Posts

Showing posts with the label Culture

टोपी दिवसमा धोतीका कुरा

Image
जर्मनीको बसाइको सुरुवाती दिनमा नेपाली हुँ भन्दा नेपालका बारेमा जिज्ञासा राख्ने धेरै हुन्थे । कतिले चिन र भारतसँग जोडेर मेरो राष्ट्रियता परिभाषित गर्ने कोशिस समेत गर्थे । म सकेसम्म सबैलाई स्पष्टिकरण दिँदै हिँड्थे । देश र संस्कृतिको महत्व त्यति नै बेला मलाई अनुभुति भएको हो । देशमा छँदासम्म कसैलाई आफ्नो परिचय दिइरहनु नै परेन । देश बाहिर जाँदा सबैले त्यहि नै मागे । अरुलाई परिचय दिनु अघि आफै पनि जान्नु पथ्र्यो । त्यसेले ती दिनहरुमा मैले आफैलाई चिन्ने अवसर समेत प्राप्त गरेँ । देशका बारेमा धेरै कुराहरु जान्ने अवसर पनि त्यहि थियो । ‘यो मेरो देशको धेरै परम्परागत पोशाक मध्येको एक हो । पहिले यसैलाई राष्ट्रिय पोशाक पनि भनिन्थ्यो । अहिले अन्य संस्कृतिको समेत सम्मानार्थ यो लगायत अन्य थुप्रै जातजातीका पोशाकलाई राष्ट्रिय पोशाक भनेर चिनिन्छ ।’ यति भनेर म परम्परागत पोशाकहरु पहिरिएका नेपालीहरुको चित्र सबैका सामु प्रस्तुत गर्थे । त्यहाँ मधेसी, गुरुङ, थारु, नेवारी, लगायतका समुदायको पहिरन लगाएका मानिसहरु हुन्थे । सबै मुख बाएर त्यो तस्वीरको अवलोकन गर्थे । उनीहरुले त्यो तस्वीरलाई देखेर व्यक्त गरेको अभिव्यक...

श्रीमतीलाई ‘तँ’ देखि धोती धुने सम्मका कुरा

Image
“बाबु !” “हजुर !” “उः अहिले त हजुर भनी ।” “झुक्केर भनेको । भन्दैन कसैलाई हजुर सजुर ।” शितल दाहालको “स्वास्नीलाई तँ, लोग्नेलाई हजुर ?” पढेदेखि मैले यो तँ र हजुरको प्रयोगका बारेमा निकै घोत्लीएँ । आफू र आफू वरपरको सम्बन्धमा तिनको प्रयोग कसरी हुँदो रहेछ भनी हेरेँ । हामी आपसमा परिस्थिति अनुसार तिमी र त (त)ँ प्रयोग गरि रहन्छौँ । पहिले भेट हुँदा तपाईंबाट सुरु भयो । त्यसपछि उसलाई हो या मलाई अप्ठेरो लागेर तिमी भनेर सम्बोधन गर्ने सहमती भयो । झोक्किएका बेलामा दुईचारपटक उसले त भनेपछि मैले नि तँ प्रयोग गर्न सुरु गरेँ । तर यो सब विगत भइसक्यो । अहिले सम्बोधनहरु फेरिन्छन् तर तिनको खासै अर्थ हुँदैन । न मलाई उसले त भन्दा नराम्रो लाग्छ न त तिमी भन्दा ठूलो भएको महशुस हुन्छ । उसले भने बारम्बार मेरो मुखबाट त निस्किँदा सचेत गराइ रहन्छेः “बाबु त नभन न !” “हस् ।” उसलाई आफूलाई नराम्रो लाग्ने भन्दा पनि अरुका अघि हामीले अनौपचारिक कुरा गर्दा त भनेर सम्बोधन ग¥यौँ भने हाम्रा बारेमा के सोच्लान् भन्ने हुँदो रहेछ । एक दिन फोनमा कुरा हुँदा आमाले छोरीलाई सिकाउँदै, “हजुर भन्नुपर्छ ।” भनेर सम्झाँउँदै हुनुहुन्थ्यो...

जानकी मन्दीरमा जे भयो

Image
गएको तीन महिनामा नेपालको इतिहासमा धेरै कारणले महत्वपूर्ण रह्यो । सरकार परिवर्तन देखि लिएर दशौँ वर्ष देखि प्रतिक्षित संविधान निर्माणको काम यसै अवधिमा सम्पन्न भयो । देशले प्रथम महिला राष्ट्रपति पायो । पहिलो पल्ट छिमेकिको आशिर्वाद विना नै सरकार बन्यो (?!) । विगतका संविधानहरु भन्दा धेरै कारणले राम्रो संविधान देशले पायो । आंशिक रुपमै भएपनि महिला, दलित, मधेसी, पिछडिएका जातजाती, तेश्रो लिंगी, आदिका अधिकारलाई केहि हदसम्म भएपनि यो संविधानले सम्बोधन ग¥यो । छ–छ वटा उप–प्रधानमन्त्री पनि देशले यसैबेला पायो । त्यसका साथै २१ जना मन्त्री, १० राज्यमन्त्री र दुई सहायक मन्त्री गरेर ४० सदस्यीय मन्त्रीमण्डल (इतिहासको तेश्रो ठूलो जम्बो मन्त्रीपरिषद) बनेको छ ।  संविधानसँग असन्तुष्ट पक्षहरुको आन्दोलनले तराई तनावग्रस्त पनि यसैबेला भइ रह्यो । भारतद्वारा गरिएको अघोषित नाकाबन्दीका मारमा जनताहरुले नपाउनु दुःख पनि यसैबेला पाए । खाना पकाउने इन्धन देखि यातायातका साधनका लागी चाहिने डिजल पेट्रोलको अभावले जनजीवन कष्टकर बन्यो । सरकारले राष्ट्रियताका नारा दिने भन्दा बढि केहि बिकल्प दिन सकेन । हाम्रो नेतृत्वको अदूरदर...

परदेशको दशैँ (नाटक)

Image
युवक अघिल्लो दिनको कामले लखतरान भएकोले अबेर सम्म बिछौनामा सुतेको छ । मोबाइलको अलार्म बेलाबेला बन्द गर्दै कोल्टे फेरिरहन्छ । उसलाई आज पनि काममा जानु छ । हिजो अनि अस्ती जस्तै । ऊ बसेको देशमा उसको चाड कसैले मान्दैन अनि उसको देशमा मनाइने चाडमा ऊ रमाउँदैन । वर्षौ देखि यस्तै चल्दै आएको छ । युवकः ओ हो १० पनि बज्न लागेछ । निद्राले लट्ठिएको स्वरमा अड्कँदै अड्कँदै बोल्छ । एकछिन बिछौनामै घोप्टो परेर मोबाइलमा फेसबुक चलाउँछ । सबैले दशैँको शुभकामना अनि फोटोहरु राखेको देखेर एकछिन खुशी हुन्छ । यो दशैँको शुभकामना भन्ने शुभकामना सन्देश बज्छ । युवक अझै खुशी हुन्छ । युवकः दशै आएछ है ! आफ्नो त यस्तै हो । फेसबुकका फोटोहरु हे¥यो, लाइक अनि कमेण्ट ठोक्यो, रमायो । ‘स  बै  ला  ई द  शैँ  को हा  र्दि  क मं  ग  ल  म  य शु  भ  का  म ना । स  बै  को जी  व  न फ  लो  स फु  लो  स अ नि ने  पा  ल  मा स्था  ही शा  न्ती आ  ओ  स् ।’ लौ जा मैले नि पोष्ट गरिदिए । एकछिन पछि उस...

Reading 'I am Malala'

Image
'I am Malala' was a nice read. I liked the part of the book where I got to learn a lot about history of Pakistan and Swat region to be specific. The history of Islamization of Swat was a bit painful for me. "FIRST THE TALIBAN took our music, then our Buddhas, then our history." It seemed like Taliban (meaning religious students!) did same in Swat what ISIS did or are doing in Syria. The only difference is that what happened in Swat is buried under the history and acts of ISIS are known to all. Actually this destruction started long ago in Mecca where statues of more than 350 gods were destroyed to establish one religion and the idea of one god. Many Indians blamed that Pak government is behind Taliban and this time it came from a Pakistani. Money that came to Pakistan in the name of 'War against terrorism' cost Pakistanis a lot. Only some high class official became rich and the rest had to take drone attack and every bad thing they could imagin...

साउनमा हरियो: संस्कृति कि विकृति ?

Image
 साउनको महिना सुरु भएसँगै चारैतिर हातमा मेहन्दीका अनेकानेक बुुट्टाहरुले सजिसजाउ नारी हातहरु देखिनु, तिनै हातहरुमा हरियो चुरा र सोमवारका दिन शिवालयहरुमा राता सारीहरुमा सजिएका नारी श्रद्धालुहरुको भीड देखिनु अहिलेको नयाँ संस्कृति जस्तै भइसकेको छ । अचेल सामाजिक संजालहरु मध्येको सर्वाधिक प्रयोग कर्ता भएको एक सामाजिक संजाल फेसबुकका भित्ताहरुमा यीनै कुराहरु देख्न सकिन्छ । साउनको १ गते देखिनै फेसबुकका नारी प्रयोगकर्ताहरुले हातमा मेहेन्दीका विभिन्न बुट्टाहरु बनाइएको आफ्ना हातका तस्वीरहरु प्रदर्शनीको क्रम प्रतियोगितात्मक रुपमै अगाडि बढेको देख्न सकिन्थ्यो । त्यस्तै हरियो चुरालाएको तस्वीरहरुको पनि कमि थिएन । यति हुँदा हुँदै समयानुकुल परिवर्तनलाई आत्मसाथ गर्न नसकन्ने नारी जमातहरुले भने यी सबै होडबाजी माथि प्रश्न तेस्र्याएका थिए । कसैले धर्मलाई नै प्रश्न गरेका थिए । साउने सोमबारमा मन्दिर नजानु अधर्मी हुनु हो कि त भनि प्रश्न गर्नेको पनि कमी थिएन । मन्दिर जाने महिलाको ताँतीमा आफू नमिसिएकोमा साययद उनीहरुले आफूमाथि त्यस्तो प्रश्न गर्न पुगेका होलान् । कतिले हरियो चुराको चलन माथि प्रश्न गरेका थि...

किरियापुत्रीका प्रश्नपूर्ण मुहारले उचालेका विचारका छालहरु

Image
सामाजिक संजालका माध्यमहरु अचेल मनोरञ्जनका लागि मात्रै नभएर आफ्ना विचार प्रकट गर्ने अनि अरुले प्रकट गरेका चाखलाग्दा विचारलाई आफ्ना साथीहरुमाझ साँटा साँट गर्ने माध्यमको रुपमा विकसित हुँदै गएको छ । देशको राजनीतिप्रतिको वितृष्णा देखि लिएर समाजमा व्याप्त तमाम कुरीति र कुसंस्कारहरुका बारेमा आवाज बुलन्द पार्ने र सबैलाई सचेत गर्ने कार्यमा पनि सामाजिक संजालका माध्यमहरुले मनग्गे सहयोग गरेका छन् ।  भर्खरै मात्र फेसबुक नामक हालको सर्वाधिक प्रयोग हुने सामाजिक सञ्जालमा एकजना किरियापुत्रीको तस्वीरले धेरैको ध्यान तान्न सफल भएको छ । सेतो वस्त्रमा बेरिएकी, केही दुःखी लाग्ने उक्त किशोरी आग्रहपूर्ण दृष्टिले हेरिरहेकी देखिन्थिन् । तस्वीरको माथिपट्टि तस्वीरलाई साथीभाइमाझ फेसबुक बाटै बाँडेर कुसंस्कार विरोधी सन्देश फैलाउनमा मद्दत गर्ने आग्रह गरिएको थियो ।  सो तस्वीर मैले पनि फेसबुकमा बाँडेको थिएँ । त्यसैक्रममा मेरो मित्रहरुको सुचीमा भएकी एक विदेशी महिला रोजा टी ताएमोराले मलाई तस्वीरमा देखाइएकी महिला दुःखी हुनुको कारण सोध्न पुगिन् । धनगढीमा हुँदा उनीसँग भेट भएको थियो । सरकारी विद्यालयहरुमा अं...

फेनफेन आइ हमार गाउँ भादा ! (हाम्रो गाउँ भादा फेरिफेरि आउनु !)

Image
एकदिने होम स्टे सकिएपछिको विहानी प्रस्थानको तयारी हुँदै थियो । गाउँको चोखो आतिथ्यले विभोर भएको मनमा बसाइ लम्ब्याउने सुर भएपनि विविध कार्य व्यस्तताका कारण त्यसो हुन सक्ने स्थिति थिएन । त्यसैले विहानको नास्ता खाएर प्रस्थान गर्ने सुरमा सबै थिए । विहान सबेरै चिया र स्थानीय परिकारहरुको स्वाद लिँदै विदा हुने तरखरमा थियौं । एक रातको बसाइले मनमा निकै कुराहरु उब्जीएका थिए । संस्कृति माथि परिरहेको आधुनिकताको प्रभावले गर्दा सांस्कृतिक पहिचान नै गुम्न लागेको अहिलेको स्थितिमा यसरी संस्कृति संरक्षणलाई व्यावसायिक रुप दिने प्रयासलाई जति सरहाना गरे पनि कम होला । थारु संस्कृतिको बारेमा जान्न इच्छुकहरुका लागि र आफू बसेको भूमिको इतिहाँस जान्न चाहनेहरुका लागि भादा अद्वितीय गन्तव्य हुन सक्छ । थारु जातिहरु मात्रै बसोबास गर्ने भादा गाउँ आफैमा थारु संस्कृतिको संग्राहलयको रुपमा त छँदै छ त्यसको साथसाथै औलोको राज्य समाप्त गरेर यस तराईं क्षेत्रमा मानव बसोबासको सम्भावना देखाउने थारु समुदायको इतिहाँस, यस क्षेत्रको इतिहाससँग पनि गाँसिएको छ । कुमाउका इतिहास नामक एक हिन्दी पुस्तकमा उल्लेख भए अनुसार थारु जातिको ...