भन्छौ अरु छाडि मलाई (Gajal)


भन्छौ "अरु छाडि मलाई, यति माया गर्छौ किन ?
मेरा सामु त्यसै तल, सँधै सँधै पर्छौ किन ?

मरुभूमी देख्दा देख्दै, मायाका ती बीज हरु
अनेक आशा सपना, सँगै सँधै छर्छौ किन ?

बगाउने छ आफ्ना ती, बेग्ले बीच बाटो पुग्दै
जान्दाजान्दै बर्खायाम्को, खहरे त्यो तर्छौ किन ?

लाखौँ होलान तिम्रो माया स्वीकार गर्ने दुनियामा
एक पटक फेरी आँट्न, यति सारो डर्छौ किन ?

कैले भन्छौ तिम्लाई भुल्छु, टाढा हुन्छु तिमी देखि
आफैसँग ग¥या बाचा, बाट आफै सर्छौ किन ?

सास फेर्न गाह्रो हुन्छ, भन्छौ मन भारी हुन्छ
मान नराख्नेका लागी, यति तल झर्छौ किन ?"





Comments

Popular posts from this blog

पहेँलो गुलाफ: प्रेमा शाह

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी

सुधीर शर्माकाे प्रयोगशाला