Posts

Showing posts with the label Haiku

फरक प्रयास (हाइकु र तियाली)

Image
तीन हाइकु ___________ माया गर्छु त बिना मारी हाल्छु भन्थी भन्न त *** उ गैहली म पनि सति जान्छु भन्न भएन *** मुटु छदै छ माया सिकाएकी छे खोजौंला अर्की _______________________________________________ तीन हाइकु ___________ राम्री नै थिइ तब त मन पर्याे बाल दिए पाे ! ****** अर्कै पाे छ रे उलार्इ मनपर्ने माया नि गर्ने ****** उनी त गइन् याद चैँ रहिरहे नजाने भन्छन् ! _______________________________________________ तीन हाइकु ___________ मन टुटायाे, अनि कविता लेख्याे, कवि बनियाे । ***** माया दिइन कविता दिएर गै चित्त बुझाएँ ***** याे कवि रूँदा अाँशुहरू खस्दैनन् कविता खस्छ ***** _______________________________________________ तिन तियाली ___________ माया गर्ने चैँ मेराे मन न तन-बदन न धन मिल्छ कसरी लाै तै भन ! ***** त काले म गाेरी भन्छे लाै न माेरी भुल्नु पाे कसाेरी ***** सबैभन्दा पहिले सपना देखिन्छ नबुझ्नेहरूबाट तिनमा टेकिन्छ झाेक अनि शाेकमा कविता लेखिन्छ