फरक प्रयास (हाइकु र तियाली)


तीन हाइकु
___________
माया गर्छु
त बिना मारी हाल्छु
भन्थी भन्न त
***
उ गैहली
म पनि सति जान्छु
भन्न भएन
***
मुटु छदै छ
माया सिकाएकी छे
खोजौंला अर्की
_______________________________________________

तीन हाइकु
___________
राम्री नै थिइ
तब त मन पर्याे
बाल दिए पाे !
******
अर्कै पाे छ रे
उलार्इ मनपर्ने
माया नि गर्ने
******
उनी त गइन्
याद चैँ रहिरहे
नजाने भन्छन् !

_______________________________________________
तीन हाइकु
___________

मन टुटायाे,
अनि कविता लेख्याे,
कवि बनियाे ।
*****
माया दिइन
कविता दिएर गै
चित्त बुझाएँ
*****
याे कवि रूँदा
अाँशुहरू खस्दैनन्
कविता खस्छ
*****
_______________________________________________
तिन तियाली
___________

माया गर्ने चैँ मेराे मन
न तन-बदन न धन
मिल्छ कसरी लाै तै भन !
*****
त काले म गाेरी
भन्छे लाै न माेरी
भुल्नु पाे कसाेरी
*****
सबैभन्दा पहिले सपना देखिन्छ
नबुझ्नेहरूबाट तिनमा टेकिन्छ
झाेक अनि शाेकमा कविता लेखिन्छ



Comments

Popular posts from this blog

पहेँलो गुलाफ: प्रेमा शाह

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी

सुधीर शर्माकाे प्रयोगशाला