ऐलानी: विवेक ओझा
“क्यान हामी खेतीपाती गर्दाइनौँ आमोई ? क्यान हामी गाईवस्तु कुखुरा क्यै पाल्दाइनौँ !” “पाप लाग्छ । हामी त नाचगानका लागि जन्म्याका जात हौँ । मालिकको सेवा ग¥या धर्म हुन्छ । खेतीपाती गर्न र वस्तुभाउ पाल्न हाम्रो जातमा लेख्याको छैन ।” “कल्ले लेख्याको आमोई हाम्रा जातमा ?” “भग्वान्ले ।” सुदूरपश्चिमका बारेमा लेख्नका लागी धेरै विषयहरु हुन सक्थे तर किनकिन नेपाली साहित्यमा सुदूरपश्चिम दुर्गम र रुढीवादी ग्रस्त समाजको रुपमा मात्रै चित्रण भयो । यस वर्षका दुई सर्वाधिक चर्चा बटुलेका पुस्तकले पनि त्यसैलाई निरन्तरता दिए । पुस्तक पढिएकै आधारमा मात्रै यदि कसैले सुदूरपश्चिमी कस्ता होलान् भनि कल्पना ग¥यो भने झट्ट के चाहिँ आउँछ होला ? कहिले काहिँ जान्न मन लाग्छ । विवेक ओझाको ‘ऐलानी’ रोजाइमा पर्नुको पछाडिको कारण ओझा सुदूरपश्चिमी लेखक हुनु र उनले कलम चलाएको विषय पनि सुदूरपश्चिमसँगै जोडिएको हुनु हो । पराईले सुपको बारेमा लेखेको पढ्नु भन्दा सुपकै लेखकबाट लेखिएका कथाहरु पढ्ने धेयले यो उपन्यास छनौटमा प¥यो । गोविन्द वर्तमानको सोह्र साँझहरु र रामलाल जोशीको ऐनामा वादी समुदायका बारेमा थोरै लेखिए पनि उपन्य...