Posts

Showing posts with the label Poem

खोलाको गीत: उपेन्द्र सुब्बा

Image
उपेन्द्र सुब्बा खासमा कबड्डी कबड्डीको खिर ख्वाउने झांक्री, लाटो पहाडको लेखक हुंदै खोलाको गीतका कविको रुपमा मैले चिनेको हो ।उनको विश्वास, साँल्दीज्यु ! एक ट्वाक चढाऊँ कि ..., भेडेटारको पिकनिक, किस्नेले विहे गरेछ, आदि कविता वाचन सुनेदेखि खोलाकोगीत पढ्ने तलतल लागेको हो ।  यसपालीको नेपाल घुमाइमा यो किताब पनि नकिनी नहुने सूचीमा पर्Þयो । एक त कविता भएकोले र अर्को उपेन्द्र सुब्बाको कविता भएको ले । पढेका किताबमा विधागत र श्रष्टागत विविधता ल्याउने प्रयासको कारण पनि यो पढियो ।   युट्युबमा भएका बाहेक पनि राम्रा कविता संग्रहमा छन् । एकबसाइमा पढि भ्याइने (मैले ३ हप्ता लाएं) यो कविता संग्रह पढ्ने नै सुझाब दिन्छु । कारण यसमा कविता मात्रै छैन फरक संस्कृतिको कुरापनि छ । मुन्धुमका कथाहरु पनि व्याख्याको रुपमा समावेश छ । त्यो पढ्दै गर्दा सुब्बाको पहिचान प्रेम मज्जाले बुझिन्छ । खासमा मेची(काली यात्रामा यो किताब धरानमा किनेर भेडेटार उक्लेर मनोजजीलाई यसका कविता पढ्न लाउने मन थियो । त्यसो हुन धेरै कारणले सकेन ।  “के किन्यो होला यो ? खाली पैसाको खैंकार !“ बुबाले खोलाको गित हातमा लिएर भन्नु भएको थ...

हिजो मलाई एक्कासी

Image
हिजो मलाई एक्कासी नन्दप्रसाद अधिकारी याद आए टुक्रुक्क बसेका दारी बढेर चिन्नै नसकिने भएका गालाका हाड उच्चिएर हो वा मासु सुकेर हो अझै टीठलाग्दा भएका छोराको लागी न्याय माग्दा माग्दै मरेका ती बाबुको याद आयो सायद अर्को बाबुको आँशु देखेर हो कि ? हिजो मलाई एक्कासी ज्ञानेन्द्र खड्काकी पत्नीको सम्झना आयो आफ्नै आँखा अगाडि घाँटि रेटेर मारेका पति देखेर छिनछिनमै बेहोस हुने होसमा आउँदा कोलाहल मच्चाउने ती पत्रकार पत्नीको याद अयो सायद अस्पतालको सैय्यामा बेहोस अर्की पत्नी देखेर हो कि ? हिजो मलाई मेरो छिमेककी हल्दार्नी दिदीको याद आयो सँगै घाम ताप्दै गरेका पेटको बच्चाको भविष्य कल्पदै गरेका आफ्ना पतिलाई आफ्नै अभिल्तिर भुक्लुक्क ढालेको देखेर  र सँगै खान पकाएको मासुभात बहुला जसरी चुलोबाटै झिकेर पतिकै लाशको छेउमा घोप्ट्याएउने त्यो दिदीको याद आयो । सायद एउटी भिड छिचोल्दै पतिको लाश हेर्न तम्सेकी पत्नी देखेर हो कि ? हिजो मलाई खै किन हाे अन्यायमा मरेको पुत्रकी आमा न्याय माग्दा माग्दै मरेका पतिकी पत्नी गंगा मायाको पनि याद आयो जो अझै पनि छोराका लागी न्याय पर्खेर बसेक...

Willst du das wirklich machen? (Poem)

Image
Willst du das wirklich machen? Seine Herze zerbrechen und alleine lassen! Willst du das wirklich machen? Ihn los lassen und einen Anderen anfassen Du sagst doch selber, 'er hat viel getan' Glaubst du nicht, dass er dich lieben kann? Ich will noch was fragen, warte mal, bevor diese Entscheidung wird dein Schicksal Kannst du das überhaupt machen? Seine Herze zerbrechen und alleine lassen! Willst du das wirklich machen? Seine Herze zerbrechen und alleine lassen!

एउटा नौलो द्रोहः समाज थर्कमान छ

Image
(यो कविता लेख्ने प्रेरणा एक दलित महिलाले आफ्नो जँड्याहा पतिलाइ भकुर्दा प्राप्त भएको हो । यसमा प्रयोग भएका ‘ती हात’ शोषक एवं उत्पीडक पुरुषका हातका प्रतिक हुन् । महाभारतको द्रौपदी वस्त्र हरण चुपचाप हेर्ने भीष्मपीतामह र द्रोणाचार्य लगायतका मानिसहरुको सभा अनि हाँस्दै हेर्ने दुर्योधन र कर्ण लगायतका पुरुषहरुको सभालाई हिजोको समाज भनि उल्लेख गरिएको हो भने हालको समाज भन्नाले ती महिलाले आफ्नो पति भकुर्दै गर्दा जम्मा भएका हेर्नेहरुको प्रतिनिधी हो । )  हिजो झैँ आज पनि ती हातहरु अघि बढे, उनी माथि धावा बोल्न, उनी माथि जाइ लाग्न, अनि उनको चीर हरण गर्न ।  तर, आज परिस्थिति बेग्ले छ,  हिजो झैँ उनी ति हातदखि डराइनन्,  पहिलले झैँ समेटिइन्, उनको आँखामा भय थिएन,  न निधार पसिनाले भिजेको थ्यो,  न कतै नीरीह चिच्याहट थियो,  न स्वर नै कामेका थिए । थियो त केबल आक्रोशती' हातै निमोठ्ने अठोट, समाजले सिर्जेको नियतीसित,  एउटा नौलो द्रोह गर्ने आँट,  समाजले हौस्याएका दुश्सासनलाई, खबर्दारी गर्ने जोश । त्यसैले त आज उनी जाइलागीन, ती हातमाथि, समाजले ...