Posts

Showing posts with the label Society

नखुलेको आकाश खुलेर आयोः कञ्चन रेग्मी प्रकरणका भित्री कुरा

Image
‘नखुलेको आकाश खुलेर आयो ऊ सायद यो बाटो भुलेर आयो झ¥यो त के भो जाही र जुही त्यो पलास मनमा फुलेर आयो’ बिबिसीमा लामो समय काम गरेका सुमन खरेलको कान्तिपुर टेलिभिजनबाट प्रसारित हुने कार्यक्रम ‘सुमन सँग’मा कञ्चन रेग्मीले यी पंक्तिहरु सुनाउँदा एकदमै भावुक बनेको थिएँ ।  उनले पति र छोरा इन्जीनीयर हुँदाहुँदै पनि आफूलाई हेलाँ गरेको र सात वर्ष सम्म पिडामा बाँचेको, चिताको आगो तापेर हिँउद काटेको, आदि कुरा भनिरहँदा मान्छेहरु सन्तान पाउनाको सास्ती अनि हुर्काउनका लागी गरिने अनेक दुःख कष्ट किन गर्छन होला जस्तै लाग्यो । त्यसको साटो वृद्धावस्थाको व्यवस्थापनका लागी केहि जोरजाम गरे जीवन कति सहज हुन्थ्यो होला भन्ने पनि लाग्यो । आँखिर न पति न छोरा, कोही त आफ्नो हुँदो रहेनछ । कञ्चन रेग्मीलाई फोहरको थुप्रोबाट उद्धार गरेर पवित्र सेवा समाजमा लगी आश्रय दिइरहेकी भनिएकी दिक्षा चापागाईंको नाम धेरै सुनेको अनि एक पटक प्रत्यक्ष भेट भएकी व्यक्ति थिइन् । लाजिम्पाट स्थित सनराइज बोर्डिङ्ग स्कुलमा पढाउने क्रममा त्यहाँकी पूर्व प्रधानाध्यापिका सुजला कार्कीको स्मृतिमा आयोजना गरिने कार्यक्रममा उनको वालाश्रममा भएका वाल...

‘राष्ट्रघाती’ ११ नम्बर बुँदा (नयाँ पुराना संयुक्त वक्तव्यका पूर्णपाठकाे साथमा)

Image
‘खनेर हेर्ने हो भने यहाँका प्रत्येक घरहरुका जगमा त्यहाँ फगत हल्लै हल्ला थुप्रिएको पाइनेछ । त्यसैले यो हल्लै हल्लाको देश हो यो हल्लै हल्लामाथि उभिएको देश हो’ भूपी शेरचनको ‘यो हल्लै हल्लाको देश हो’ कविताका यी हरफहरुले हाम्रो देश र देशवासीको चरित्र धेरै हदसम्म चित्रण गरेको छ । यहाँ सबै कुरा हल्लाका भरमा हुन्छ । पहिले एक कान दुई कान मैदान हुन्थ्यो अहिले सामाजिक सञ्जालका प्रकाशनहरु मार्फत हल्लाहरु फैलिन्छन् । तिनमै आधारित भएर विभिन्न बुद्धिजिवीहरुले आफ्ना अड्कलबाजी र पूर्वाग्रहका आडमा देशको भूत, वर्तमान र भविष्य लेख्छन् । फेरी तिनको लेखाइलाई दावा गर्ने अर्को जत्था तथानाम गर्दै तिनले लेखेको भूत, वर्तमान र भविष्यको अर्को पाटो लेख्न भ्यउँछन् । हल्लै गर्छन् । त्यो भन्दा माथि केहि गर्न भ्याउँदैनन् । प्रधानमन्त्री प्रचण्डको ४ दिने भारत भ्रमणका क्रममा पनि थुप्रै हल्लाहरु भए । पहिले त ती हल्लाहरुका विषय प्रम पत्नीको बाँधेको हातको र उनले देखाएको शिष्टाचार भए । जसले जति जे भनेपनि र जति नै हल्ला गरेपनि स्वदेश फर्केर पत्रकार सम्मेलन गर्ने बेलामा समेत प्रमपत्नीको बाँधेको हात हल्लाउन सकिएन ...

शिष्टाचार नाघेर शिष्टाचारको कुरा

Image
सामाजिक सञ्जालले अहिले सुचना प्रवाहमा यति सम्म सहजता ल्याएको छ कि साना साना खबरहरु पनि फैलन केहि बेर लाग्दैन । भारतको राजकीय भ्रमणमा रहेकी प्रधानमन्त्री पत्नी सिता दाहालको शिष्टाचारको विषय त्यस्तै भयो । उनले प्रधानमन्त्री मोदीका छेउमा हात बाँधेर उभिएको, सोफामा बस्दा चप्पल खोलेर एक खुट्टा माथि राखेर बसेको, मोदीको नमस्कारमा हात थापेर नमस्कार फर्काएको, आदि तस्वीरहरु सामाजिक सञ्जालमा छ्यापछ्यापती प्रकाशित हुन थाले । तस्वीरसँगै अनेकौँ टिप्पणीहरु पनि लेखिन थाले । औपचारिक रुपमा ठूलो शिक्षा आर्जन नगरेकी प्रम पत्नीको अनौपचारिक कृयाकलाप त्यति आश्चर्यमा पार्ने खाले होइन । तस्वीरमा कैद गरिएका सामान्य परिवेशकी ग्रामीण महिलाको झल्को दिने उनको उठाइ बसाइ पदका हिसाबले नमिलेको भने पक्कै हो । प्रम पत्नी भइ सक्दा आफु हर प्रहर क्यामेराको निगरानीमा हुन्छु र आफ्ना हरेक हर्कतलाई दुनियाँले केलाइ केलाइ हेरिरहेका हुन्छन् भन्ने सायद उनले ध्यान नदिएकी हुनुपर्छ । त्यसबाहेक ११६ जनाको जम्बो टोलीका सदस्यहरुले पनि त्यसरी देशको प्रतिष्ठामा नै आँच आउने गरी सञ्चार माध्यममा सामग्री बन्ने खालको उनको हाउभाउको ख्याल नगरेक...

‘बाँचेका मान्छेहरु’

Image
source:http://stephaniefast.org/wp-content/uploads/2015/06/nepal.jpg सिन्धुपाल्चोक जिल्लाको सेलाङ्गको काफ्ले डाँडामा छायांकन गरिएको साझा सवालको कार्यक्रम हेर्दा भूकम्पले प्रभावित पहाडी जनजीवन के कसरी बित्दै छ भन्ने अनुमान लगाउन त्यति गाह्रो हुँदैन । भूकम्प गएको झण्डै वर्ष दिन पुग्न लाग्दा पनि भूकम्प पिडितहरुको उचित वासस्थानको व्यवस्थापन हुन सकेको छैन । जेन तेन वर्षा कट्यो अनि त्यसै गरि हिउँद पनि बित्न लाग्यो । त्यसै त पिछडिएको र अभावले ग्रस्त पहाडि जनजीवन भूकम्पले झन् बढि पिडित बनेको छ । देशमा मधेसले पहाडलाई अधिकार खोसेको र दबाएको आरोप लगाइएर आन्दोलन गर्न लागेको पनि निकै भयो । पहाडको भने नाडि गलेको छ । झन नाकाबन्दीले थपेको पिडाको त के कुरा ! विकासबाट बञ्चित गराएकोमा राजनीतिलाई दोष दिने चलन नयाँ होइन । हरेक असक्षमताको दोष नेता र देशको अस्थिर राजनीतिमाथि थुपा¥यो अनि आफू चोखिएको महशुस ग¥यो । ‘गतिला नेता र राम्रो राजनीति नभएर देश विग्रेको’ भनेर हरकोहिले भन्छन् । केहि हदसम्म त्यो आरोप पनि सहि हो । अनि कतिपय कुराहरुमा हामी स्वयं पनि कम दोषी छैनौ । साझा सवालको कार्यक्रममा देखिएका केहि क...