नश्लीय संवेदना
झापाको काकडभिट्टाबाट फागुन २१ गते सुरु भएको एमालेको मेची–महाकाली यात्रा फागुन २३ मा सप्तरीको मेलठमा पुगेर ३ मोर्चा कार्यकर्ताको हत्यासँगै (त्यो कालगतीले भएको मृत्यु थिएन) केहि दिनलाई स्थगित भएको घोषणा गरियो । उपचारको क्रममा रहेका थप र्दुइ जनाले पनि ज्यान गुमाइसके । सो घटनामा ज्यान गुमाउनेहरुको संख्या ५ पुगेको छ । राजविराज घटनाले लगभग सबै मधेसी समुदायलाई आहत बनायो । ‘अधिकारको लडाई’का क्रममा मारिनु पर्दा जो कोहिलाई पनि आक्रोशित बनाउँछ । मधेसी समुदायले पनि मेलठ घटनालाई राज्यले ‘मधेसीमाथि’ गरेको दमनका रुपमा अथ्र्याएका छन् । त्यसरी अथ्र्याइनुमा मधेसी समुदायका लागी लड्ने भनिएका मधेसकेन्द्रित दलहरुको ठूलो भूमिका रहेको छ । हरेक घटनालाई नश्लीय रुप दिनुले मधेसी समुदायलाई सँधै संकटाभिमुख बनाइ रहने र त्यस अवस्थामा भएको जमातलाई आफ्ना मुद्दाहरुको वकालत गर्नका लागी परिचालित गर्न सकिने भएकोले पनि त्यस्तो रुपमा व्याख्या गर्ने गरिएको जस्तो देखिन्छ । त्यसैले प्रहरीको गल्ती भन्दा पनि पहाडी प्रहरीको गल्ती भनेर त्यसलाई नश्लीय रुप दिइन्छ । यस्तो व्याख्या र विश्लेषणले राज्य र जनताबीचको लडाइँलाई देश भित...