Posts

Showing posts with the label Festivals

तिहार र सेलरोटी

Image
चार तिहार सेलरोटी नखाएरै बिते । पहिलो तिहार त विदेश पसेको खुशीमा खासै याद गरिएन । त्यसपछिका तिहार भन्दा ह्यालोवीनको मातले नै भुलायो । गएका दुईवर्षमा मनाउन पाए हुन्थ्यो भन्ने लाग्दालाग्दै साथीभाइसँगको फुर्सत र कति आफ्नै अस्तव्यस्त जीवनशैलीले मनाउन पाइएन । घरहुँदा लक्ष्मीपुजाका दिन घरको धुरी चढेर बत्ती बालिन्थ्यो । साथीभाइसँग हुलबाँधेर कैले देउसी भैली खेल्न गइएला हुन्थ्यो । सके पटाका नसके घरको सलाईं चोरेर साइकलको छुच्ची भरेर किलाठोकेर पनि पड्काइन्थ्यो । अबेर घर पुग्दा पनि गाली नखाइने वर्षका ती दुई चार दिन नै त हुन् । भाइटिकामा बाबासँग पैसा मागेर भएपनि दिदी बहिनीलाई दक्षीणा दिइन्थ्यो । यस्तै यस्तै गरी दोश्रो ठूलो चाड पनि वित्थ्यो । तिहारसँग अनिगिन्ती यादहरु गाँसिएका छन् । घरहुँदा चाडपर्वको पनि उति ख्याल गरिन्नथ्यो । जतिजति पर पुगिँदै गयो तब घरबस्दाका हरेक कुरा विशेष लाग्न थाले । चाडपर्व त झन् बढि महत्वपूर्ण लाग्न थाले । मान्छेसँग जे छैन त्यसैको सुर्ता लाग्ने न हो । उतीबेला घर थियो, परिवार थियो तर विदेश, एक्लो जीवन, पिजा र बर्गरको रहर हुन्थ्यो । अब एक्लीएका बेलामा घर र परिवार बढि सम्झना...

जानकी मन्दीरमा जे भयो

Image
गएको तीन महिनामा नेपालको इतिहासमा धेरै कारणले महत्वपूर्ण रह्यो । सरकार परिवर्तन देखि लिएर दशौँ वर्ष देखि प्रतिक्षित संविधान निर्माणको काम यसै अवधिमा सम्पन्न भयो । देशले प्रथम महिला राष्ट्रपति पायो । पहिलो पल्ट छिमेकिको आशिर्वाद विना नै सरकार बन्यो (?!) । विगतका संविधानहरु भन्दा धेरै कारणले राम्रो संविधान देशले पायो । आंशिक रुपमै भएपनि महिला, दलित, मधेसी, पिछडिएका जातजाती, तेश्रो लिंगी, आदिका अधिकारलाई केहि हदसम्म भएपनि यो संविधानले सम्बोधन ग¥यो । छ–छ वटा उप–प्रधानमन्त्री पनि देशले यसैबेला पायो । त्यसका साथै २१ जना मन्त्री, १० राज्यमन्त्री र दुई सहायक मन्त्री गरेर ४० सदस्यीय मन्त्रीमण्डल (इतिहासको तेश्रो ठूलो जम्बो मन्त्रीपरिषद) बनेको छ ।  संविधानसँग असन्तुष्ट पक्षहरुको आन्दोलनले तराई तनावग्रस्त पनि यसैबेला भइ रह्यो । भारतद्वारा गरिएको अघोषित नाकाबन्दीका मारमा जनताहरुले नपाउनु दुःख पनि यसैबेला पाए । खाना पकाउने इन्धन देखि यातायातका साधनका लागी चाहिने डिजल पेट्रोलको अभावले जनजीवन कष्टकर बन्यो । सरकारले राष्ट्रियताका नारा दिने भन्दा बढि केहि बिकल्प दिन सकेन । हाम्रो नेतृत्वको अदूरदर...

दशैँ–तिहारः हिजो र आज

Image
देशमा चाडबाडको माहोल छ । भरखरै बडा दशैँले घरआँगनबाट बिदा लियो । दर्शैको रौनक नसकिँदै दिपावलीले दैलो ढकढक्याइ सकेको छ । दशैँ–तिहारकै मुखमा देशबाट बाहिर निस्केको मान्छे । यसपाली पनि जोड्यो भने दशैँ–तिहार छुटाएको तीन वर्ष पुग्न लाग्यो । उमेर बढ्दै जाँदा दशैँ तिहार प्रतिको आकर्षण घट्दै गएको भए पनि देशबाट बाहिर हुँदा भने खुब माया लाग्दो रहेछ । गएका दुई दशैँ तिहार जस्तै यो दशैँ तिहार पनि वर्षको अरु कुनै दिन जस्तो सामान्य तरिकामा बित्ने पक्का छ । तर पनि यो समयमा आएर पुराना दिनलाई फर्कि हेर्नु एकखाले रमाइलो नै हुँदो रहेछ । source: http://www.nepal24hours.com/en/dashain-vrat-katha-story-of-dashain/ सानो छँदा दशैँ भनेको नयाँ कपडा पाइने चाड । वर्षको एक जोड नयाँ कपडा पक्का हुन्थ्यो । त्यो दशैँमै लाउन पाइन्थ्यो । विद्यालयमा दशैँ तिहारको एक महिने छुट्टि कहिले सुरु होला भन्ने हुन्थ्यो । त्यसबेला दशैँ तिहारको छुट्टि प्रति कसैको आपत्ति थिएन । घटस्थापना देखी लिएर दिपावली नसकिँदा सम्म निर्धक्क बिदा पाइन्थ्यो । अनि बिदा सुरु हुनुभन्दा केही दिन अघि देखि नै साथीभाइमा नयाँ कपडाको विषयमा चर्चा सुरु ...

साउनमा हरियो: संस्कृति कि विकृति ?

Image
 साउनको महिना सुरु भएसँगै चारैतिर हातमा मेहन्दीका अनेकानेक बुुट्टाहरुले सजिसजाउ नारी हातहरु देखिनु, तिनै हातहरुमा हरियो चुरा र सोमवारका दिन शिवालयहरुमा राता सारीहरुमा सजिएका नारी श्रद्धालुहरुको भीड देखिनु अहिलेको नयाँ संस्कृति जस्तै भइसकेको छ । अचेल सामाजिक संजालहरु मध्येको सर्वाधिक प्रयोग कर्ता भएको एक सामाजिक संजाल फेसबुकका भित्ताहरुमा यीनै कुराहरु देख्न सकिन्छ । साउनको १ गते देखिनै फेसबुकका नारी प्रयोगकर्ताहरुले हातमा मेहेन्दीका विभिन्न बुट्टाहरु बनाइएको आफ्ना हातका तस्वीरहरु प्रदर्शनीको क्रम प्रतियोगितात्मक रुपमै अगाडि बढेको देख्न सकिन्थ्यो । त्यस्तै हरियो चुरालाएको तस्वीरहरुको पनि कमि थिएन । यति हुँदा हुँदै समयानुकुल परिवर्तनलाई आत्मसाथ गर्न नसकन्ने नारी जमातहरुले भने यी सबै होडबाजी माथि प्रश्न तेस्र्याएका थिए । कसैले धर्मलाई नै प्रश्न गरेका थिए । साउने सोमबारमा मन्दिर नजानु अधर्मी हुनु हो कि त भनि प्रश्न गर्नेको पनि कमी थिएन । मन्दिर जाने महिलाको ताँतीमा आफू नमिसिएकोमा साययद उनीहरुले आफूमाथि त्यस्तो प्रश्न गर्न पुगेका होलान् । कतिले हरियो चुराको चलन माथि प्रश्न गरेका थि...

आस्था अनि सांस्कृतिक धरोहरः शिखर

Image
धेरै पहिले टाढाबाट देखेको थिएँ । बुबाले चोर आउँला तेर्साएर भनेका थिए, “ऊ त्यही हो शिखर ।” महाभारत श्रृंखलाको अग्लो चुचुरामा रुखहरुका बिचमा एउटा कालो पत्थर देखिन्थ्यो । त्यसैलाई स्थानीयबासीहरुले शिखर भनेर चिन्छन् । डडेल्धुराको सदरमुकाम र अग्ला भाग जहाँ सुकैबाट पनि देखिन्छ । हाम्रो पहाड जयसेरा त झन् शिखर जाने बाटोमै पर्छ । शिखर एक पवित्र तिर्थस्थलका रुपमा मानिन्छ । त्यसै ठाउँमा प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन जात्रा लाग्ने गर्छ । स्थानीय बोलीचालीको भाषामा त्यसलाई ‘शिखरै जाँत’ (शिखरको जात्रा) भनेर भन्छन् । धेरै हिंड्नु पर्छ भन्नुहुन्थ्यो बुबाले । मलाई सकि हाल्छु भन्ने हुन्थ्यो तर बाहिर केही बोल्दैनथे, यसपालि सकेँ । जाँत आउनु भन्दा निकै अघि देखी बुबाले सोध्नुभएको थियो,“यैपाली शिखरै जाँत आउने है कि नाइ ?” धेरै अघिदेखि जाने सोच बनाएको भएपनि विविध कारणवस जान भ्याएको थिएन । यसपाली प्रतिकुल परिस्थिति हुँदाहुँदै पनि शिखर जाने निधो गरेँ । साँझ साढे पाँचको धनगढीबाट अछाम जाने गाडीमा यात्रा सुरु भयो । राती त्यस्तै साढे एघार बजे डडेल्धुराको भात्काँडा पु¥यायो । त्यही बास मागेर रात का...

फागुले बोकी ल्याएको तिम्रो सम्झना (तिमी नारी किन यति हठी ?– ३१ )

याद छ पोहोरको फागुमा के भएको थियो ? तिमीले सम्झेकी छौ जस्तो लाग्दैन । सम्झेकी भए यसपालिको फागुमा मेरो मुहार दिन भरि रंग विहीन हुने नै थिएन । यसपालिको फागुले सबैका लागि रंग बोकी ल्यायो । मेरा लागि भने रंगहीन उमंगहीन सावित भयो । के गर्नु मलाई रंग लाउनका लागि अनि मसँग फागु खेल्नका लागि तिमी जो थिएनौ । कुर्न त कुरेकै थिएँ । तिम्रो प्रतिक्षामा हातमा अविर लिएर अनि आँखामा आशा बोकेर बाटो हेरेकै थिए । तिमी आएनौ । पर्खाइ व्यर्थै भयो । तिमीसँग विताएका दिनहरु हिजै हुन कि जस्तो लाग्छ । फागुको त्यो दिन पनि अझै मनमा ताजै छ । त्यस दिन तिमी विहानै देखि नुहाइ धुवाइ गरी म कहाँ आएकी थियौ । तिमीलाई मेरो हातबाट रंग लगाइ होली सुरु गर्ने धोको थियो । तिम्रो त्यो रहरले मलाई पनि खुशी तुल्याएको थियो । सायद तिमीलाई मैले यो कुरा जाहेर हुन दिइन । के गर्नु पुरुष हुँ धेरै भावुक हुने छुट समाजले दिएकै छैन । मनमनै दंग परेको थिएँ । तिमी मेरा हातबाट रंग लगाएर अन्त होली खेल्न जान चाहन्थ्यौ । म तिमीसँगै दिन विताउन चाहन्थे । त्यसैले त तिमी कतै नजाओस भनि मैले तिमीलाई ‘पछि लाउँला पछि लाउँला’ भन्दै टारेको थिएँ । तिमी बारम्बा...

अवीरको रंग के भोर सिन्दुरैले सिउँदो सजाउँला ! (तिमी नारी किन यति हठी ? –१८ )

Image
अरुका लागि चाडपर्व खुशीको अवसर होला तर मेरालागि चाडपर्वले प्राय समस्या लिएर आउँछ । उत्सवहरुको आगमनसँगै तिमीलाई कसरी खुशी पार्ने भन्ने पिरलो पनि थपिन्छ । तिमीलाई खुशी दिने हरदम प्रयत्न गरिरहँदा पनि तिम्रा आँशुहरुले रुझेका परेला देख्न म बाध्य हुन्छु । खै मेरो दोस भनौँ कि नियतीको दोस भनौँ, सँधै यस्तै हुन्छ । यसपालीको होलीमा पनि तिम्रो आँशुले मन रुझायो । तिम्रो चाहना पुरा गर्ने लाखौं कोशिस गर्दा पनि सकिन । हुन त तिमीले पनि ठूलै अभिष्ट त राखेकी होइनौ । जाबो एउटा रंगको कुरा न थ्यो । तिमी चाहन्थ्यौ तिम्रो मसँगको प्रथम होलीमा ममाथि रंग लगाउने तिमी प्रथम व्यक्ति होऔ । मैले पनि त्यसो नचाहेको होइन । तिम्रो इच्छा पुरा गर्ने प्रयास नगरेको होइन र पनि तिमीले भनेझैँ तिम्रो हातको प्रथम रंग लगाउन सकिन । नारीहरुको एउटा अनौठो स्वभाव, पुरुष मित्रको शुभकामना पाउने वा उनीहरुलाई शुभकामना दिने काममा होस वा त्यस्ता जुन सुकै काममा सँधै पहिली हुन चाहने अनि सँधै एकलौटी माया रोज्ने गर्छन । अपेक्षा राख्नु गलत होइन । अपेक्षा गर्नु तर अपेक्षकृत फल नआउँदाको स्थितिमा पनि संयमित रहन सक्नुले मानिसलाई विवेकी प्राणी ...

जय सम्भो आस्था अलि कम भो !

Image
हिन्दुहरुका आराध्य देव भगवान शिवको विशेष आराधना हुने महान पर्व शिवरात्री भरखरै हामी सबैले मनायौँ । भगवान शिव जसले समुद्र मन्थनका क्रममा अमृत सँगै निस्किएको कालकुट विष पान गरेर आफ्नो गलामा राखी समस्त जगतलाई विषको दुष्प्रभावबाट जोगाएका थिए, तिनै भगवान शिवको आराधना हुने विशेष दिनका रुपमा शिवरात्रीलाई लिने गरिन्छ । शिवको यो गाथा कमैले सम्झेका छन् । अरुको कल्याणका लागि आफूलाई जोखिममा राख्ने अनि भक्तहरुको पुकारमा छिट्टै खुशी हुने देवताका रुपमा पुराणहरुमा शिवको चर्चा गरिएको पाइन्छ । बाघको छाला र नागको माला लाउने, डमरु बजाउने, त्रिशुलधारी, शीरमा चन्द्रमाले शोभित भएका अनि जटायुक्त केशरासी भएका भगवान शिवको हालको छवि भने बेग्लै भएको छ । भगवान शिव र भाङ्ग–धतुरो एक अर्काका पर्याय भएका छन् । आधुनिक परिभाषामा शिवप्रतिको आस्था कम भएको प्रष्टै देख्न पाइन्छ । भगवान शिवलाई गाँजा चरस खाने अनि हरेक प्रहर नशामा लीन भएर रहने नशाका देवताका रुपमा स्थापित गर्ने काम नयाँ पुस्ताले गरेको छ । शिवका चेला हौँ भन्नुको मतलब अबलाई गाँजा चरसका अम्मली हौँ भन्नु बराबर भएको छ । त्यसै अनुरुप शिवरात्री शिव आराधनाको दिवस भ...

तिम्रो भोगाइ तिम्रै रोजाइ थियो !

Image
तिमी नारी किन यति हठी ?– १७    अचेल साथीभाइहरुसँग भन्दा पनि बढि समय इन्टर्नेटमा बित्ने गर्छ । इन्टर्नेटमा पनि अरु भन्दा बढि फेसबुकमै बित्ने गर्छ । नजिक टाढा सबै दुरीका साथीभाइहरुसँग लगातार सम्पर्क बनाउन सकिने हुनाले अरु कुरामा भन्दा फेसबुकमै बढि समय बिताउने मन लाग्छ । त्यसै क्रममा नारी दिवसको अघिल्लो दिन एकजना फेसबुककै महिला मित्रले नारी शोषणका बारेमा लेखेका कुराहरु पढें । उनी नारी भएकीले होला उनले नारी शोषणका कुरालाई आफ्नो स्ट्याटस बनाएकी थिइन् । उनले घरमा अनि कार्यालयमा नारीहरु शोषित भइरहेका कुरा लेखेकी थिइन् । सृष्टिकी सुन्दर रचना नारीको यो हविगतलाई सुधार्न अनि नारीलाई माया गर्न समेत उनले आग्रह गरेकी थिइन् । त्यसै स्ट्याटसमा सम्पूर्ण नारीहरुका लागि नारी दिवसको शुभकामना समेत दिइएको थियो । मलाई कसो कसो त्यसमा प्रतिक्रिया जनाउने मन लाग्यो । अनि उनको स्ट्टसमा तल लेखिदिएँ, ‘मोटो के मोटिँदो हो र पात्लो न पात्लिएपछि.... भने जस्तै नारीहरुले शोषित नभइ दिएका भए कसले शोषण गथ्र्यो र ? .......’ अनि त्यत्तिले चित्त बmुझेन अनि यो लेखै लेख्ने निधो गरेँ । मलाई नारीहरु शोषित पीडि...

सुन्दरताको तिमी उदहारण हौ !

Image
  तिमी नारी किन यति हठी ? –१६ बाटामा हिंडीरहेको थिएँ । पहिले उनी सामान्य चालमा आइरहेकी थिइन् । मेरो नजिक पुग्ने वित्तिकै उनको पदचाल नै फेरियो । सामान्य अवस्थामा हिँडीरहेकी ती युवती केही भिन्न पाराले हिंड्न थालिन् । उनको मुहारमा नजर दौडाएँ । उनले नथाहापाए जस्तो गरी हिंड्न थालिन् । विस्तारै शीर देखि पाउ सम्म टटोलेँ । उनी सामुन्नेबाट गुज्रीसकेपछि फर्किएर उनलाई हेरें । पछिबाट उनको सम्पूर्ण बान्किहरु देखिन्थे । उनले लगाएको पहिरनै त्यस्तै थियो । उनले रोजेको आफ्नो लवाइ नै त्यस्तो थियो जसले गर्दा उनको दैहिक सुन्दरता हेर्नलाई उनका सामु पर्ने जो कोही पनि लालायित हुँदा हुन् । सायद यो कुरा उनले पनि राम्ररी बुझेकी होलिन । एक त उनको कसिलो पहिरन, अझ त्यसमाथि उनको विशेष चालाले उनको शरीरका हरेक बान्किहरु थप आकर्षक बनाइदिन्थे । उनी छेवैवाट गएकोले उनको शरीरबाट आएको विशेष प्रकारको अत्तरको बास्ना पछि सम्म आइ रहेको थियो । हेर्दा राम्री थिइन् । जीउडाल पनि राम्रै थियो । उनको पीठ्युमाथि लत्रिएका काला सर्पकेशहरु अझै मोहक थिए । समग्रमा उनी सुन्दरी थिइन्, अत्यन्तै सुन्दरी । ईन्टरनेटमा ताजा घटनाहरुको बा...