Posts

Showing posts with the label Constitution

सिमाङ्कन विवादका ४ कारणहरू र हालै दर्ता भएकाे संसाेधन प्रस्ताब

Image
ओली सरकार ढाल्ने क्रममा प्रचण्डले आफ्नो प्रधानमन्त्री बन्ने लालसालाई ढाकछोप गर्न सरकार परिवर्तनको उद्देश्य नयाँ प्रधानमन्त्री बनाउने नभएर वर्तमान अवस्थालाई निकास दिनेगरी मधेसीदलहरुसँगको सहकार्य र उनीहरुलाई ग्राह्य हुनेगरी संविधान संसोधन गर्ने कुरा गरेका थिए । त्यसो त ओली सरकार धरमराउने बेलामा ओली स्वयंले पनि मधेसी नेताहरुको माग प्रति केही लचकता नदेखाएको पक्कै होइन । तर ओलीले त्यसअघि नै पनि मधेसीहरुको मन दुख्ने खाले अभिव्यक्ति दिएकै कारण र उनका सत्ता साझेदारले नै पनि साथ छोडिसकेका कारण मधेसीनेताहरुले ओलीको बचनको तिरो तिर्नै भएपनि उनको सरकार ढाल्न मद्दत गरे । प्रचण्ड सरकारले चार महिनाको रस्साकस्सी पछि अन्ततोगत्वा संविधान संसोधनको प्रस्ताब सदनमा दर्ता गराएको छ । विगतका दिनहरुमा हुने महत्वपूर्ण राजनीतिक घटनाहरु जस्तै यसपालीको यो घटना पनि ‘छापामार शैली’मा कसैलाई थाहा नदिइ सुटुक्क गराइएको छ । अझ जसका लागी संसोधन गरिनु पर्ने हो तिनीहरु समेत यो प्रस्ताब आउनु अघि आफूसँग प्रयाप्त छलफल नगरिएको र आफ्ना मागहरु संसोधन प्रस्ताबले उचित रुपमा सम्बोधन नगरेको भनेर संसोधन प्रस्ताबबाट खुशी छैनन् । अरु त अ...

मधेस मुद्दा र भारतीय नाकाबन्दी

Image
‘मेरो घरमा त एउटा भाउजु नेवार, तीनवटा भिनाजु पहाडी बाहुन, काकीहरु सुदूरपश्चिमको क्षेत्री छन् । अब मेरो परिवारले कसलाई समर्थन गर्ने ?’ साथी कल्पनाले दुखेसो पोखिन । मधेस मुद्दा पेचिलो भएसँगै मधेसका सवालमा केहि कुरा लेख्न मन लाग्यो । विद्यालय देखि बजारका चोकचोकमा मधेसीमाथि विशेष गरी पहाडी समुदायबाट गरिने दुव्र्यवहार आदिका एकपछि अर्को लेखहरु पढ्दा ‘हाम्रो समाजमा यत्तिकै अन्याय भएको छ त?’भनेर घोत्लिन बाध्य भएको थिएँ । त्यसैले आफूसँगै विद्यालय जीवन विताएकी कल्पना झालाई मधेसी भएर पहाडी समुदायका छात्रछात्राबीचमा अध्ययन गर्दा आइपरेको कठिनाइहरुका बारेमा सोधेको थिएँ । मेरो समाजमा सद्भाव थियो या एक समुदाय चुप लागेर र अर्को शोषक भएर बसेको थियो भन्ने कुराको सोझो उत्तर छैन । पहाडी, थारु, मधेसी र विदेशी सबै समुदायमा शोषक र शोषित थिए । थारु जमिन्दार पनि थिए अनि थारु कमैया पनि थिए । मधेसी कपाल काट्ने पनि थिए मधेसी गणित पढाउने पनि थिए । विदेशी सडकमा अलकत्रा ओछ्याउने, चटपट बेच्ने, कबाडको काम गर्ने, गिट्टी कुट्ने, चर्पी साफ गर्ने पनि थिए अनि मिल मालिक र गल्ला साहु पनि थिए । जो होचो उसका मुखमा घोचो भने...

पहिचान (कथा)

Image
“टिमी ?” चिनेझैँ गरेर उसले बोली फो¥यो । “तिमी ??” चिनेको पक्का गर्दै मैले प्रतिप्रश्न गरेँ । चारै तिर कोलाहल छ । मानिसहरु घरेलु हात हतियार लिएर चोकमा उत्रिएका छन् । पृष्ठभूमिमा धुवाँका मुस्लाहरु अझै उठिनै रहेका छन् । एक आपसमाथि भएको अन्यायको विरोधमा दुबै पक्षका जनताहरु जम्मा भएका छन् । अस्ति पहाडी मरेको झोकमा हिजो थारुका घर जलाइए अनि हिजो घर जलेको झोकमा आज पहाडी फेरी चलाइए । यो सृंखलाको चरम चोकमा देखिएको छ । थरुहटका नारा अनि अखण्डका नारा लाउँदै भिड जम्मा भएको छ । एकातिरबाट ईटाको टुक्रो बर्सेछ । अर्काले प्रतिउत्तरमा लट्ठी फ्याकेछ । फेरी अर्को फेरी अर्को । भिड एक आपसमा खनिन केहि समय लागेन । केहि बेरमै सबैजना हातमा जे भेट्यो त्यसले एक अर्का माथि प्रहार गर्नमा तल्लिन भए । टाउकामा रुमाल बेरेको उसको कठालो समातेर मैले लाठी उचालेको थिएँ । मेरो छातीमा मुड्की थचारेर उसले मेरा आँखामा आँखा मिलाएको थियो । “टिमी ?” चिनेझैँ गरेर उसले बोली फो¥यो । “तिमी ??” चिनेको पक्का गर्दै मैले प्रतिप्रश्न गरेँ । कैलालीमा विगतमा उसका पुर्खाहरु निकै समयसम्म जमिन्दार थिए । अशिक्षा र सोझोपनका कारण ...

देशलाई अनिर्णयको बन्दी बनाउनेहरु

Image
Image source: BBC देशमा प्रजातन्त्र आएको भनेको निकै धेरै भइसक्यो । ००७ सालमा पहिलो पटक देशले प्रजातन्त्रको स्वाद चाख्ने मौका पायो । त्यसको मनग्गे अभ्यास हुन नपाउँदै १७ साल देखि पञ्चायति व्यवस्था सुरु गरियो । पञ्चायती व्यवस्थाले प्रजातान्त्रिक अभ्यासलाई दशकौँ सम्म रोक लाएपछि ४६ सालमा फेरी प्रजातन्त्रको पुनरागमन भयो । ६२÷०६३ को जनआन्दोलनले त निरंकुशताको अन्तिम कडि भनेर मानिएको राजतन्त्रलाई समेत विदा गरेर जनताको शासनको शुनिश्चितता ग¥यो । देशमा सम्बिधान निर्माणको उद्देश्यले दुई पटक सम्म निर्वाचन भए । दुबै पटक जनतासामु बाचा गरिएका मिति नाघिए । जसो तसो १६ बुँदे मार्फत संविधान आउने तर्फ केहि ठोस कदम के अगाडि बढेको थियो सो कदमलाई तुहाउन हरेक क्षेत्र र तप्काबाट मानिसहरु ज्यू ज्यानले लाग्न थाले । कहिले सिमांकन सहितको प्रदेशको बखेडा त कहिले धर्मका नाममा कचिंगल । नागरिकताको सवाल त अझै त्यस्तै छ । विरोध गर्नका लागी नेपालीहरुले जति मिहिनेत र समय खर्चन्छन् त्यति मिहिनेत र समय समाजाममा सकारात्मक परिवर्तनका लागी गरेको भए सायद देशको गति यो हुने थिएन । त्यसैका सन्दर्भमा केहि भनि हाल्न मन लाग्यो । स...

पर्खी बस्यौँ, आउला भनी !

Image
यसपली नेपालीहरुले माघ ८ को जति प्रतिक्षा सायद अरु कुनै मितिको पनि गरेका थिएनन् । देश विदेशमा भएका सबैले संविधान जारी गर्ने भनिएको उक्त मिती नजिकिनै लाग्दा अनेक आशा र भरोसाका साथ संचार माध्यमहरुमा आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गरेका थिए । स्वदेशमा हुनेले टेलिभिजनका पर्दामा त विदेशमा हुनेले स्वदेशमा भएका आफन्त अनि मित्रजनका फेसबुकका अभिव्यक्तिहरु, बिबिसीका समाचारहरु तथा विभिन्न संचार माध्यमका (फेसबुकमा) इन्टर्नेटमा प्रकाशित शीर्षकहरुबाट देश कता तिर लाग्ने हो भन्ने कुराको आँकलन गरिरहेका थिए । नेताहरुमाथिको अविश्वासले चरम चुली छोएको भएपनि विगतमा हुने गरेका मध्यरातका चमत्कारिक निर्णयहरु अनि ‘जब प¥यो राती तब बुढि ताती’ भन्ने भनाइलाई चरितार्थ पार्ने खालका कुनै कदमहरु चालिएलान कि भनेर सबै जना प्रतिक्षारत थिए । ‘टाढाको माया गाढा’ भनेझै हरेक साँझ–बिहान देशमा के भइ रहेछ भनि जान्ने चाहना देशबाट सात समुद्र पारी बसेर जीवन व्यतित गरिएकाहरुका लागी पनि हुने गर्छ । फेरी विदेशमा रहँदा भोगेको दुःखले कहिले देशमा स्थायित्व आउला र फर्केर केहि गर्न सकिएला भन्ने पनि हुँदो रहेछ । यस पटकको मीतीले पनि त्यस्ता थ...

प्रवास, देश अनि चुनाव

Image
देशमा रहँदा भन्दा देश बाहिर पसेपछि देशको माया बढ्दै जान्छ । देश प्रतिको चाँसो पनि अझै दोब्बर हुँदै जान्छ । देशमा हुन लागेका परिवर्तनहरुले बेलाबेला आशाका किरणहरुको काम गर्छ । विदेशमा बस्दाको दुःख र कष्टले गाउँघर त्यागी आउँदाका आशा र सपनाहरु फेर्दछ । मनमा त लाग्छ यत्तिको दुःख गर्दा घरैमा पनि त केही गर्न सकिन्थ्यो होला । फेरी देशको खबर बुझ्यो उस्तै छ । साना दुःखले त मान्छे विदेशै पो किन पस्छ र ? देशमा आजका मिति सम्ममा आएर थुप्रै परिवर्तन भए । हुन त विगतको तुलनामा देश धेरै अगाडी बढि सकेको छ । हाम्रा बाउबाजेका पालाको राजनीतिक चेतनाको स्तर र अहिलेको राजनीतिक चेतनाको स्तर हेर्ने हो भने त्यसमा आकास पातालको फरक छ । राजनीतिक रुपमा जनताहरुले पहिलेको भन्दा धेरै अधिकार पाइसकेका छन् । ००७ सालको परिवर्तनले जहानीयाँ राणा शासनको अन्त्य गरेर जनताको छोरोले पनि राज्यसत्ता संचालनमा ल्याउन सक्छ भन्ने प्रमाणित भयो । राम्ररी अभ्यास गर्न नपाउँदै शिशु अवस्थामै मारिएको त्यो प्रजातन्त्र फेरी ०४६ सालमा आएर बौरी उठ्यो । जनताहरुमा फेरी आशा पलायो । ०४७ सालको संविधान अनि एक दशक भन्दा लामो त्यसको अभ्यास सकिन नपाउँद...

बन्दको ओखती

Image
बन्द शब्दसँग परिचित नभएका सायदै कोही होलान् । नेपालमा जन्मने हरेकले बन्दको अर्थ राम्ररी बुझेका छन् । उनीहरुको बुझाइको स्तर फरक हुन सक्छ र पनि बन्दबाट अनविज्ञ कोही पनि छैनन् । विद्यालयमा पढ्ने वालकका लागि वा कार्यालयका कर्मचारीका लागि बन्द थप एक दिनको विदा हुन सक्छ भने अर्थविदका लागि बन्द देशका लागि करोडौँको घाटा एवं आर्थिक विकासको तगारो हुनसक्छ । त्यस्तै विहान बेलुका काम गरेर छाक टार्नेका लागि बन्द आधा पेट वा खाली पेट बस्नुपर्ने पीडादायी क्षण हुन सक्छ भने गन्तव्यमा हिँडेकाहरुका लागि बन्द कष्टकर पर्खाइ हुनसक्छ । सारमा बन्दबाट सबै परिचित छन् र सबै प्रभावित पनि ।  बन्दलाई सत्ता बाहिर रहेकाहरुले सत्तामा रहेकाहरुका लागि आफ्नो विचारमा सहमत गराउन वा आफ्ना जायज नाजायज माग पुरा गराउन बाध्य पर्ने अस्त्रका रुपमा प्रयोग गर्ने गरेका छन् । सत्ता बाहिर हुँदा हरेक राजनैतिक दलले यसलाई प्रयोग गरेको कुरा सबैका सामु छर्लङ्ग छ । बन्दलाई आफ्नो शक्ति प्रदर्शनको माध्यमका रुपमा र सरकारलाई असफल साबित गराउनका लागि प्रयोग गर्ने चलन निकै पुरानो भइ सकेको छ । फरक यत्ति हो अचेल त्यसको क्रम केही बढेको छ...

बाहुनवादी राज्यसत्ताको एक बाहुन

Image
नेपालको राजनीतिमा माओवादी जनयुद्ध फष्टाउँदै जाँदा धेरै बाद र बादीहरुको जन्म भयोेः उनीहरुको विचार नमान्ने र राजतन्त्रलाई समर्थन गर्ने राजाबादी, प्रजातन्त्रमा विश्वास राख्ने संसदवादी, अरु पार्टीका उच्च अहोदामा वा भनौ सामाजिक रुपमा बाहुन जातीहरु माथि भएकाले समाजै बाहुनबादी । यस्तै यस्तै अन्य पनि थुप्रै बाद र बादीहरुको जन्मा माओवादी जनयुद्ध बढ्दै जाँदा बढ्दै गए । मलाई सुरु देखि नै विझाएको बाद र बादी भनेको बाहुदबाद र बाहुनबादीले हो । बाहुदबादी भन्ने सुन्दा कता कता आफैलाई नरमाइलो लागेर आउँथ्यो र अझै आउँछ पनि । सायद जन्मले आफू बाहुन परिवारमा जन्मिएकाले होला मैले बाहुनवाद र बाहुनवादी भन्ने शब्दहरुलाई त्यति सजिलै लिन नसकेको । बाहुनवादी समाज र बाहुदवादी राज्यसत्ताका कारण देशका अन्य जातजातीले उत्पीडनमा पर्नु प¥यो भनि कुर्लिएको सुन्दा मलाई अचम्म लागेर आउँथ्यो । जातीय विभेदको विरोध गर्नेहरुले पनि यो वादका बारेमा बोलेको सुन्दा उनीहरुको मूर्खतामाथि दया लागेर आउँथ्यो । यदी दलितलाई दलित भनेर जातका आधारमा मानसिक रुपमा चोट पु¥याउनु जातीय विभेद भयो भने बाहुनलाई बाहुन भनेर उसले गरे नगरेका काम क...

जातीयताको राजनीति

Image
सडकमा अहिले जातीय राज्यको समर्थन र विरोधमा नाराहरु लागि रहेका छन् । एकल जातीय पहिचानका आधारमा राज्यहरुको निर्धारण गर्ने वा वहुजातीय पहिचानलाई राज्य निर्धारणको आधार मान्ने भन्ने कुराको बहस अहिले चरममा पुगेको छ । नेपाल जस्तो देश जहाँ जुनसुकै स्थानमा पनि विविध जातजातीका मानिसहरु एकआपसमा मिलेर बसेको स्थिति छ त्यस्तो स्थितिमा एकल जातीय पहिचान असभव छ र सात आठ वटा जातीले पहिचान पाउँदैमा अन्य ९४ जातीहरुलाई न्याय भएको मानन सकिन्न भन्ने एक तरिको तर्क छ भने अर्को पक्षले ती ७÷८ जातीहरु नै वर्षौँ देखि उत्पीडनको शिकार भएकाले उनीहरुले पहिचान र सम्मान पाउनु पर्ने आजको आवश्यकता हो भन्ने तर्क राख्छ । यी तर्कहरु र वहसमा आ–आफ्नै सत्यता होला । विचारहरु राख्नका लागि सबै स्वतन्त्र छन् । यहाँ सम्म ठीक छ । तर विचार राख्ने क्रममा हिंसा भड्काउने प्रयासहरु भयो र जातीइ सद्भावमा खलल पार्ने किसिमका कार्यहरु गरियो भने त्यो कसैका लागि पनि फाइदा गर्ने हुँदैन ।  जातीयताका पक्ष र विपक्षमा लाग्ने नाराहरुलाई राजनीतिक दलकै शीर्ष नेताहरुले प्रोत्साहन दिइ रहेका छन् । उनीहरुका आफ्ना व्यक्तिगत र दलीय स्वार...