Posts

Showing posts with the label Prachanda

सिमाङ्कन विवादका ४ कारणहरू र हालै दर्ता भएकाे संसाेधन प्रस्ताब

Image
ओली सरकार ढाल्ने क्रममा प्रचण्डले आफ्नो प्रधानमन्त्री बन्ने लालसालाई ढाकछोप गर्न सरकार परिवर्तनको उद्देश्य नयाँ प्रधानमन्त्री बनाउने नभएर वर्तमान अवस्थालाई निकास दिनेगरी मधेसीदलहरुसँगको सहकार्य र उनीहरुलाई ग्राह्य हुनेगरी संविधान संसोधन गर्ने कुरा गरेका थिए । त्यसो त ओली सरकार धरमराउने बेलामा ओली स्वयंले पनि मधेसी नेताहरुको माग प्रति केही लचकता नदेखाएको पक्कै होइन । तर ओलीले त्यसअघि नै पनि मधेसीहरुको मन दुख्ने खाले अभिव्यक्ति दिएकै कारण र उनका सत्ता साझेदारले नै पनि साथ छोडिसकेका कारण मधेसीनेताहरुले ओलीको बचनको तिरो तिर्नै भएपनि उनको सरकार ढाल्न मद्दत गरे । प्रचण्ड सरकारले चार महिनाको रस्साकस्सी पछि अन्ततोगत्वा संविधान संसोधनको प्रस्ताब सदनमा दर्ता गराएको छ । विगतका दिनहरुमा हुने महत्वपूर्ण राजनीतिक घटनाहरु जस्तै यसपालीको यो घटना पनि ‘छापामार शैली’मा कसैलाई थाहा नदिइ सुटुक्क गराइएको छ । अझ जसका लागी संसोधन गरिनु पर्ने हो तिनीहरु समेत यो प्रस्ताब आउनु अघि आफूसँग प्रयाप्त छलफल नगरिएको र आफ्ना मागहरु संसोधन प्रस्ताबले उचित रुपमा सम्बोधन नगरेको भनेर संसोधन प्रस्ताबबाट खुशी छैनन् । अरु त अ...

‘लम्पसारवादको सय दिन’

Image
ओली सरकार राजनीतिक निकासको बाधक भएको भन्ने आरोप लगाएर आफै सहभागी भएको सरकारको विपक्षमा माओवादीले कांग्रेसको साथ लिएर अविश्वासको प्रस्ताव पेश गरी आफू सत्तासीन भएको कुरा सबैलाई थाहै छ । विशेष गरी मधेसीहरु प्रतिको खरो बोली र बेलाबेला विवादमा आउने ओलीका अभिव्यक्तिहरुले ओली र मधेसीहरु बीच एक किसिमको दुरी श्रृजना भएको थियो । त्यसै दुरीका कारणले पनि ओली अन्तमा एक्लीए र प्रचण्डलाई प्रधानमन्त्री हुने बाटो खुल्यो । अघिल्लो प्रधानमन्तृत्वकालमा अनुभवका अभावमा आफूबाट भएका गल्तीहरु यसपटक नदोहो¥याउने र सरकारको निश्चित आयुलाई मध्यनजर गर्दै काम गरेर देखाउने प्रचण्डको अघिव्यक्तिले खासै सहानुभुति पाउन नसकेपनि उनकै परीक्षाको मापदण्ड भने खडा गरेको थियो । प्रचण्ड नेतृत्वको सरकारले सय दिन पुरा गरेपनि उनको सरकारको प्रमुख दायित्वको रुपमा रहेको भू–कम्पपिडितलाई राहत वितरण, संविधान संसोधन, स्थानीय निकायको निर्वाचन, लगायतका विषयमा खासै ठोस उपलब्द्धि हात लाग्न सकेको छैन । बरु त्यसको बदलामा सय दिन पुगेकै दिन सामाजिक सञ्जाल प्रयोग कर्ताले ‘लम्पसारवादको सय दिन’ भनेर सामाजिक सञ्जालमा लेख्न भ्याएका छन् ।  प्रच...

लोकमान विरुद्धको महाअभियोग र किर्ते हस्ताक्षर

Image
गत बुधबार साँझ लोकमान स्वदेश फर्कनु र उनी विरुद्धको महाअभियोगको प्रस्ताव संसदमा दर्ता भएर उनी निलम्बनमा पर्नुले संचारमाध्यममा एकाएक तहल्का मच्चायो । अबेर रातसम्म बसेर भएपनि लोकमानको निलम्बनको पक्कापक्की गरेरै सांसदहरुले विदा लिए । लोकमान विरुद्धको लामो लडाइको यस्तो अप्रत्यासित अन्त्य धेरैको कल्पना बाहिरको कुरा थियो । कारण यो महाअभियोगको माग राखेर डा. केसीले धेरै अघि पनि अनसन बसिसकेका थिए र दशैं अघि पनि उनले सोही माग राखेर अनसन बसेको कुराबाट सायदै कोहि अनभिग होला । त्यस भन्दा अघि पनि संसदीय सुनुवाइ समितीले लोकमानलाई हाजिर हुने आदेश दिँदा पनि अनेक बहानामा उनले त्यसको अवज्ञा गरि रहे । त्यस बीचमा सरकार परिवर्तन भयो र लोकमानलाई कारवाहीको माग गर्ने गगन थापा नै स्वास्थ्य मन्त्री बन्न पुगे । जवाफ माग्ने नै जवाफदेही हुनुपर्ने ठाउँमा पुग्दा पहिलेको लोकमानलाई कारवाहीको प्रकृया एकाएक बिलाएको थियो । सबै नेपाली दशैंको रमझममा भुल्नै लाग्दा अनसनरत डा. केसीको लोकमानलाई महाभियोग लगाइयोस भन्ने मागलाई समर्थन गर्दै विवेकशील नेपाली दलले ‘लोकमानतन्त्र’को विरोधमा प्रचण्ड, ओली र देउवा लगायतको घरघरमा गएर...

‘राष्ट्रघाती’ ११ नम्बर बुँदा (नयाँ पुराना संयुक्त वक्तव्यका पूर्णपाठकाे साथमा)

Image
‘खनेर हेर्ने हो भने यहाँका प्रत्येक घरहरुका जगमा त्यहाँ फगत हल्लै हल्ला थुप्रिएको पाइनेछ । त्यसैले यो हल्लै हल्लाको देश हो यो हल्लै हल्लामाथि उभिएको देश हो’ भूपी शेरचनको ‘यो हल्लै हल्लाको देश हो’ कविताका यी हरफहरुले हाम्रो देश र देशवासीको चरित्र धेरै हदसम्म चित्रण गरेको छ । यहाँ सबै कुरा हल्लाका भरमा हुन्छ । पहिले एक कान दुई कान मैदान हुन्थ्यो अहिले सामाजिक सञ्जालका प्रकाशनहरु मार्फत हल्लाहरु फैलिन्छन् । तिनमै आधारित भएर विभिन्न बुद्धिजिवीहरुले आफ्ना अड्कलबाजी र पूर्वाग्रहका आडमा देशको भूत, वर्तमान र भविष्य लेख्छन् । फेरी तिनको लेखाइलाई दावा गर्ने अर्को जत्था तथानाम गर्दै तिनले लेखेको भूत, वर्तमान र भविष्यको अर्को पाटो लेख्न भ्यउँछन् । हल्लै गर्छन् । त्यो भन्दा माथि केहि गर्न भ्याउँदैनन् । प्रधानमन्त्री प्रचण्डको ४ दिने भारत भ्रमणका क्रममा पनि थुप्रै हल्लाहरु भए । पहिले त ती हल्लाहरुका विषय प्रम पत्नीको बाँधेको हातको र उनले देखाएको शिष्टाचार भए । जसले जति जे भनेपनि र जति नै हल्ला गरेपनि स्वदेश फर्केर पत्रकार सम्मेलन गर्ने बेलामा समेत प्रमपत्नीको बाँधेको हात हल्लाउन सकिएन ...