सकस– जगदीश घिमिरे
सकस by Jagadish Ghimire My rating: 3 of 5 stars "मैले पन्ध्र सय वर्षअघिका राजपाठ त्यागेर जोगी भएका कवि राजा भार्तृहरिको त्यो श्लोक सम्झें, जसमा उनी भन्छन्– राजनीति र वेश्या उस्तै बहुरुपी हुन्छन् ।" मलाई जगदीश घिमिरेको अन्तर्मनको यात्रा पढेदेखि उनको लेखनीमा विशेष रुची बढेको हो । व्राह्मण परिवारमा जन्मेकाले सानै देखि संस्कृत प्रति केहि लगाव थियो । जमाना अनुसार अंग्रेजीमा शिक्षा हाँसिल गरिए पनि अनिवार्य संस्कृतका कक्षामा र घरमा भएका धार्मिक ग्रन्धमा भएका एकआध संस्कृतका श्लोकहरु कण्ठ गरेर कुराकानीका क्रममा सन्दर्भवस उल्लेख गर्न पाउँदा साह्रै गौरवान्वित हुने गर्दथे । ‘संस्कृतको युग सकियो अंगे्रजी सिक्नुपर्छ’ भन्ने पिताको संस्कृत शिक्षा प्रतिको उदाशीनता र एकखाले बन्देजका कारण पनि संस्कृत पढुँ पढुँ लाग्थ्यो । त्यति हुँदा हुँदै पनि न त मैले संस्कृत पढ्नका लागी कुनै ठूलो कदम चाल्न सकेँ न त मनको हुटहुटी नै केहि गरि मार्न सकेँ । उपन्यासहरुमा छिटपुट प्रयोग भएका संस्कृत शब्द र श्लोकहरु कण्ठ गर्न पाउँदा वा तिनको अर्थ जान्न पाउँदा आफ्नो जुनीले सार्थकता पाएको महशुस हुन्थ्यो । त्यस्...