Posts

Showing posts with the label अन्तर्घातीलार्इ कारवाही

अन्तर्घातिलाई कारवाही कि दोस सार्ने बाटो ?

Image
साभारः राताेपाटी अहिले कैलालीमा कांग्रेसका अन्तर्घातीलाई कारवाही गर्ने लहड चलेको छ । चुनावका बेला पुराना अन्तर्घातीलाई ‘सात खुन माफ’ गरेर चुनावमा लाग्न आह्वान गर्ने देउवा समक्ष उनकी पत्नीको उमेद्वारी प्रति असन्तुष्ट रहेका पुष्करनाथ ओझा लगायतका पार्टी कार्यकर्ताको सूची नै तयार पारेर बुझाइएको छ । कैलालीमा आर्जु देउवा हार्नुको पछाडि पार्टिकै अन्तर्घात भनेर धेरैले अथ्र्याएका थिए । हुन त यो राजनीतिक दलहरुमा चलिआएको चलन नै हो । जित्नेले जनताले भोट दिए र  विश्वास गरे भन्ने अनि हार्नेले अन्तर्घातले हारे भनेर भन्ने प्रवृत्ति नयाँ होइन ।  अन्तर्घातको आरोप लगाउने क्रममा खास गरी डोटी क्षेत्रको भोट आर्जुको लागी नआएको र त्यसो हुनुमा निवर्तमान सांसद ओझा कारक रहेको भनेर अनलाईन खबरले समाचार समेत लेखेको थियो । नभन्दै अहिले आएको सूचीमा ओझाको नाम पहिलो नम्बरमा राखिनुले ती खबरहरुमा केहि हद सम्म सत्यता भएको तर्फ संकेत गर्दछ । आर्जू राणाको उमेद्वारी नै पहिले त विवादास्पद बनेको थियो । उनी स्थानीय नहुनुलाई सबैले विरोधको प्रमुख एजेण्डा बनाएका थिए । सुदूरपश्चिमको प्रतिनीधित्व पनि सुदूरका स्थानीयल...