलायो जहाँ   भाइ   जस्तै   गरि   सब्   बसेथे त्यहाँको ल सद्भाव    कस्ले   ढलायो भए हुन् नि गल्ती र कम्जोरि धेरै भनी   'मार' हल्ला   ल जस्ले चलायो फुटाएर भाई लुटेरा ल जाग्यो बुझे हुन्छ स्वार्थी ल है सल्बलायो

पहिचान (कथा)

Image
“टिमी ?” चिनेझैँ गरेर उसले बोली फो¥यो । “तिमी ??” चिनेको पक्का गर्दै मैले प्रतिप्रश्न गरेँ । चारै तिर कोलाहल छ । मानिसहरु घरेलु हात हतियार लिएर चोकमा उत्रिएका छन् । पृष्ठभूमिमा धुवाँका मुस्लाहरु अझै उठिनै रहेका छन् । एक आपसमाथि भएको अन्यायको विरोधमा दुबै पक्षका जनताहरु जम्मा भएका छन् । अस्ति पहाडी मरेको झोकमा हिजो थारुका घर जलाइए अनि हिजो घर जलेको झोकमा आज पहाडी फेरी चलाइए । यो सृंखलाको चरम चोकमा देखिएको छ । थरुहटका नारा अनि अखण्डका नारा लाउँदै भिड जम्मा भएको छ । एकातिरबाट ईटाको टुक्रो बर्सेछ । अर्काले प्रतिउत्तरमा लट्ठी फ्याकेछ । फेरी अर्को फेरी अर्को । भिड एक आपसमा खनिन केहि समय लागेन । केहि बेरमै सबैजना हातमा जे भेट्यो त्यसले एक अर्का माथि प्रहार गर्नमा तल्लिन भए । टाउकामा रुमाल बेरेको उसको कठालो समातेर मैले लाठी उचालेको थिएँ । मेरो छातीमा मुड्की थचारेर उसले मेरा आँखामा आँखा मिलाएको थियो । “टिमी ?” चिनेझैँ गरेर उसले बोली फो¥यो । “तिमी ??” चिनेको पक्का गर्दै मैले प्रतिप्रश्न गरेँ । कैलालीमा विगतमा उसका पुर्खाहरु निकै समयसम्म जमिन्दार थिए । अशिक्षा र सोझोपनका कारण ...

अँहँ, कुरुप होइन सुन्दर सुदूरपश्चिम !

Image
अचेल फेसबुकमै सारा समाचार पढिन्छ । साथीभाइका हालखबर देखि देशको खबर सम्म त्यतै मिल्छ । प्राय छापामाध्यमहरुले फेसबुकमा आफ्नो उपस्थिति कायम राखेकाले बेलाबेलामा लेखहरु पनि यत्रै पढिन्छ । त्यसै क्रममा अरुणा उप्रेतीको ‘सुन्दर होइन कुरुप सुदूरपश्चिम’ शीर्षकको लेख सेतोपाटीले प्रकाशित गरेको रहेछ । शीर्षक देख्दे बित्तिकै कन्सीरी तात्यो । सुदूर पश्चिमलाई सँधै गरीबी र कुरीतीको पर्यायका रुपमा परिभाषित गरिएको पृष्ठभूमीमा सुदूर पश्चिम प्रतिको अवधारणा फेर्नको निम्ती ‘सुन्दर सुदूरपश्चिम’ भन्ने नाराले विगतका केही वर्षमा निकै चर्चा पाएको छ । थानकोट पारी नेपाल नै छैन झैँ गर्नेहरु अहिले चिसा पानी र खप्तडलाई आफ्नो गन्तव्यमा राख्न थालेका छन् । पर्यटकीय गन्तब्य भन्ने बित्तिकै पोखरा र अन्नपूर्ण आधार सिविर सम्झने बिदेशीहरु छिटपुट नै भएपनि सुदूर पश्चिममा देखिन थालेका छन् । यूरोपमा विद्यावारिधी गरिरहेका नवराज रोस्यारा जस्ताको व्यक्तिगत प्रयासमा खप्तड भ्रमण, खप्तड–रारा पदयात्रा लगायतका कार्यले सुप क्षेत्र विश्वसामु आफ्नो परिचय स्थापित गराउन खोज्दै छ । संचार र छापाम पनि पर्यटन प्रवर्धन सम्बन्धी सामग्रीले स्थान...

रंग बदल्ने तालः झिलमिले ताल

Image
सुदूरपश्चिमलाई सुन्दर पश्चिममा रुपान्तरण गर्नका निम्ति सुदूरपश्चिममा पर्यटन विकासमा जोड दिनुपर्छ भन्ने उद्देश्यले विगतका दिनमा सुदूरपश्चिमको पर्यटक विकासको क्षेत्रमा थुप्रै प्रयासहरु भइरहेका छन् । त्यस्ता प्रयासहरुको फलस्वरुप सुदूर पश्चिमले नयाँ नाम समेत प्राप्त गरेको छः सुन्दर पश्चिम । सुदूर पश्चिमको पर्यटकीय सम्भावनाका बारेमा थुप्रै कुराहरु अहिले चर्चा परिचर्चाको विषय बनि सकेका छन् । विगतका दिनमा दुर्गमता र रुढीग्रस्त समाजको पर्याय बनेको सुदूरपश्चिम अबका दिनमा भने पर्यटकीय गन्तव्यको रुपमा समेत विकसित हुँदै आएको छ । सुदूरपश्चिमको खप्तड आजको दिन सम्म आइपुग्दा एक उत्तम गन्तव्यको रुपमा स्थापित भइसकेको छ । सुदूरपश्चिममा खप्तड जस्था थुप्रै गन्तव्यहरु छन् । साथै यहाँको विकट पहाडी भेगहरुमा वनभोज, भ्रमण, पद यात्रा, पर्वतारोहण, जल विहार, तिर्थाटन, वनस्पतिहरुको अध्ययन, वन्यजन्तुहरुको अध्ययन, बन्जी, ¥याफ्टिङ्ग, कायाकिङ्ग, क्यानोइङ्ग, प्याराग्लाइडिङ्ग, लगायतका साहसिक खेल, आदिको थुप्रै सम्भावनाहरु पाइन्छ । यी थुपै्र सम्भावनाहरु मध्ये केहीका बारेमा लेखिइसकेका छन् भने कतिका बारेमा अझै लेख्न ...