लेखकीय चुनौती बनेको अघोषित सेन्सरसीप–२ (तपाईंको आग्रह नकार्न सकिने अनि लेखें)
लेख्ने नशा पनि गजबको हँुदो रहेछ । रक्सी भन्दा पनि बढि मात हुँदो रहेछ । अनि जसरी नशाको आदी भइसकेकोलाई नशाबाट बञ्चित गराउँदा ऊ बहुलाउँछ, त्यसैगरी लेख्ने मान्छेलाई पनि उसको लेखनमा प्रतिबन्धहरुले लेखनलाई अझै रोमान्चक बनाउँदो रहेछ । अहिले म त्यही रोमान्चमा भुलेको छु । त्यसैले त उनको आग्रहलाई अक्षरशः पालना गरेर यो लेख लेख्दैछु । धेरै पटक सोचेँ । स्वामी विकासानन्दको सफलताको सुत्रमा पर्ने अरुको प्रसंसाले मानिसलाई उनीहरुतर्फ आकर्षित बनाउँछ र निन्दाले विकर्षित तुल्याउँछ भन्ने नीति अनुरुप धेरै बेरसम्म आफूलाई संयमित बनाइ रहेँ । तर जब बाटामा भेट हुने आफन्त एवं शुभ चिन्तकहरुले ‘अचेल लेखहरु किन आउँदैन ?’ भनि प्रश्न गर्न थाले तब भने उत्तर दिन मन लाग्यो । सकेसम्म कुवाको पानी नखाइकन काम गर्न चाहेको थिएँ । गाह्रो थियो र पनि आफ्नो पराइ कोही नभनि इमान्दरीतापूर्वक कलमलाई न्याय दिन खोजेँ । जसको बारेमा लेख्थेँ उसैले समेत राम्रै लेख्नु हुन्छ तर अलि बढि बिझाउने भयो भनेको पनि सुनेँ । कतिपय अवस्थामा अति पो भयो कि भनेर नरमाइलो पनि लाग्थ्यो । तर बेला बेलामा पाठक पंक्तिबाट आउने उत्साहप्रद प्रतिक्रियाले नलेखी ...