Posts

Showing posts with the label Germany

विद्यार्थी राजनीति र विदेशी विश्वविद्यालयको अनुभव

Image
नेपालमा स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन चलिरहेका बेला क्याम्पसहरुमा आगजनी र तोडफोडका घटनाहरु बाहिर आउन थालेका छन् । विद्यार्थी–विद्यार्थी बीच कुटाकुटका घटनाहरु पनि बाहिरिएका छन् । स्ववियु निर्वाचनका लागी करोडौँको रकम माग भएको भनी अनलाइनमा समाचाहरु प्रकाशित भएका छन् । उमेर हदबन्दीले यसपाली केहि सकारात्मक परिवर्तन ल्याउने संकेत अवश्यै गर्न सकिन्छ । तरपनि देशका राजनीतिक दलहरुप्रचि चरम असन्तुष्टि बढि रहेकै बेला उनीहरुकै भ्रात्री संगठनहरुले राष्ट्रिय राजनीतिमा व्याप्त अराजकताकै अनुकरण गरिनुलाई धेरैले निराशाजनक मानेका छन् । नेपालमा विद्यार्थी संगठनका सभापति चुन्ने क्रममै माउ पार्टी भित्र आफ्ना मान्छेलाई त्यो पद पार्ने हानथाप सुरु हुन्छ । अहिलेको नेविसं को नेतृत्व छनौटका क्रममा पनि पार्टी सभापति शेरबहादुर देउबाका आशिर्वादले नैनसिंह महर अघि आएको भनी समाचारहरुमा पढ्न र सुन्न पाइएकै हो । त्यसै गरी अनेरास्ववियुको नेतृत्वमा रहेकी नविना लामालाई पनि एमाले अध्यक्ष ओलीको आशिर्वाद पाएकी पात्र भन्नेहरु पनि धेरै छन् । नविना लामाको हकमा त उनको बोल्ने कौशलका कारण पनि उनको नेतृत्व क्षमतामा शंङ्क...

तिहार र सेलरोटी

Image
चार तिहार सेलरोटी नखाएरै बिते । पहिलो तिहार त विदेश पसेको खुशीमा खासै याद गरिएन । त्यसपछिका तिहार भन्दा ह्यालोवीनको मातले नै भुलायो । गएका दुईवर्षमा मनाउन पाए हुन्थ्यो भन्ने लाग्दालाग्दै साथीभाइसँगको फुर्सत र कति आफ्नै अस्तव्यस्त जीवनशैलीले मनाउन पाइएन । घरहुँदा लक्ष्मीपुजाका दिन घरको धुरी चढेर बत्ती बालिन्थ्यो । साथीभाइसँग हुलबाँधेर कैले देउसी भैली खेल्न गइएला हुन्थ्यो । सके पटाका नसके घरको सलाईं चोरेर साइकलको छुच्ची भरेर किलाठोकेर पनि पड्काइन्थ्यो । अबेर घर पुग्दा पनि गाली नखाइने वर्षका ती दुई चार दिन नै त हुन् । भाइटिकामा बाबासँग पैसा मागेर भएपनि दिदी बहिनीलाई दक्षीणा दिइन्थ्यो । यस्तै यस्तै गरी दोश्रो ठूलो चाड पनि वित्थ्यो । तिहारसँग अनिगिन्ती यादहरु गाँसिएका छन् । घरहुँदा चाडपर्वको पनि उति ख्याल गरिन्नथ्यो । जतिजति पर पुगिँदै गयो तब घरबस्दाका हरेक कुरा विशेष लाग्न थाले । चाडपर्व त झन् बढि महत्वपूर्ण लाग्न थाले । मान्छेसँग जे छैन त्यसैको सुर्ता लाग्ने न हो । उतीबेला घर थियो, परिवार थियो तर विदेश, एक्लो जीवन, पिजा र बर्गरको रहर हुन्थ्यो । अब एक्लीएका बेलामा घर र परिवार बढि सम्झना...

प्रबास र काम

Image
“जर्मन भाषा बोल्न आउँछ ?” मैले प्रश्न सोझ्याएँ । “अँहँ ।” एकछिन छेऊकोसाथीसँग मुखामुख गरेर हाँस्दै र लजाउँदै उत्तर दिई । “त्यसो भए त भाँडा माझ्ने काम मात्रै पाइन्छ ।” मैले उल्याउनलाइ भनेँ । “त्यो त गरि हालौँला नी । बरु भाँडा पो कत्रा माझ्नु पर्ने हो ?” छेउकीले ठट्टा गर्दै सोधी । “डराउनु पर्दैन । त्यहाँ त भाँडा माझ्ने पनि मसिन  हुन्छ रे !” हाँस्दै भनेँ । अनि आफ्नै पीर लागेर आयो । म जर्मन दूतावासमा प्रवेशआज्ञा आवेदनका लागी पालो कुरेर बसीरहेको थिएँ । म जस्तै आशा र डर मिश्रित भावना बोकेका देश छोड्ने युवा जमात त्यहाँ उपस्थित थियो । हामीहरुबीचमा यस्तैयस्तै कुराकानीहरु भइरहेका थिए । नेपाल छँदा विदेशमा गरिने कामका बारेमा उति राम्रो सोच कमैले राख्छन् । विदेश जाने नेपालीहरु प्राय विना कुनै विशेष तालिम विदेश पस्ने हुँदा उनीहरुले पाउने कामहरु प्राय शारीरिक श्रममा आधारित कामहरु हुने गर्दछन् । निर्माणका काममा ज्याला मज्दुरी, होटेलहरुका भान्छामा भाँडा माझ्ने, वस्तुभाउ चराउने, कारखानामा मज्दुरी, आदिलाई नै बढि प्रचलित कामहरुका रुपमा लिइन्छ । यी सबै कामलाई हामी तल्लो स्तरको काम भन्ने संज्ञ...

यात्राविराम

Image
भू-मध्यसागरसम्मको यात्रा–६ विहान घण्टी बज्दा कोठाका अरु सबै सुतेका थिए । त्यसैले उनीहरुको निन्द्रा भङ्ग नहोस भनेर मैले हतपत फोनको घण्टी बन्द गरेँ । अघिल्लो साँझ अबेर कोठामा फर्केकाले निद्रा अलि नपुगे जस्तो थियो । एक मनले त भुस भएर अबेर सम्म सुत्न भन्थ्यो अनि अर्को मनले ‘यो मौका फेरी आउला नआउला त्यसैले अवसरको भरपुर सदुपयोग गर’ भनेर अहराउँथ्यो । मन नलागी नलागी ओछ्यान छोडेँ । झ्याल बाट बाहिर हेर्दा अँध्यारो थियो । हामीले एक बजे सम्म विमानस्थल पुग्ने भनेका थियौँ । अनि कोठा चाहीँ विहान १० बजे छोड्नु थियो । त्यसैले मलाई १० बजेसम्म जता पनि घुम्ने छुट थियो । मैले आफूलाई घुम्न मन लागेका सबै १० बजे सम्म घुमी भ्याउनु थियो । मेरो पहिलो रोजाई सहरको दक्षीण भागमा रहेको सान्ट मोन्योइका ( Sants - Montjuïc ) पार्कमा स्थित पहाड चढ्नु थियो । अग्लो चुचुरो भएकोले त्यहाँबाट सम्पूर्ण बार्सेलोना हेर्ने मेरो धोको थियो । समयको अभाव थियो । त्यसैले हत्तपत्त विहानको नित्य कर्म सकेर बाहिर सडकमा निस्किएँ । सहर पुरै सुतेको थियो । सडकमा फाट्टफुट्ट बाहेक मान्छे देखिँदैन थिए । एक  त विरानो मुलुकमा त्यो पनि यति ...

विस्तारित सपनाहरु

Image
भू–मध्यसागरसम्मको यात्रा–५ पानीको मोह घटेको थिएन । किनाराका बालुवामा एकछिन सम्म खेलेर फेरी पानीमा हामफालेँ । अलिअलि पौडी खेलेँ । एकजाना मंगोलियन अनुहारका अधबैँसे पुरुष भेटिए । बडो आरामसाथ उत्तानो परेर पानीमा तैरिरहेका थिए । हेर्दा सजिलो लाग्यो र सोध्नलाई परिचय गरेँ । थाइ नागरिक रहेछन् । पत्नी र छोराका साथमा छुट्टि मनाउन आएका रे ! दुबै हात फैलाएर काँधको सतहमा टाउका राखेर पानीमा उत्तानो सुत्यो भने विना हातगोडा चलाई तैरने रहेछ । दुईतीनपटक असफल प्रयासले पानी ख्वाएपछि एकपटक केही बेरसम्मलाई तैरन सकेँ । खुट्टा टेक्न खोज्दा फेरी पानी खाएँ । म आफू सफल भएकोमा ऊ तिर हेरेर चिच्याउन थालेँ । ऊ किनारामा बसेर मलाई हेर्दै हाँस्दै थियो । म उतिर चिच्याइ रहेकै बेला एउटा नौलो नेपाली आवाज थपियो । आवाज आएको दिशातिर फर्केर हेर्दा एकजना खाइलाग्दो जीउभएका मानिस मतिर हेरेर मुस्कुराइ रहेका थिए । नेपाली चिन्न मुहारमा झल्किने आत्मियता नै पर्याप्त हुन्छ । किन हो किन परदेशमा नेपाली भनेपछि निकै माया लाग्छ । अनपेक्षित रुपमा भेटिएका उनी तिर लम्किएर परिचय गरेँ । ‘जीवन पुरी ।’ हात अघि बढाउँदै उनले आफ्नो नाम भने ...

सपनाहरु बाँचेको दिन

Image
  भू–मध्यसागरसम्मको यात्रा –४ क्षितिजमा लाली पोतिएको थियो । म आँखाले भ्याउञ्जेल सागरका लहरहरु र त्यसको पल्लो छेउमा लागेको बादलको पर्खाल चिर्दै माथि उक्लँदै गरेको घाम हेरिरहेको थएँ । बादलका कारण सिनेमामा देखाए जस्तै पानीबाट निक्लँदो घाम हेर्ने मेरो चाह पुरा नभएपनि म त्यहाँ जीवनले दिएको अनेपेक्षित मौकामा रमाउन खोज्दै थिएँ । कुनै दिन यसरी सागर किनारामा सूर्योदयको प्रतीक्षा गर्दै बसौँला भन्ने सोचेकै थिएन । बाच्नु मात्रै पर्दो रहेछ, जीवनमा नियतीले लुकाएर राखेको अनेकानेक खुशीका पलहरुको कुनै कमी नहुने रहेछ । विहानीको हावाले मनमा ताजापन थप्दै थियो । किनारासँग जिस्किने छालहरुमा गोडा चोपलेर बस्दा बेलाबेला पानी माथि सम्म आइपुग्थ्यो । म कपडा भिज्ला भन्ने डरले बेलाबेला उठथेँ । जाडोले बिहानै पानीमा पस्ने आँट गर्न दिएन । त्यसैले गोडामात्रै चोपेर भएपनि स्पर्श कायम राखेर आँखाले भ्याउञ्जेल हेरिरहेको थिएँ । भोलिलाई सम्झना पनि त थुपार्नु थियो । हातगोडा दरा छउञ्जेल सम्झना बटुल्ने र यी गल्न थाल्दा ति बटुलेका सम्झनाका पाता पल्टाएर रमाउन न हो जीवन । म पछिका दिनलाई सुखद सम्झना पनि मनग...

परदेशमा स्वदेशी

Image
भू–मध्यसागरसम्मको यात्रा –३ “ट्यो ट केटी पाएपछि म ट्यस्टै हो । जट्टि टाइम पनि बिटाइडिन्छु ।” “अँ अनि भोक पनि लाग्दैन होला ।” “अब खाने नि । यस्लाई पनि लगेर जाने ।” साथमा हिँडी रहेकीलाई चिउँडाले इशारा गर्दै उसले भन्यो । मैले अलि रिसाए जस्तो गरि हेरेँ । फेरि हाँसे ङिच्च दाँत देखाएर । उसमा बेग्लै उमंग थियो । खुशी थियो, हाँस्दै थियो । कोठाबाट बल गरेरे बाहिर ल्याएको मान्छे जस्तै लाग्थेन । अघिकी केटी साथमै थिइ । हामी बेलाबेला अंग्रेजी र बेलाबेला नेपालीमा कुरा गर्दैथ्यौँ । दुबै जना मिलेर मलाई बेलिबिस्तार सुनाए । ब्राजिलबाट आएकी रहिछ । यूरोपयात्रा बार्सेलोनामा सकाएर घर जाने तयारी गर्दै रहिछ । समुद्रकी पारखी भएकीले फुटबलको पारखी उसको प्रेमीलाई रंगशालामा छोडेर आफू चाहिँ समुद्र किनारामा आएकी रहिछ । ब्राजिलियनका बारेमा एक भनाइ छ । त्यहाँका केटाहरु फुटबलर र केटीहरु बेस्या हुन्छन् रे ! मैले उनीहरु कुरा गरिरहेकै मौका पारेर केही फलफुल र पाउरोटीहरु किनेर ल्याएको थिए । उसलाई जानकारी गराएँ । उसले रुचि देखाएन । त्यस्ता खानेकुराले उसको पेट नभर्ने हुँदा गतिलो खानेकुराको खोजी गर्नुपर्ने भयो । ...

सागर अनि युवती

Image
भू–मध्यसागरसम्मको यात्रा –२ जर्मर्नीको चिसो हावापानीको दाँजोमा यहाँ केही गर्मी महसुस भयो । मौका यही हो भन्दै म पनि हाफकट्टुु र भेस्टमा बाहिर निस्किएँ । ऊ सदा झैँ पाइन्ट सर्टमै बाहिर आयो । मैले उसलाई किनारा छोएर फर्कने भनेको भएपनि म पानीमा गोडा हाल्ने योजनामा थिएँ । त्यसैले पनि त्यो मेरालागि उपयुक्त पहिरन थियो । हामी अनुमानका भरमा अघि बढ्दै गयौँ । सानामा सामाजिक शिक्षाको भूगोल अन्तर्गत समुद्री हावाका बारेमा पढेको कुरा याद आयो । दिनमा जमीन तातेर सतहमाथिको हावा भारी हुने हुँदा जमिनको सतहमा एककिसिमको खालीपना सृजना हुने गर्छ । समुद्रको पानी तात्न समय लाग्ने हुँदा त्यहाँको हावा चिसो नै रहिरहन्छ । त्यही चिसो हावा सतहको खालीपनलाई पुरा गर्न समुद्रबाट जमीन तिर बग्ने गर्छ ।  हामीलाई हावाको उल्टो दिशामा हिँड्नु थियो । तसर्थ बार्सेलोनाका प्राचीन घरहरुबीचको सडकसँगै हामी हावाको विपरित दिशामा अघि बढ्यौँ । सडकमा मानिसहरुको भीड विस्तारै बाक्लिँदै गयो । चोक आइपुग्दा परपर समुद्र छ भन्ने आभास मनमनै भयो । घरहरु सकिएको ठाउँमा समुद्र छ भन्ने पक्का थियो तर जाने पो कसरी भन्ने टुङ्गो थिएन । प्रविधिक...