Posts

Showing posts with the label Why I am a Hindu ?

ह्वाइ आइ एम अ हिन्दुः शशी थरुर

Image
शशी थरुरको इष्ट इन्डिया कम्पनीले भारतमा गरेको अत्याचारको कथा बोकेको पुस्तकको चर्चासँगै उनको लेखन प्रतिको अभिरुचि बढेको हो । चर्चिलले विश्वयुद्ध ताका भारतमा ४३ लाख बंगालीलाई भोकमरीमा पारेर मर्न बाध्य पारेको प्रसंगसँगसँगै अंग्रेजहरुले कसरी भारतको स्वास्थ्य, शिक्षा, पूर्वाधार र अर्थतन्त्रलाई जर्जर बनाएर भारतलाई अविकसित राष्ट्रको नमुनाका रुपमा छोडेर गए भन्ने कुरा सो पुस्तक मार्फत उनले पहिलो पटक मूलधारका सञ्चार माध्यममा बहसको विषय बनाउन सफल भए । आफूलाई सभ्य भनेर चिनाउने पश्चिमा समाजको मुकुण्डो उघार्न र अपनिवेशकालका क्रममा गरिएका अन्याय र अत्याचारका कथाहरुलाई सबैका सामू ल्याउन उनको सो पुस्तकले ठूलो भूमिका प्रदान गरेको छ । त्यही पुस्तकको चर्चा मात्रले पश्चिमा समाज प्रतिको मेरो व्यक्तिगत धारणमा समेत ठूलो परिवर्तन ल्याएको थियो । यति सम्म कि पछिल्लो शैक्षिक सत्रका आतंकवादको अर्थशास्त्र र श्रम–अर्थशास्त्रका परिक्षामा समेत मेले मेरो असहमतीहरु पोखेको थिएँ । सेप्टेम्बर ११ ले मानिसको राजनीतिक आस्थामा परिवर्तन ल्याएको निश्कर्ष सहितको पत्र प्रतिको धारणा उल्लेख गर्न भनि सोधिएको प्रश्नमा मैले स...