सयौँ गुन लाउ तर (Gajal)



सयौँ गुन लाउ तर, गल्ती माफ हुन्न यहाँ
तिम्रा पीर र व्यथाले, कसैलाई छुन्न यहाँ

पशुको त्यो बिलौनामा, रसाउने आँखाहरु
मान्छे मर्दा सम्म पनि, कठै कैले रुन्न यहाँ

हाँस्दा सबै साथै हुन्छन्, तेरै हुँ म भन्छन्
दुःख पर्दा काँध थापी, कोहि पनि रुन्न यहाँ

माया गर चाहे जति, गल्ती निषेध छ यहाँ
तिम्रा गुनले अवगुन, कहिल्यै नि धुन्न यहाँ




Comments

Popular posts from this blog

पहेँलो गुलाफ: प्रेमा शाह

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी

सुधीर शर्माकाे प्रयोगशाला