बिर्सेर तिमीलाई (Gajal)
करपूर गौरम करूणावतारम
संसार सारम भुजगेन्द्र हारम |
सदा वसंतम हृदयारविंदे
भवम भवानी सहितं नमामि ||
~यसै छन्दमा मेरो प्रयास ~
बिर्सेर तिमीलाई, जाउँ कहाँ म
भेटुँ म त्यस्तो, ल ठाउँ कहाँ म
*****
न याद आउने, न मन पिरोल्ने
लौ ओखति त्यो, त पाउँ कहाँ म
*****
सधैं तिमिलाई, साथै म राख्न
बाचा खै कस्तो, र खाउँ कहाँ म
*****
त्यो मन पगाल्ने, यो दुरी मेट्ने
दिलै जित्ने बाजा, बजाउँ कहां म
*****
मन्मा त राखें उहिले तिमीलाई
काँडा सरि याद, सजाउँ कहाँ म
Comments
Post a Comment