Posts

Showing posts with the label Social Media

नखुलेको आकाश खुलेर आयोः कञ्चन रेग्मी प्रकरणका भित्री कुरा

Image
‘नखुलेको आकाश खुलेर आयो ऊ सायद यो बाटो भुलेर आयो झ¥यो त के भो जाही र जुही त्यो पलास मनमा फुलेर आयो’ बिबिसीमा लामो समय काम गरेका सुमन खरेलको कान्तिपुर टेलिभिजनबाट प्रसारित हुने कार्यक्रम ‘सुमन सँग’मा कञ्चन रेग्मीले यी पंक्तिहरु सुनाउँदा एकदमै भावुक बनेको थिएँ ।  उनले पति र छोरा इन्जीनीयर हुँदाहुँदै पनि आफूलाई हेलाँ गरेको र सात वर्ष सम्म पिडामा बाँचेको, चिताको आगो तापेर हिँउद काटेको, आदि कुरा भनिरहँदा मान्छेहरु सन्तान पाउनाको सास्ती अनि हुर्काउनका लागी गरिने अनेक दुःख कष्ट किन गर्छन होला जस्तै लाग्यो । त्यसको साटो वृद्धावस्थाको व्यवस्थापनका लागी केहि जोरजाम गरे जीवन कति सहज हुन्थ्यो होला भन्ने पनि लाग्यो । आँखिर न पति न छोरा, कोही त आफ्नो हुँदो रहेनछ । कञ्चन रेग्मीलाई फोहरको थुप्रोबाट उद्धार गरेर पवित्र सेवा समाजमा लगी आश्रय दिइरहेकी भनिएकी दिक्षा चापागाईंको नाम धेरै सुनेको अनि एक पटक प्रत्यक्ष भेट भएकी व्यक्ति थिइन् । लाजिम्पाट स्थित सनराइज बोर्डिङ्ग स्कुलमा पढाउने क्रममा त्यहाँकी पूर्व प्रधानाध्यापिका सुजला कार्कीको स्मृतिमा आयोजना गरिने कार्यक्रममा उनको वालाश्रममा भएका वाल...

देशलाई अनिर्णयको बन्दी बनाउनेहरु

Image
Image source: BBC देशमा प्रजातन्त्र आएको भनेको निकै धेरै भइसक्यो । ००७ सालमा पहिलो पटक देशले प्रजातन्त्रको स्वाद चाख्ने मौका पायो । त्यसको मनग्गे अभ्यास हुन नपाउँदै १७ साल देखि पञ्चायति व्यवस्था सुरु गरियो । पञ्चायती व्यवस्थाले प्रजातान्त्रिक अभ्यासलाई दशकौँ सम्म रोक लाएपछि ४६ सालमा फेरी प्रजातन्त्रको पुनरागमन भयो । ६२÷०६३ को जनआन्दोलनले त निरंकुशताको अन्तिम कडि भनेर मानिएको राजतन्त्रलाई समेत विदा गरेर जनताको शासनको शुनिश्चितता ग¥यो । देशमा सम्बिधान निर्माणको उद्देश्यले दुई पटक सम्म निर्वाचन भए । दुबै पटक जनतासामु बाचा गरिएका मिति नाघिए । जसो तसो १६ बुँदे मार्फत संविधान आउने तर्फ केहि ठोस कदम के अगाडि बढेको थियो सो कदमलाई तुहाउन हरेक क्षेत्र र तप्काबाट मानिसहरु ज्यू ज्यानले लाग्न थाले । कहिले सिमांकन सहितको प्रदेशको बखेडा त कहिले धर्मका नाममा कचिंगल । नागरिकताको सवाल त अझै त्यस्तै छ । विरोध गर्नका लागी नेपालीहरुले जति मिहिनेत र समय खर्चन्छन् त्यति मिहिनेत र समय समाजाममा सकारात्मक परिवर्तनका लागी गरेको भए सायद देशको गति यो हुने थिएन । त्यसैका सन्दर्भमा केहि भनि हाल्न मन लाग्यो । स...

भूकम्प र सामाजिक सञ्जाल

Image
image source:growingsocialmedia.com सामाजिक सञ्जाल अहिलेको एकदमै अपरिहार्य अनि शक्तिशाली सञ्चार माध्यम बनेको छ । सर्वसुलभ पहुँच र सामान्य ज्ञानका आधारमा नै सहजै प्रयोग गर्न सकिने गुण भएकाले यसखाले सञ्चार माध्यमले आम जनतामाझ लोकपृय बनेको छ । यसले इन्टर्नेट सम्म पहुँच भएको सामान्य मानिसको आवाजलाई पनि शक्तिशाली बनाइ दिएको छ । अब रेडियोमा फोन गरेरै मात्रै आफ्नो आवाज सम्बन्धित निकाय सम्म पुग्छ वा पत्रिकामा छापिएर आएपछि मात्रै अरुले आफ्नो अभिव्यक्ति जान्न पाउँछन् भन्ने रहेन । सामाजिक सञ्जालमा प्रकाशित गरेर पनि मानिसले आफूलाई चित्त नबुझेका कुराहरुलाई व्यक्त गर्न सक्छन् । यहाँ सम्म कि अब त पत्र–पत्रिका, रेडियो अनि टेलिभिजनका समाचारहरु समेत सामाजिक सञ्जालमा भएका अभिव्यक्तिमाथि आधारित हुन थालिसके । आम मानिसलाई यसरी शक्तिशाली बनाउन सफल यो सामाजिक सञ्जालले अवसरहरुसँगै चुनौतिहरु पनि बोकि ल्याएको छ । अभिव्यक्ति स्वतन्त्रतालाई बलियो पार्नु यसको सबल पक्ष भए पनि प्रयोगकर्ताहरु स्वयं आचार संहितामा नबाँधिएका अवस्थामा यसले एक किसिमको अराजकता समेत निम्त्याउँदो रहेछ । विगतका दिनमा सरकारप्रति चुलिएको नि...

एक हुने बेला

Image
Image source:Time.com (google) ‘यो बेला भनेको देशको लागी एक हुने बेला हो । एक अर्कालाई सहयोग गर्ने बेला हो । आशा छ तिम्रो मुलुक यो अवस्थाबाट छिट्टै मुक्त हुनेछ ।’ एल साल्भाडोरकी मार्सेलाको सन्देश पढ्दा मनमा एक खाले उर्जा उत्पन्न भइरहेको छ । सदा झँै बिदाको दिन अबेरै उठियो । कामका लागी अरु दिन बिहानै छ बजे उठ्ने गरिए पनि शुक्रबार साँझ भन्ने भेउ पाउने बित्तिकै आँखामा निन्द्रा हतपत आउँदैन । अबेर राती सुतेपछि समयमै कसरी बिउझनु ? त्यसैले अबेरै उठियो । आठ बजि सकेको थियो । नित्यकर्मझैँ भएको सामाजिक सञ्जालको प्रयोगले यस दिन पनि निरन्तरता पायो । ‘काठमाडौँमा भुइँचालो आयो ! धरहरा ढल्यो !!’ एकपछि अर्को गर्दै फेसबुकमा भूकम्प सम्बन्धी जानकारीहरु प्रकाशित हुन थाले । पहिले पनि सानो तिनो भूकम्प गइरहने हुनाले एकछिन त ठट्टा लाग्यो । तर हो रहेछ । धरहराको ठुटो मात्रै बाँकि रहेको फोटो देखेपछि शंका मान्ने ठाउँ नै रहेन । बसन्तपुर जाँदा प्राय बस्ने मन्दिर पनि ईंटा र माटाको थुप्रो भएछ । शोकको सिमा रहेन । धन्न मान्छेलाई केहि भएनछ । कम से कम त्यसबेला त्यही सोचेर चित्त बुझाएँ । घरको याद आयो । दिदीको याद आयो...

Deepika Padukon's Choice

Image
Recently, Deepika Padukon's video about women's choice was released. It came as another instalment to Vogue empowerment series. #Going_Home starring Alia Bhatt and #Start_with_Boys starring Madhuri Dixit. Both the videos were nice. Going Home made me feel ashamed of being a male and Start wit Boys made me feel that even I had been through such situations where I was discouraged to stop my tears. I liked them and so did many other people. Going Home got more than 5 million views and Start with Boys got more than one million views. There were dislikes in the video and some contrasting opinion but was such opinion were not so popular in social media. When the third installment "My Choice" came, it went viral in social media and was seen more than 3 million times within two days. I first came across praises from everyone. And today when I woke up, there were posts saying why Deepika or the video was wrong. I thought to collect all those opinions and present it to ...

तेजाब आक्रमण र हाम्रो कर्तव्य

Image
तस्वीर श्राेतः इन्टर्नेट अहिले संचार माध्यमहरुमा तेजाब आक्रमणमा परेकी दुई किशोरीहरु सम्बन्धी समाचारले प्राथमिकता पाएको छ । तेजाव आक्रमणमा परेकी संगिता पुलामी मगर र सीमा बस्नेत दुबै स्वास्थ्य लाभको प्रतिक्षामा अस्पतालमा छन् । एसएलसी परीक्षाका लागी तयारी कक्षामा पढ्दै गर्दा भएको उनीहरुमाथिको आक्रमणले उनीहरुको भविष्यनै अन्योलमा पारिदिएको छ । फलामे ढोका भनेर चिनिने एसएलसी परीक्षा आउन केहि हप्ताको समय बाँकि रहेको अवस्थामा उनीहरुमाथि भएको यस्तो आक्रमणले उनीहरुलाई परीक्षामा सामेल हुन पनि गाह्रो हुने अवस्था देखिएको छ । राजधानीमा घटेको यो घटनाले महिला हिंसाको नयाँ रुप देशमा भित्रिएको संकेत गरेको छ । तेजाव आक्रमणका घटना भारत र बांलादेश जस्ता छिमेकी मुलुकहरुमा हुने गरेको भएतापनि नेपालमा भने यस प्रकृतिको यो पहिलो घटना हो । ‘जव पुरुषहरुलाई सानै देखि यो भनिन्छ कि नारीहरु उनीहरुभन्दा कमसलहुन, नारीहरुलाई दबाएर राखिनु पर्छ, उनीहरु भोगका लागी बनेका हुन, तब कसरी नारी–पुरुषको बीचको सम्बन्ध सुमधुर बन्न सक्छ ? यही सोचका कारण हामी हाम्रो समाजमा महिला विरुधका घीनलाग्दा अपराधहरु देख्न पुग्दछौँ ।’ यी कुर...