Posts

Showing posts with the label Language

नेपाली भाषामा अंग्रजी प्रभावः पानी माने वाटर

‘सर झ्याउँकिरी भनेको के ?’ एक विद्यार्थीले परीक्षा दिँदादिँदै सोध्यो ।  ‘जुनकिरी हो ।’ मैले भने ।  आफ्नै जवाफमा विश्वास लागेन । हो कि होइन भन्ने भयो । त्यत्तिकैमा नेपाली विषयकी एक शिक्षिका आइपुगिन् ।  उनले भनिन्, ‘झ्याउँकिरी बेग्लै खाले किरा हो ।’  ‘भनेपछि उही जुनकिरीकै काका भतिजाको सन्तान हैन त ?’ मैले आफ्नो अनभिज्ञता लुकाउनलाई व्यंग्यको साहरा लिएँ । एकछिनलाई हाँसोको माहोल बन्यो ।  त्यत्तिकैमा नेपालीका अर्का शिक्षक आए र सोधे, ‘कसले हो झ्याउँकिरीको अर्थ सोधेको ? It is a kind of insect.’ भनी अथ्र्याए । कुरा नेपाली विषयको एक परीक्षा हुँदै गर्दाको हो । विद्यर्थीहरुलाई नेपाली शब्दको अर्थ जान्न हम्मे हम्मे पर्दैथ्यो । नेपाली शिक्षकले अंग्रेजीमै अथ्र्याएर भएपनि भरसक बुझाउने प्रयास गरिरहेका थिए । मैले पनि उनीहरुले सोधेका शब्दहरुको अंग्रेजी उल्था गरिदिएँ । उनीहरुले अंग्रेजी शब्दहरुलाई सहजै ग्रहण गरे । मलाई कस्तो कस्तो अप्ठेरो लाग्यो । नेपालीलाई नेपालीका शब्दको अर्थ अंग्रेजीमा लाएर बुझाउनु पर्ने । यो कस्तो विडम्बना ? नेपाली विषय शिक्षकले नेपाली विद्यार...

अवीरको रंग के भोर सिन्दुरैले सिउँदो सजाउँला ! (तिमी नारी किन यति हठी ? –१८ )

Image
अरुका लागि चाडपर्व खुशीको अवसर होला तर मेरालागि चाडपर्वले प्राय समस्या लिएर आउँछ । उत्सवहरुको आगमनसँगै तिमीलाई कसरी खुशी पार्ने भन्ने पिरलो पनि थपिन्छ । तिमीलाई खुशी दिने हरदम प्रयत्न गरिरहँदा पनि तिम्रा आँशुहरुले रुझेका परेला देख्न म बाध्य हुन्छु । खै मेरो दोस भनौँ कि नियतीको दोस भनौँ, सँधै यस्तै हुन्छ । यसपालीको होलीमा पनि तिम्रो आँशुले मन रुझायो । तिम्रो चाहना पुरा गर्ने लाखौं कोशिस गर्दा पनि सकिन । हुन त तिमीले पनि ठूलै अभिष्ट त राखेकी होइनौ । जाबो एउटा रंगको कुरा न थ्यो । तिमी चाहन्थ्यौ तिम्रो मसँगको प्रथम होलीमा ममाथि रंग लगाउने तिमी प्रथम व्यक्ति होऔ । मैले पनि त्यसो नचाहेको होइन । तिम्रो इच्छा पुरा गर्ने प्रयास नगरेको होइन र पनि तिमीले भनेझैँ तिम्रो हातको प्रथम रंग लगाउन सकिन । नारीहरुको एउटा अनौठो स्वभाव, पुरुष मित्रको शुभकामना पाउने वा उनीहरुलाई शुभकामना दिने काममा होस वा त्यस्ता जुन सुकै काममा सँधै पहिली हुन चाहने अनि सँधै एकलौटी माया रोज्ने गर्छन । अपेक्षा राख्नु गलत होइन । अपेक्षा गर्नु तर अपेक्षकृत फल नआउँदाको स्थितिमा पनि संयमित रहन सक्नुले मानिसलाई विवेकी प्राणी ...

तिम्रो भोगाइ तिम्रै रोजाइ थियो !

Image
तिमी नारी किन यति हठी ?– १७    अचेल साथीभाइहरुसँग भन्दा पनि बढि समय इन्टर्नेटमा बित्ने गर्छ । इन्टर्नेटमा पनि अरु भन्दा बढि फेसबुकमै बित्ने गर्छ । नजिक टाढा सबै दुरीका साथीभाइहरुसँग लगातार सम्पर्क बनाउन सकिने हुनाले अरु कुरामा भन्दा फेसबुकमै बढि समय बिताउने मन लाग्छ । त्यसै क्रममा नारी दिवसको अघिल्लो दिन एकजना फेसबुककै महिला मित्रले नारी शोषणका बारेमा लेखेका कुराहरु पढें । उनी नारी भएकीले होला उनले नारी शोषणका कुरालाई आफ्नो स्ट्याटस बनाएकी थिइन् । उनले घरमा अनि कार्यालयमा नारीहरु शोषित भइरहेका कुरा लेखेकी थिइन् । सृष्टिकी सुन्दर रचना नारीको यो हविगतलाई सुधार्न अनि नारीलाई माया गर्न समेत उनले आग्रह गरेकी थिइन् । त्यसै स्ट्याटसमा सम्पूर्ण नारीहरुका लागि नारी दिवसको शुभकामना समेत दिइएको थियो । मलाई कसो कसो त्यसमा प्रतिक्रिया जनाउने मन लाग्यो । अनि उनको स्ट्टसमा तल लेखिदिएँ, ‘मोटो के मोटिँदो हो र पात्लो न पात्लिएपछि.... भने जस्तै नारीहरुले शोषित नभइ दिएका भए कसले शोषण गथ्र्यो र ? .......’ अनि त्यत्तिले चित्त बmुझेन अनि यो लेखै लेख्ने निधो गरेँ । मलाई नारीहरु शोषित पीडि...

सुन्दरताको तिमी उदहारण हौ !

Image
  तिमी नारी किन यति हठी ? –१६ बाटामा हिंडीरहेको थिएँ । पहिले उनी सामान्य चालमा आइरहेकी थिइन् । मेरो नजिक पुग्ने वित्तिकै उनको पदचाल नै फेरियो । सामान्य अवस्थामा हिँडीरहेकी ती युवती केही भिन्न पाराले हिंड्न थालिन् । उनको मुहारमा नजर दौडाएँ । उनले नथाहापाए जस्तो गरी हिंड्न थालिन् । विस्तारै शीर देखि पाउ सम्म टटोलेँ । उनी सामुन्नेबाट गुज्रीसकेपछि फर्किएर उनलाई हेरें । पछिबाट उनको सम्पूर्ण बान्किहरु देखिन्थे । उनले लगाएको पहिरनै त्यस्तै थियो । उनले रोजेको आफ्नो लवाइ नै त्यस्तो थियो जसले गर्दा उनको दैहिक सुन्दरता हेर्नलाई उनका सामु पर्ने जो कोही पनि लालायित हुँदा हुन् । सायद यो कुरा उनले पनि राम्ररी बुझेकी होलिन । एक त उनको कसिलो पहिरन, अझ त्यसमाथि उनको विशेष चालाले उनको शरीरका हरेक बान्किहरु थप आकर्षक बनाइदिन्थे । उनी छेवैवाट गएकोले उनको शरीरबाट आएको विशेष प्रकारको अत्तरको बास्ना पछि सम्म आइ रहेको थियो । हेर्दा राम्री थिइन् । जीउडाल पनि राम्रै थियो । उनको पीठ्युमाथि लत्रिएका काला सर्पकेशहरु अझै मोहक थिए । समग्रमा उनी सुन्दरी थिइन्, अत्यन्तै सुन्दरी । ईन्टरनेटमा ताजा घटनाहरुको बा...

बदमास भए म तिम्रै कारणले !

Image
 तिमी नारी किन यति हठी ? –१४ सबैले मलाई ‘तँ त बिग्रीछस’ भनेर भन्छन् । हो अचेल मलाई सबैले यसै भन्छन् । म फेरिएँ रे ! म पहिले जस्तो छैन रे ! अनि अहिले म बिग्रिएँ रे ! तर मैले आफूमा त्यस्तो विधि केही फरक पाएको छैन । सिवाय तिमी मेरो जीवनमा आयौ, अरु ममा केही परिवर्तन भएको छैन । हो तिमी आउनुले केही परिवर्तनहरु आएका छन् । हिजो सम्म जीवनमा निरासा सिवाय केही नपाउने मेरो मनले अहिले जीवनलाई छुट्टै दृष्टिले हेर्न थालेको छ । थाह छ, म आशावादी भएको छु । म जतिबेला जीवनको एकदमै अप्ठेरो मोडमा उभिएको थिएँ त्यसबेला तिमीले मेरो मनमा स्थान खोज्यौ । मलाई मेरै सम्स्याले अँठ्याएको बेला तिमीले अपनाउन खोज्यौ । तिमीप्रति मैले कत्तिको न्याय गरेँ–गरेन मलाई थाह छैन । तर यत्ति अवश्यै भन्छु कि मैले सकेसम्म तिमीलाई मेरो भद्रगोल जीवनवाट अलग राख्न चाहेको थिएँ । हो ममा पनि इच्छा थियो, कोही यस्तो साथी बनाउने जोसँग मैले मेरा मनका कुराहरु साँट्न सकुँ । जसले मलाई मेरा अप्ठेरा पलहरुमा साथ देओस् । जसले मेरा कमीहरुलाई पुरा गरिदेओस् । मैले तिमीमा मेरो परिपूर्णताको प्रतिविम्ब खोजेको थिएँ । त्यसैले त मैले मुखले जे भनेको ...

लौ हेर कलियुगे ‘पति’को गति !

Image
 तिमी नारी किन यति हठी ? –१३ स्नातकोत्तर तहको शोधपत्र बुझाउनु पर्ने मौसम चलेकोबेला मकहाँ पनि केही शोधकर्ताहरु आफ्ना शोधपत्रको टंकण कार्यका लागि आइपुगे । शोधकर्ताहरुसँग काम गरिरहेको बेला हाल नारी हक अधिकारका सम्बन्धमा आवाज उठाउनेहरुले विभिन्न चलनचल्तीका शब्दहरुमाथि लगाएको प्रतिबन्धका बारेमा कुराहरु चल्न थाल्यो । सभापति, राष्ट्रपति, श्रीमान्(न्यायाधीसका लागि), आदि शब्दहरुमाथिको प्रतिबन्धका बारेमा कुराहरु उठ्न थाले । हुन पनि लिङ्ग विशेषका लागि बनेका जस्ता लाग्ने यस्ता शब्दहरुलाई चलनचल्ती बाट हटाउनुलाई भाषाको लैङ्गिक विभेद हटाउने प्रयासका रुपमा हेर्न सकिन्छ । भाषा संस्कृतिको पाटो भएकोले भाषामा भएका विभेदहरुले संस्कृति र संस्कारगत विभेदहरुलाई दर्शाउँछन् । तसर्थ सभापतिका सट्टामा सभाध्यक्ष, राष्ट्रपतिका सट्टामा राष्ट्राध्यक्ष वा राष्ट्रप्रमुख, आदि जस्ता शब्दहरुको हेरफेरले भाषामा विद्यमान लैङ्गिक विभेद प्रति नारी जमात सचेत(?!) भएझैँ लाग्छ । नारीहरु यस किसिमका भाषागत हेरफेरलाई आफ्नो प्रगतिशील शोचको उपज ठान्छन् । यस किसिमका परिवर्तन प्रतिकुलका आफ्ना अड्डी थाप्नेहरुलाई पुरुष दम्भवाट ग्...

तिमीलाई रुवाउने मेरो धोको होइन !

Image
तिमी नारी किन यति हठी ? –१२ तिमीलाई रुवाउने मेरो धोको होइन... बारम्बार तिम्रा हठका कुराहरु लेख्नु, तिमीलाई रुवाउने उद्देश्यले होइन । त्यो त तिमीमा भएका कम्जोरीहरुलाई तिमी सामु ल्याउँदा तिमी केही सम्हालिन्छ्यौ कि भन्ने चाह मात्रै हो । तिमीलाई पनि त थाह हुनु प¥यो नि तिमीले गरेका सबै कामहरु ठीक हुँदैनन् । तिमीले गरेका कामप्रति पुरुषहरुको धारणा बुझ्दा तिमीलाई पनि त सम्हालिन सजिलो हुन्छ होला । त्यही भनेर मात्रै मैले तिम्रा हठका बारेमा लेख्न थालेको । अस्ति तिमीले कुरैकुरामा तिमी आफू असक्षम भएको कबुल ग¥यौ । अझ तिमी त आफ्नो असक्षमता, आफ्नो दुर्बलता र आफ्ना कम्जोरीहरु पुष्ट्याउन समेत तम्सेकी थियौ । मैले नै सुन्न चाहेन । मलाई लाचारीका कथाहरु सुन्ने मन हुँदैन । मलाई परिस्थितिहरुलाई दोष दिने बानी मन पर्दैन । सायद म आफै पनि पहिले त्यस्तै गर्ने भएकोले होला मलाई आफ्नो इच्छालाई वा आफ्नो अकर्मण्यतालाई बाध्यताको खोल ओढाएको मन पर्दैन । भन्छन् एउटा अकुशल डकर्मीले कहिले पनि राम्रा औजार हात पार्दैन रे ! अर्थात उसलाई सँधै आफ्ना औजारका कारण आफ्नो कार्य कुशलता पूर्वक सम्पन्न गर्न नसकेको जस्तो लाग्छ रे ...

विहानै उठे, नुहाए, पानी चिसो थियो, जाडो भयो !

तिमी नारी किन यति हठी ? –१० अचेले फोनकलहरुमै केही बढि नै व्यस्त हुन थालेको छु । आफ्नो व्यस्त तालिकामा उनको कलहरुको स्थान मिलाउन निकै गाह्रो भइरहेको छ । पहिले पहिले आफै पनि गर्थे । अब गर्दैन । साताभरमै फोनमा सात–आठ सय खर्च भएपछि आजित भएर फोन गर्न छोडेको । हुन त उसले मलाई फकाउनलाई पहिले फोन गथ्र्यो अहिले रहर मरेर फोन गर्न छाड्यो सोच्ली तर उसँग गर्न बाँकि कुनै कुरा नै छैन । उसका अति जरुरी कुराहरु सुन्न फुर्सदै पो कहाँ छ र मसँग ! एक पटक उसले मलाई विहानै फोन गरी । तिमीसँग जरुरी कुरा गर्नु छ एकछिन कल गर न भनेर भनि । मैले के के न होला भनेर हतार हतार कल गरेँ । उताबाट उसले भन्न थाली, ‘अँ के मैले बिहानै नुहाए के ! अनि थाह छ विहान पानी चिसो थियो । चिसो पानीले नुहाँउदा त मलाई कस्तो जाडो भएको ।’ म अचम्ममा परें । महत्वपूर्ण खबर भनेको त उसले हिउँदका महिनामा नुहाँउदा पानी चिसो भएर जाडो भएको कुरा पो रहेछ । म त अक्क न बक्क भए । अब केही भन्यो भने रीसाउने होला भनेर म उसका कुराहरु सुनी रहें । पढाउन हिंडेको मान्छे उसका कुरा सुन्दै विहान वित्यो । अब मैले बोल्नु त केही थिएन । खाली सुन्नु र हाँस्नु मात्...

तिमी मलाई पाल्न सक्छौ ?ः तिमी भेडा बाख्रा हौ ?

Image
तिमी नारी किन यति हठी ? –८ “तिमी मलाई पाल्न सक्छौ ?”उसले सोधी । “तिमी भेडा बाख्रा हौ ?”मैले उत्तर दिएँ । यत्ति हो हाम्रो पहिले कुरा भएको भनेको । मैले, ‘तिमी मसँग बिहे गछ्र्यौ ?’ भन्दा उसले यही प्रश्न तेस्र्याएकी थिइ । म एकछिन नअकमकिइ उसलाई प्रतिप्रश्न गरेको थिएँ । मैले त्यसो किन भने मलाई थाह छैन । मैले त उसलाई तिम्रा लागि संसारको सारा खुशी किनेर ल्याउन सक्छु भन्नुपर्ने ! तर मैले त उल्टै उसलाई भेडा बाख्रासँग पो तुलना गरेँ । पक्कै पनि मेरो बचनले उसको हृदय केही दुखेको हुनुपर्छ । आँखिर उसले सुन्दै गरेका उत्तरहरु वा उसले अपेक्षा गरेका उत्तरहरु भन्दा निकै भिन्न थियो मेरो जबाफ । तर मलाई पछि मैले दिएको जवाफमा गर्व लाग्यो । आँखिर म भेडाबाख्रा पाले जस्तो उसलाई पाल्न पनि त चाहन्न । घाँस हाल्दै जाऊ, दुध दुहुँदै जाऊ । त्यत्ति हो त विहे गर्नु परिवार बनाउनु भनेको । जीवनसाथी भनेको व्यक्तिबाट एउटा पुरुषले अपेक्षा गर्ने भनेको उसको लुगा धोइदिने, उसका लागि खाना पकाइदिने, उसका जुत्ता पालिस लगाइदिने, भोगको साधन भइदिने, बच्चा जन्माइदिने, आदिआदि घरेलु कामदारले गर्ने जस्तो काम गरोस भन्ने मात्रै हो र ? य...

तिम्रा श्लीलता र अश्लीलताको पर्खाल भत्काइ लेख्दा !

Image
तिमी नारी किन यति हठी ? –७   मलाई थाह थियो तिमीले मेरो अपराध कबुलीलाई पनि सहज रुपमा लिने छैनौं भन्ने । सँधै त तिमी मलाई पुरुष आडम्बरले ग्रसित छौ भन्थ्यौ । मैले कत्रो आँट गरेर तिमीसामु आफ्ना गलत कृत्यहरुको कबुली गरेको थिए । परिणाम के भयोः तिमीलाई थाहै छ । तिमीले मलाई म छाडा भएको भन्यौ । तिमीले मलाई तिमीमाथि झटारो हानेको भन्यौ । अनि कहिले सम्म यस्तो गरिरहन्छौ भनेर प्रश्न समेत ग¥यौ । मेरो पहिले जस्तै उत्तर छः‘जबसम्म तिमी प्रत्युत्तर फर्काउँदैनौ ।’ जबसम्म तिमी आफुमाथिको अन्याय अत्याचारको कारण आफ्नै संकिर्णता हो, अनि आफ्नै सहिदिने बानी हो भन्ने बुझ्दैनौ तब सम्म । जबसम्म गलत नियतले उठेका मेरा नजरहरुलाई तिमी झपार्दैनौ तबसम्म । जबसम्म मलाई तिमीमाथि जाई लाग्ने आँट भइरहन्छ तबसम्म तिमीले यो झटारो खेपी रहनुपर्छ । अब तिम्रो हातमा छ यो झटारो कहिले टुङ्ग्याउने भन्ने निर्णय गर्ने । तिमी नारी भनेको मेरो जीवनको आधा हिस्सा हौ । तिमीले नै त भन्छौ रथका दुई पांग्रा हुन नर र नारी भनेर । अनि दुबै पांग्रा सबल नहुँदा सम्म कसरी गुड्ला त हाम्रो गाडी सररर ! त्यसैले तिमीले आफुलाई सबल र सक्षम नबनाउँदा...

मैले बलात्कार गरिरहें, तिमी बलात्कृत भइरह्यौ !?

Image
                                                         तिमी नारी किन यति हठी ? –६ म पुरुष हुँ । म छोरो, बाबु, दाजु, भाइ, पति, देवर, भिना, काका, भतिजा, शिक्षक, हाकीम, सहकर्मी, नोकर, आदि सबैसबै हुँ । तिमी नारीसँगको मेरो गहिरो नाता छ । तिमी मेरो अस्तीत्वको कारक हौ । तिमीले नै मलाई जन्म दियौ । तिम्रा झ्याम्टाहरु चुसेर म हुर्कें । तिम्रो भ्रातृत्व र साथीत्वमा मेरो किशोरावस्था कट्यो । तिम्रो पतिप्रेमले मेरो गृहस्थावस्था सुखमय बन्यो । तिमीलाई छोरीको रुपमा पाउँदा मलाई गर्व भयो । यसबेला सम्म तिमी अन्य नाताहरुका रुपमा पनि मेरो जीवनमा आएर त्यसलाई रसमय बनायौ । मलाई तिमी नहुँदाको आफ्नो एकल अस्तीत्वको कल्पना गर्नु छैन । तिमीसँग बिताएका सानापलहरु पनि मेरालागि ठूलै महत्व राख्छन् । त्यसै त कहाँ भनेका होलान र ठूला बुझक्की...

  हाम्रा पनि आशुका ग्रन्थी छन्ः दुःख पर्दा ती पनि चुहिन्छन्

Image
 तिमी नारी किन यति हठी ? –५  नारी भएर जन्मनु सँधै घाटाको कुरा मात्रै नहुन सक्छ । नारीले जन्मसँगै केही सहुलियत पनि पाएकी छे जसले उसलाई पुरुष भन्दा पनि केही बलियो बनाएको छ । नारी सौन्दर्य पनि ती सहुलियत मध्येको एक हो । मलाई पुरुषको कुन चाहीँ कुरा नारीलाई सुन्दर लाग्छ भन्ने थाहा छैन ।तर नारीको हरेक कुरा पुरुषलाई सुन्दर लाग्छ । जस्तै कुरुप नारी भएपनि ऊ नारी हुनु नै सुन्दर हुन्छ । एक पटक हाम्रा केही साथीहरु एक होटलमा काम गर्ने काली केटीका पछि लागेका थिए, जो देख्नमा कत्ति राम्री थिइन । तर पनि उनीहरुले उसमा खै के देखेका थिए ! उसलाई रिझाउनका लागि मरिहत्ते गरेर लागिरहेका हुन्थे । जेडी स्यालिंगरद्वारा रचित सुप्रसिद्ध उपन्यास ‘द क्याचर इन द राइ’ को प्रमुख पात्र होल्डेन काउलीफिल्डले भनेका छन्ः“द्याट्स द थिंग अबाउट गल्र्स । एव्रीटाइम दे डु समथिं प्रीटी, इभन इफ दे आ’नट मच टु लुक एयाट, ओ’ इभन इफ देआ’ सर्ट अफ स्ट्युपिड, यू फल हाफ इन लव वीथ देम, एण्ड देन यू नेभ’ नो ह्वे द हेल यु आ’ (केटीहरुको बारेमो त्यही कुरा हो । हरेकपटक तिनीहरुले केही सुन्दर गर्छन्, उनीहरु देख्नमा सुन्दर नभएपनि वा ...