Posts

Showing posts with the label Earthquake

‘बाँचेका मान्छेहरु’

Image
source:http://stephaniefast.org/wp-content/uploads/2015/06/nepal.jpg सिन्धुपाल्चोक जिल्लाको सेलाङ्गको काफ्ले डाँडामा छायांकन गरिएको साझा सवालको कार्यक्रम हेर्दा भूकम्पले प्रभावित पहाडी जनजीवन के कसरी बित्दै छ भन्ने अनुमान लगाउन त्यति गाह्रो हुँदैन । भूकम्प गएको झण्डै वर्ष दिन पुग्न लाग्दा पनि भूकम्प पिडितहरुको उचित वासस्थानको व्यवस्थापन हुन सकेको छैन । जेन तेन वर्षा कट्यो अनि त्यसै गरि हिउँद पनि बित्न लाग्यो । त्यसै त पिछडिएको र अभावले ग्रस्त पहाडि जनजीवन भूकम्पले झन् बढि पिडित बनेको छ । देशमा मधेसले पहाडलाई अधिकार खोसेको र दबाएको आरोप लगाइएर आन्दोलन गर्न लागेको पनि निकै भयो । पहाडको भने नाडि गलेको छ । झन नाकाबन्दीले थपेको पिडाको त के कुरा ! विकासबाट बञ्चित गराएकोमा राजनीतिलाई दोष दिने चलन नयाँ होइन । हरेक असक्षमताको दोष नेता र देशको अस्थिर राजनीतिमाथि थुपा¥यो अनि आफू चोखिएको महशुस ग¥यो । ‘गतिला नेता र राम्रो राजनीति नभएर देश विग्रेको’ भनेर हरकोहिले भन्छन् । केहि हदसम्म त्यो आरोप पनि सहि हो । अनि कतिपय कुराहरुमा हामी स्वयं पनि कम दोषी छैनौ । साझा सवालको कार्यक्रममा देखिएका केहि क...

भुइँचालोका पाठहरु

Image
राजनीतिक दलका नेताहरुका मुखबाट सधैँ जसो सहमति र सहकार्यका कुराहरु सुन्दा यी शब्दहरु निकै नै हल्का रुपमा लिने गर्दथेँ । लाग्थ्यो सहमति र सहकार्य यिनीहरुले प्रस्तुत गरेको जस्तो कठीन हुँदै होइन । सोच्थेँ, कम से कम एकै गन्तब्य हुनेहरुका लागी त त्यो एक दमै सहज हुनु पर्ने हो । समस्या त भित्री स्वार्थहरु हुन्ः जनता भुल्याउन व्यक्त नारा पछाडिका व्यक्तिगत स्वार्थहरु । तिनै स्वार्थहरुले गर्दा वर्षौँ देखि सहमति जुटाउन नसकिएको हो । होइन भने त्यस्तो अलमल किन ? सहमतिकै अभावमा भविष्य प्रतिको आशा र विश्वास कम्जोर हुँदै गएर देशमा चरम निराशा छाएको छ । युग बदल्ने जोश सँगाल्नु पर्ने युवाहरुमा मैदान छोडेर दर्शकदिर्घामा सामेल हुने प्रवृत्ति मौलाएको हो । अहिले विस्तारै बुझ्दै जाँदा समस्या स्वार्थहरु मात्रै होइन भन्ने लाग्छ । समस्या त हाम्रो संस्कारमै रहेछ । हाम्रो संस्कारले हामीलाई सम्झौताका पाठहरु सिकाउन भुलेका रहेछौँ । हामीले जसरी हुन्छ आफ्ना कुराहरुलाई माथि पार्ने संस्कारमै बढि जोड दिएका रहेछाँै । हामीले अरुको कुरा सुनिदिने भन्दा पनि आफ्ना कुराहरु सुनाउने संस्कारमा बढि जोड दिएका रहेछौँ । अरुलाई प्रोत्सा...

परोपकारी प्रतिस्पर्धा

Image
बाबुरामले दिनभरी ढुङ्गा बोकेको अनि प्रचण्डले गलले खन्दा अग्नी सापकोटाले माटो निकालेको समाचारहरु संचार माध्यममा छाउँदा नेपालमा पनि परोपकारको प्रतिस्पर्धै सुरु भएको प्रष्टै देखिन्छ । भूकम्पले ल्याएको एउटा सकारात्मक परिवर्तनको रुपमा यो परोपकारी प्रतिस्पर्धालाई पनि लिन सकिन्छ । सुरुमा सबै हताहत भएपनि पछिका दिनमा राहतमा अघि सरेका अनि उद्धारमा लागेकाहरुको तस्वीरले सामाजिक सञ्जालका भित्तो कहिल्यै खाली भएन । यसका बारेमा अनेकानेक टिका टिप्पणीहरु पनि सुरु भए । सानो सहयोग गरेर बढि प्रचार गरेको भन्ने कुराहरु पनि आए । तर यसको सकारात्मक पक्ष के भइदियो भने यसले सबैमाथि एकखाले नैतिक दबाब पारिदियो । सबैले आफूलाई ‘मैले के गरेँ ?’ भनेर सोध्ने मौका पाए । र त्यही प्रश्नको उत्तरको खोजीमा धेरैले परोपकारमा समय पनि खर्चे । यसरी परोपकारमा लाग्ने राजनीतिक दलहरुमा नेकपा एमाले र नेपाली कांग्रेस पनि थियो । एमाले सम्बद्ध युवासंघ पनि अहिले मैदानमा खटिएको छ । ‘आफ्नो गाउँ आफै बनाउँ’ भन्दै उनीहरु प्रभावित जिल्लाहरुमा खटिएका हुन् । त्यस्तै कांग्रेसका युवा नेता गगन थापा नुवाकोटमा ४० टहरा बनाएर फर्केको समाचार पनि सामाज...

भूकम्प र सामाजिक सञ्जाल

Image
image source:growingsocialmedia.com सामाजिक सञ्जाल अहिलेको एकदमै अपरिहार्य अनि शक्तिशाली सञ्चार माध्यम बनेको छ । सर्वसुलभ पहुँच र सामान्य ज्ञानका आधारमा नै सहजै प्रयोग गर्न सकिने गुण भएकाले यसखाले सञ्चार माध्यमले आम जनतामाझ लोकपृय बनेको छ । यसले इन्टर्नेट सम्म पहुँच भएको सामान्य मानिसको आवाजलाई पनि शक्तिशाली बनाइ दिएको छ । अब रेडियोमा फोन गरेरै मात्रै आफ्नो आवाज सम्बन्धित निकाय सम्म पुग्छ वा पत्रिकामा छापिएर आएपछि मात्रै अरुले आफ्नो अभिव्यक्ति जान्न पाउँछन् भन्ने रहेन । सामाजिक सञ्जालमा प्रकाशित गरेर पनि मानिसले आफूलाई चित्त नबुझेका कुराहरुलाई व्यक्त गर्न सक्छन् । यहाँ सम्म कि अब त पत्र–पत्रिका, रेडियो अनि टेलिभिजनका समाचारहरु समेत सामाजिक सञ्जालमा भएका अभिव्यक्तिमाथि आधारित हुन थालिसके । आम मानिसलाई यसरी शक्तिशाली बनाउन सफल यो सामाजिक सञ्जालले अवसरहरुसँगै चुनौतिहरु पनि बोकि ल्याएको छ । अभिव्यक्ति स्वतन्त्रतालाई बलियो पार्नु यसको सबल पक्ष भए पनि प्रयोगकर्ताहरु स्वयं आचार संहितामा नबाँधिएका अवस्थामा यसले एक किसिमको अराजकता समेत निम्त्याउँदो रहेछ । विगतका दिनमा सरकारप्रति चुलिएको नि...

एक हुने बेला

Image
Image source:Time.com (google) ‘यो बेला भनेको देशको लागी एक हुने बेला हो । एक अर्कालाई सहयोग गर्ने बेला हो । आशा छ तिम्रो मुलुक यो अवस्थाबाट छिट्टै मुक्त हुनेछ ।’ एल साल्भाडोरकी मार्सेलाको सन्देश पढ्दा मनमा एक खाले उर्जा उत्पन्न भइरहेको छ । सदा झँै बिदाको दिन अबेरै उठियो । कामका लागी अरु दिन बिहानै छ बजे उठ्ने गरिए पनि शुक्रबार साँझ भन्ने भेउ पाउने बित्तिकै आँखामा निन्द्रा हतपत आउँदैन । अबेर राती सुतेपछि समयमै कसरी बिउझनु ? त्यसैले अबेरै उठियो । आठ बजि सकेको थियो । नित्यकर्मझैँ भएको सामाजिक सञ्जालको प्रयोगले यस दिन पनि निरन्तरता पायो । ‘काठमाडौँमा भुइँचालो आयो ! धरहरा ढल्यो !!’ एकपछि अर्को गर्दै फेसबुकमा भूकम्प सम्बन्धी जानकारीहरु प्रकाशित हुन थाले । पहिले पनि सानो तिनो भूकम्प गइरहने हुनाले एकछिन त ठट्टा लाग्यो । तर हो रहेछ । धरहराको ठुटो मात्रै बाँकि रहेको फोटो देखेपछि शंका मान्ने ठाउँ नै रहेन । बसन्तपुर जाँदा प्राय बस्ने मन्दिर पनि ईंटा र माटाको थुप्रो भएछ । शोकको सिमा रहेन । धन्न मान्छेलाई केहि भएनछ । कम से कम त्यसबेला त्यही सोचेर चित्त बुझाएँ । घरको याद आयो । दिदीको याद आयो...