प्रश्नहरूको कारखानाः सरिता तिवारी
खोक्रिइरहेको गरिबको पेट भरिइरहेको साहुको ढिकुटी चुलिइरहेको रिनको सगरमाथा त्यसैको पहिरोले च्यापिएर बिस्तारै मरिरहेको निर्धो मानिस र उसको मुखबाट निस्किरहेको लाचार फिँज मेरो गाउँका अघोषित शान्तिका अरु दृष्टान्त थिए ‘प्रश्नहरुको कारखाना’ नाम नै मन परेको थियो । पढ्न मन लागेका किताबहरुको सूचिमा लामै समय देखि थियो । यसपटक ‘कारखाना’ धनीसँगै भएको भेटमा किताब पनि हात परेपछि यो नपढि नहुने भयो । सरिता तिवारीलाई कवि भन्दा पनि बढि स्तम्भकारको रुपमा चिनेको थिएँ । सामाजिक सञ्जालको उनको उपस्थितिले पनि उनीप्रतिको एक धारणा बनेको थियो । यसपाली जुरेको भेटमा उनको व्यक्तित्वको थप पाटाको बारेमा पनि जानकारी भयो । एउटा हातमा राहदानी र अर्को हातमा प्रवेशाज्ञा लिएर उडिरहेको छु आकाशमार्गमा र सोच्दै छु के थियो मेरो जीवनको खोज ? के थियो मेरो विचार ? के थिएँ म ? अब एउटै सत्य भेटाएको छु विचारहरुको भीडमा सबभन्दा निर्मम विचार हो पेट प्रिय सुप्रिमो ! प्रिय कमरेड, के सोचिरहेका छौ तिमी के सकियो युद्धको मौसम ? म त अझै लडिरहेको छु जीवनको कठोर सुरुङ युद्धमा अझै त मैले बिसाइसकेको छैन हतियार म कविताको उस्तो गम्...