Posts

Showing posts with the label Nepal

दिव्य उपदेशको प्रकाशमा पृथ्वीनारायण शाह

Image
 यो किन्डलमा निकै अघि देखि भए पनि पढि हालौं भन्ने थिएन । शिलान्यास र Fatalism and Development को चर्चा हुंदै गर्दा यो किताब पढ्नै पर्ने आइ लाग्यो । एउटा किताब पढ्ने राष्ट्रवादी हुने र अर्को पढ्ने वा प्रशंसा गर्ने डलरवादी र पश्चिमाको दलाल हुने भाष्य पछि यो किताब पढ्ने मेसो मिल्यो ।  पृथ्वीनारायणले मृत्यु अघि भनेका सन्देशहरुलाई नै दिव्य उपदेश नामाकरण गरिएको हो । तिनै सन्देशकै प्रकाशमा पृथ्वीनारायण शाहको व्यक्तित्व बुझ्ने प्रयास यो किताबले गरेको छ । खासमा यो स्नातकोत्तरको शोधपत्र (थेसिस) हो जो पञ्चायत कालमा तयार गरिएको थियो । सायद विदेशी लेखक हुनाले त्यो बेलामा पनि यो किताबमा केहि फरक विचार सम्म अट्न पायो ।  किताबको रोचक पक्ष भनेको यसले पृथ्वीनारायणले राज्य विस्तारका क्रममा गाभेका वा जितेका राज्य मध्ये मकवानपुरको इतिहास विस्तृत रुपमा राखिएको छ । बुटवल देखि हालको प्रदेश नं १ सम्मको राज्य कसरी नेपालमा गाभियो भन्ने पृष्ठभूमी यसमा छ । मकवानपुर अन्तरगत नै पर्ने विजयपुर (मोरङ) को सम्बन्धमा पनि यसमा केहि जानकारीहरु छ । हालको मधेस नेपालमा कसरी गाभियो भन्ने पनि यसमा छ ।  अंग्रेज...

नविन विभासको रोल्पा सुईना

Image
खरो आलोचनाका कारण चिनिने सरोनरले पल्पसा क्याफे देखि सगरमाथाको गहिराई सम्म कतै पनि साहित्यको स्तर नभेटर लिएको नाम हो रोल्पा सुइना । उनले नाम नलिएको भए सायद पढ्ने हुटहुटी बढ्ने थिएन होला । पल्पसा क्याफे र सगरमाथाको गहिराई दुबै मन परेका कृति थिए । ती कृतिहरु भन्दा राम्रो भनेपछि त नपढि धरै पाएन ।  कति कृति राम्रा हुन्छन् । कृति लेख्ने उति मन खाँदैनन् । केहि कृति भन्दा लेख्ने बढि मन पर्छन् । नविन विभासको बुकाहोलिक्समा श्रष्टासँग साक्षात्कार अन्तर्गतको कार्यक्रम हेर्ने मौका पनि पाइयो । ट्वीटरमा उनका भिडियोहरु त हेरि रहेकै हो । कहिले स्थानीय बाजा त कहिले स्थानीयका दुःखहरु युट्युबमा निरन्तर हालि रहन्छन् । त्यसैले कृति पढ्दा ती मनुवाको झल्को पनि बारम्बार आइरहेको थियो ।  लाटो पहाड पढ्ने क्रममा कथा खोज्दै गर्दा बसन्त बस्नेतको लाटो पहाडमाथिको मन्तव्य सम्म पुगेको थिएँ । यदि लाटो पहाड पढ्नु भएको छैन भने त्यो भिडियो हेरेर पढ्नुस् गज्जब हुनेछ । पढि सकेको भए पनि फेरि भिडियो हेर्नुस्, तपाईंले के पढ्नु भयो र के भएन त्यहाँबाट जान्नु हुनेछ । त्यसैले रोल्पा सुइनाको मापनका आधार पनि गुर...

किताबको कथाः राज सरगमकाे छाउघर

Image
कहिले काहिँ त पढेको कुराको बारेमा किन लेख्नु प¥यो जस्तो लाग्छ । तर फेरि सोच्छु पढेको बेलामा भन्दा पढेको लेख्दै गर्दा किताबका धेरै कुराहरुबारेमा मन्थन गर्ने मौका मिल्छ । त्यस्तै पढेकाबारे कुरा गर्दा पढ्न मन लागेकाहरुका लागी पनि पढ्ने वा नपढ्ने भन्ने बारे निर्णय लिन सघाउ पु¥याउन सक्छ । हुन त पुस्तक मन पर्नु वा मन नपर्नु व्यक्तिगत रुची र स्वादको विषय पनि हो । र पनि एउटा आधार त बन्छ नै । मेरै हकमा पनि कतिपय अवस्थामा पुस्तक पढ्ने निर्णयमा पुग्न अरुका पुस्तक प्रतिको टिप्पणीले काम गरेको छ । पढ्छु भनि ल्याएका र नपढेका पुस्तकहरु पनि सोको चर्चा चल्दा पल्टाएको छु । त्यसैले पुस्तक चर्चा गरिरहन मन लाग्छ । फेरी लेखनमा रुचि भएकाले यो एक लेखनको अभ्यास जस्तो पनि हुन्छ ।  आमीर खानको सत्यमेव जयतेमा मर्दपन कसरी पुरुषका लागी हानिकारक हुन्छ भन्ने कार्यक्रममा कमला भासिनले भनेका कुराहरु आज पर्यन्त पनि मनमा घुसेका छन् । धेरै पटक हेरेको सो कार्यक्रमले मलाई महिलावादी साहित्य तिर आकर्षित गर्नुका साथ साथै धेरै अन्य कुराहरु प्रति पनि संवेदनशील बनाएको थियो । विवेक ओझाको ऐलानी, सरस्वती प्रतीक्षाको नथिया, भर्जि...

वेग, शाह, र अन्सारीः किन रोकिन्न अपराधका सृंखलाहरु ?

Image
भारतीय आपराधिक सञ्जालका नायिके दाउद इब्राहिमका नजिकका सहयोगी र कतिपय समाचारमा उनका दायाँ हात सम्म भनिएका युनुस अन्सारी यस पटक फेरि पनि समातिएका छन् । हाल सम्मकै ठूलो परिमाण, ७ करोड ६७ लाख ९४ हजार,  बराबरको नक्कली नोट सहित समातिएका अन्सारी कतारबाट उडेको कतार एयरवेजको विमानबाट आएका ३ जना पाकिस्तानी नागरिकलाई लिन गएको अवस्थामा समातिएका हुन् । भारतको चुनाव सकिए लगत्तै फेला पारिएको २ हजार दरको नक्कली नोटको यत्रो ठूलो परिमाणले ठूलो हलचल नै मच्चाएको छ र त्यसमाथि पहिले देखि नै परिचित व्यक्ति मार्फत भित्रिनुले नेपालको सुरक्षा स्थितिप्रति पनि सर्वसाधारणको शंका बढाएको छ ।  वि.सं. २०६५ साल पुस १८ मा त्रिपुरेश्वरको होटेल ब्लुवर्डबाट २४ लाख ४४ हजार भारतीय रुपैयाँसहित पक्राउ परेका अन्सारीले जेलमै रहँदा पनि नक्कली नोटको कारोवार जारी राखेका थिए । अन्सारीले जेलबाटै बनाएको योजना अनुसार २०६७ असोजमा नेपाल भित्र्याइएको ४० लाख ९० हजार बराबरका जाली नोटहरु विमानस्थलमै पक्राउ परेको थियो । ०६५ देखि ४ वर्षको सजाय काटि रहेका अन्सारी ०७० को असोजमा छुटेको ३ महिना पछि माघमा फेरी पनि भारतीय नक्कल...

गार्इ खाने कथा

Image
नयाँ संविधानमा अप्रत्यासित तरिकाले धर्म निरपेक्षता घुसाइएको कुराको विवाद जारी रहँदे गर्दा ‘गाइको मासु खान पाउनु पर्ने’ भन्ने विवाद सुरु भएको छ । गाइको मासु खान पाउनु पर्छ भन्ने मत राख्नेहरुले यथासक्य तर्क र प्रमाणहरु पेश गरेर गाइको मासु खान नदिएर राज्यले जनताको ‘भान्सामा नियन्त्रण’ गरेको भन्ने जस्ता वाहियात तर्क समेत गर्न भ्याएका छन् । समस्या कहाँनेर पर्छ भने उनीहरुले पेश गरेकै दलीलहरुको सहायता लियो र त्यसलाई सामान्यीकरण ग¥यो भने त हालको व्यवस्था नै उलटपलट हुन्छ । धेरै गैह्र कानुनी कुराहरुले छुट पाउनु पर्ने हो कि भन्ने जस्तो देखिन आउँछ । हालको कानुनी व्यवस्था नै पनि धरापमा पर्छ । गौहत्या विरुद्धको कानुन गलत भएको भन्ने तर्क गर्नेले नेपाली समाजका विभिन्न जातजातीका संस्कृतिहरुमा भएको गौमासको कुरालाई त्यसले कुण्ठित गरेको ठान्छन् । पूर्वमा किरात संस्कृति अन्तर्गतको च्याब्रुङ्ग नाचमा बजाइने बाजामा गाइको छाला प्रयोग हुने गर्छ । त्यस्तै किरातीहरुले पुजामा गाइको टाउको प्रयोग गर्ने गरेको र समयक्रमसँगै राँगाको टाउकामा सरेको भन्ने भनाइहरु छ । पश्चिममा पनि भुल र सार्कीहरुले मरेका गाइहरु लै...

हिजो मलाई एक्कासी

Image
हिजो मलाई एक्कासी नन्दप्रसाद अधिकारी याद आए टुक्रुक्क बसेका दारी बढेर चिन्नै नसकिने भएका गालाका हाड उच्चिएर हो वा मासु सुकेर हो अझै टीठलाग्दा भएका छोराको लागी न्याय माग्दा माग्दै मरेका ती बाबुको याद आयो सायद अर्को बाबुको आँशु देखेर हो कि ? हिजो मलाई एक्कासी ज्ञानेन्द्र खड्काकी पत्नीको सम्झना आयो आफ्नै आँखा अगाडि घाँटि रेटेर मारेका पति देखेर छिनछिनमै बेहोस हुने होसमा आउँदा कोलाहल मच्चाउने ती पत्रकार पत्नीको याद अयो सायद अस्पतालको सैय्यामा बेहोस अर्की पत्नी देखेर हो कि ? हिजो मलाई मेरो छिमेककी हल्दार्नी दिदीको याद आयो सँगै घाम ताप्दै गरेका पेटको बच्चाको भविष्य कल्पदै गरेका आफ्ना पतिलाई आफ्नै अभिल्तिर भुक्लुक्क ढालेको देखेर  र सँगै खान पकाएको मासुभात बहुला जसरी चुलोबाटै झिकेर पतिकै लाशको छेउमा घोप्ट्याएउने त्यो दिदीको याद आयो । सायद एउटी भिड छिचोल्दै पतिको लाश हेर्न तम्सेकी पत्नी देखेर हो कि ? हिजो मलाई खै किन हाे अन्यायमा मरेको पुत्रकी आमा न्याय माग्दा माग्दै मरेका पतिकी पत्नी गंगा मायाको पनि याद आयो जो अझै पनि छोराका लागी न्याय पर्खेर बसेक...

बंगलादेश, मधेस र स्थानीय निकायको निर्वाचन

Image
बंगलादेश केहि हप्ता अघि काठमाडौँमा बंङ्गाली लेखिका तस्लिमा नसरिन आएको खबर अनलाईन पत्रपत्रिकाहरुमा पढ्न पाइयो । त्यसै क्रममा उनको अन्तर्वाता पढ्दा वर्षौं पहिले पढ्न सुरु गरेर त्यसै थाती राखेको उनैले लेखेको ‘लज्जा’ उपन्यास पढ्ने जाँगर पलाएर आयो । पहिलो पटक कैलाली जनपुस्तकालयमा लज्जा समाउँदा स्कुले ठिटो थिएँ । सुरुका पानाहरुमै राजनीतिका कुरा र हिंसाका कुराले मलाई सो पुस्तकमा उति रुचि लागेको थिएन । बरु नसरिनले नै लेखेको परिक्रममाको नेपाली अनुबाद पढेको थिएँ । ‘लज्जा’ भने यसपालीको लागी साँचेर राखिएको रहेछ । ‘लज्जा’को सुरुवाती पानाहरुमै हिन्दु–मुस्लिम दंङ्गाका विषयहरु समावेश गरिएको छ । त्यसको पृष्ठभूमीका रुपमा वंगलादेश स्थापनाको इतिहास पनि बारम्बार प्रस्तुत गरिएको छ । ‘सन् १९५२ मा बंगलालाई राष्ट्रिय भाषा बनाउनका लागी चलेको आन्दोलन, १९५४ मा संयुक्त फ्रंट निर्वाचन, १९६२ मा शिक्षा आन्दोलन, १९६४ मा फौजी शासन विरोधी आन्दोलन, १९७० मा आम चुनाव हुँदै अन्ततोगत्वा १९७१ को स्वतन्त्रता संग्रामले द्विजातीय आधारमा गरिएको देश विभाजनको सिद्धान्त गलत भएको प्रमाणित गर्दै देश नै टुक्र्यायो । यसरी १९४७ दे...

किरातको इतिहास र संस्कृतिः इमानसिं चेमजोङ्ग

Image
 सन् २०१७ मा पढेको पहिलो पुस्तकमा उपेन्द्र सुब्बाको ‘लाटो पहाड’ पर्न गयो । ‘लाटो पहाड’ले बाठो तरिकाले जातीय मुद्दा पनि उठाएको बुझ्दा किरातीहरुका बारेमा बढि जान्ने इक्षा लाग्ये । सामान्यतः अहिले सबै भन्दा बढि शोषित र पिडित भनेर मधेसीहरुले आवाज उठाइ रहेका बेलामा आक्कल झुक्कल सुनिने जनजातीका आवाजहरुले त्यति प्राथमिकता पाउँदैनन् । मधेसीले आफ्ना नाममा प्रदेशै पाइसकेको अवस्थामा पनि किरातीहरु÷जनजातीहरु अझै पनि सिमान्तकृत भएको र उनीहरुमाथि भएको सांस्कृतिक आक्रमण, जबरजस्ती लादिएको ‘बाहुन कुरा’ (मलाई त्यति चित्त नबुझेको भएपनि पुस्तकको शब्द सापटि लिएँ)का कारण शिक्षा लगायतका सम्पूर्ण क्षेत्रमा पछाडि परेको विषयमा लेखिएका कथाहरुले एकछिन सोच्न बाध्य बनायो । यी कथाहरु पढ्दै गर्दा कताकता आफूमाथि त्यो अन्याय गरेको भनेर चोर आउँला सोझिएको पाएपछि मन अलि अस्थिर भयो । कथाको परिवेशकाबारेमा गहिरिएर बुझ्न मन लाग्यो । सो क्रममा उपेन्द्र सुब्बाका पाए जतिका अन्तर्वार्ता सुन्ने देखि लिएका कितावमाथि चलाइएका छलफलहरु सबै सुनेँ । त्यसै क्रममा संयोगले इमानसिंह चेमजोङले लेखेको किरातको संस्कृति तथा इतिहास (History ...