Posts

Showing posts with the label Book

दिव्य उपदेशको प्रकाशमा पृथ्वीनारायण शाह

Image
 यो किन्डलमा निकै अघि देखि भए पनि पढि हालौं भन्ने थिएन । शिलान्यास र Fatalism and Development को चर्चा हुंदै गर्दा यो किताब पढ्नै पर्ने आइ लाग्यो । एउटा किताब पढ्ने राष्ट्रवादी हुने र अर्को पढ्ने वा प्रशंसा गर्ने डलरवादी र पश्चिमाको दलाल हुने भाष्य पछि यो किताब पढ्ने मेसो मिल्यो ।  पृथ्वीनारायणले मृत्यु अघि भनेका सन्देशहरुलाई नै दिव्य उपदेश नामाकरण गरिएको हो । तिनै सन्देशकै प्रकाशमा पृथ्वीनारायण शाहको व्यक्तित्व बुझ्ने प्रयास यो किताबले गरेको छ । खासमा यो स्नातकोत्तरको शोधपत्र (थेसिस) हो जो पञ्चायत कालमा तयार गरिएको थियो । सायद विदेशी लेखक हुनाले त्यो बेलामा पनि यो किताबमा केहि फरक विचार सम्म अट्न पायो ।  किताबको रोचक पक्ष भनेको यसले पृथ्वीनारायणले राज्य विस्तारका क्रममा गाभेका वा जितेका राज्य मध्ये मकवानपुरको इतिहास विस्तृत रुपमा राखिएको छ । बुटवल देखि हालको प्रदेश नं १ सम्मको राज्य कसरी नेपालमा गाभियो भन्ने पृष्ठभूमी यसमा छ । मकवानपुर अन्तरगत नै पर्ने विजयपुर (मोरङ) को सम्बन्धमा पनि यसमा केहि जानकारीहरु छ । हालको मधेस नेपालमा कसरी गाभियो भन्ने पनि यसमा छ ।  अंग्रेज...

कथा लाग्ने यथार्थहरुको संकलन: यज्ञशको भुइयाॅ

Image
यो   पुस्तकका   बारेमा   धेरै   पहिले   गज्जब   प्रतिक्रिया   लेख्ने   भनेर   डाॅडाकाडाॅ   पुगेर   फोटो   समेत   खिचेको   थिएं   ।   तर   योजनाहरु   व्यवहारमा नउतार्दा   जति   सुकै   राम्रा   भए   पनि   अर्थ   नहुने   रहेछ   ।   त्यसैले   आज   जस्तो   सकिन्छ   त्यस्तै   लेख्ने   केसिस   गर्दैछु   । भुइयाॅ   नाम   सुने   देखि   नै   खुब   पढ्न   मन   लागेको   थियो   ।   भुइंयाॅका   लेखक   यज्ञशका   बारेमा   नगरकोटीका   किताबमा   खुब   पढिएको   पनि थियो   ।   अध्ययनशील   नगरकोटीले   चर्चा   गर्ने   व्यक्तिको   लेखनप्रति   लोभिनु   अचम्म   लाग्ने   कुरा   त   हुॅदै   होइन   ।   त्यसमाथि   यो   पुस्तक   प्रतिका सक...

किताबकाे कथाः नयनराज पाण्डेकाे उलार

Image
Ular by Nayan Raj Pandey My rating: 3 of 5 stars म उलार (थारुहरुले उल्लार भन्छन्) शब्दसँग सानै देखि परिचित थिएँ । सानामा विद्यालयबाट फर्कने क्रममा कहिलेकाहिँ बाटामा लडिया (बयलगाडा) भेटिन्थे । हामी लडिया चढ्ने रहरले त्यसका पछिल्तिर झुण्डिन्थ्यौँ । लडिया खाली भएको बेला र चालक असल परेको बेला मात्र बस्न पाउँथ्यौँ । अनि भरिएको बेलामा या धेरैजाना चढ्न खोज्दा ‘उल्लार हुइहे’(उल्लार हुन्छ) भनेर लडिया चालकले हप्काउँथ्यो । लडियाको पछिल्तिर बढि भार हुँदा अघिल्तिरको भाग उचालिन्थ्यो र त्यस्तै परे गोरुहरु झुण्डिन पुग्थे । अनाहकमा गोरुकालागी बोझ बढाउन चालक चाहन्नथे । त्यसैले उलार जाने भएपनि नजाने भएपनि कतिपयले ‘उल्लार हुइहे’ भनेर धपाउँथे । लडिया चालकको हातमा एउटा चाबुक हुन्थ्यो । सिमेन्टका कट्टा(बोरा) च्यातेर बनाएको डोरीलाई एकछेउ लट्ठीमा बाँधी अर्को छेउमा गाँठो पारिएको हुन्थ्यो । कहिले काहिँ भनेको नमान्दा तर्साउनको लागी लडिया चालकले पहियामा हिर्काउँथे । ‘स्वाँट्ट ...’, आवाज मात्रैले पनि सातो लिन्थ्यो । गोरु या राँगालाई हानेको दृष्यको सम्झना र आवाज मिसिँदा मन एकदम आतंकित हुन्थ्यो । कहिले भने गोर...

मैले पढेका १०० पुस्तक बाट

Image
मोहन मैनालीको मान्ठा डराएको युगसँगै १०० किताब पढि सक्ने धोको पुरा भयो । सानो छँदा कैलाली जन पुस्तकालयमा खुब गइन्थ्यो । हस्तरेखाका किताब, यौन साहित्य, दन्त्यकथाका किताब, आदि पहिले पढ्न थालियो । त्यसपछि आफ्नै चिना अथ्र्याउने क्रममा ‘काम सुरु गर्ने तर नटुङ्गयाउने’ भनेर अर्थ लाइयो । यसो फर्केर हेर्दा पुस्तकालयका थुप्रै किताबका गाता पढिएका तर पुरा नगरिएको भेटियो । अनि चिनामा लेखेको झुटो सावित गराउनै पनि एनिड ब्लाइटनको इन्द्रजाली रुख पढेर भ्याएँ । त्यसपछि रुचि बढ्दै गयो । तर्क गर्न खुब मन पर्ने भएकोले तर्कशास्त्रको पुस्तक फेला प¥यो । पहिले बुझेर अथवा नबुझेर १०० किताब पढियो भने मात्र त्यसपछिका किताबहरु बुझ्ने भइन्छ भनेर त्यसमा उल्लेख गरिएको थियो । त्यसपछि सुरु भयो १०० किताब पढि भ्याउने ध्याउन्न । यो सुची निकै लामो भयो । खासमा पढ्दाको मजा र पढि सकेपछिको त्यसको प्रभावका आधारमा पुस्तकहरुलाई यो सुचीमा समावेश गरेको छु । जस्तो कि मोदिआइनको ‘तिमी ठूलो होइन असल मान्छे बन’ भनेर भनिएको कुरा धेरै सानामा यो मनमा गढेको थियो । अहिले सम्म पनि असल बन्ने प्रयास जारी छ । विपिका अन्य पुस्तकमा फेला पर...

The Perks of Being a Wallflower- Stephen Chobsky (Story of a Book)

Image
It was during the first year of my university in Germany. I was so much excited to know about the university culture in Germany. Hence, I tried to participate in almost all of the events I could, including the student parties. I never drank alcohol by then. As a result, I ended up being a wallflower in those parties. The first few minutes were enough to say "hi" to everyone.   Then you have nothing to do. No drink to drink and no moves you can make, coz you don't know how to dance. Once, my classmate saw me in a party in the new (in a sense that it was first party of the semester in that club) club of the town. I was among the early comers. So was she. She literally pulled me in the dance floor after I denied participating voluntarily. So, when that girl pulled me to the dance floor, I couldn't join her even though I badly wanted to give her a company. I had a bottle of beer thinking that it would give me some confident. But all was in vain. I ended up watching ...