Posts

Showing posts with the label Expatriots

प्रबासबाट फर्कँदा

लामो समयपछि नेपाल फर्कँदा एक किसिमको अपेक्षाहरु हुँदो रहेछ । मनले एउटा छुट्टै कल्पनाको संसार बनाएको हुँदो रहेछ । वास्तविकता त्यो कल्पनासँग मेल नखाँदा एक किसिमको निराशाले ठाउँ पाउँदो रहेछ । एक मनले त भन्छ भएभरका निराशाहरु पोखाँै । तर फाइदा के ? निराशा लेखेर म पनि निराश हुन्छु, पढ्ने पनि निराश हुन्छन् । फेरी देशको परिवर्तनकामी पार्टीका अध्यक्ष कमरेडले ‘निराशा बाँडेर क्रान्ति हुँदैन ।’ भनेर भनेको सुनेदेखि उनको भनाइ प्रति एक किसिमको सम्मान प्रकट गर्न मन लाग्छ । हुन पनि निराशा बाँडेर परिवर्तन हुने त केहि होइन । पलायनवादी सोचले मात्रै बढावा पाउने हो । त्यसैले विदेशमा केहि समय विताएर नेपालमा त्यहि सेवासुविधाको अपेक्षा राख्दा नपाएको झोकमा देशलाई सराप्ने भुल गर्नुको साटो म नहुँदा समाजमा भएका सकारात्मक परिवर्तनका बारेमा भने केहि लेख्न चाहन्छु । अढाइ वर्ष लामो विदेश बसाइका क्रममा विकसित भन्दा विकसित मुलुकहरु देख्न पाएँ । फ्रान्स, स्वीट्जरल्याण्ड, स्पेन, जर्मनी, र अमेरिकाका विभिन्न सहरहरुमा भ्रमण गर्दा प्रथम विश्व भनेर चिनिने समाजले मारेको फड्कोको साक्षात्कार गर्न पाइयो । सँगैको छिमेकी चीनको प्र...

प्रबास र काम

Image
“जर्मन भाषा बोल्न आउँछ ?” मैले प्रश्न सोझ्याएँ । “अँहँ ।” एकछिन छेऊकोसाथीसँग मुखामुख गरेर हाँस्दै र लजाउँदै उत्तर दिई । “त्यसो भए त भाँडा माझ्ने काम मात्रै पाइन्छ ।” मैले उल्याउनलाइ भनेँ । “त्यो त गरि हालौँला नी । बरु भाँडा पो कत्रा माझ्नु पर्ने हो ?” छेउकीले ठट्टा गर्दै सोधी । “डराउनु पर्दैन । त्यहाँ त भाँडा माझ्ने पनि मसिन  हुन्छ रे !” हाँस्दै भनेँ । अनि आफ्नै पीर लागेर आयो । म जर्मन दूतावासमा प्रवेशआज्ञा आवेदनका लागी पालो कुरेर बसीरहेको थिएँ । म जस्तै आशा र डर मिश्रित भावना बोकेका देश छोड्ने युवा जमात त्यहाँ उपस्थित थियो । हामीहरुबीचमा यस्तैयस्तै कुराकानीहरु भइरहेका थिए । नेपाल छँदा विदेशमा गरिने कामका बारेमा उति राम्रो सोच कमैले राख्छन् । विदेश जाने नेपालीहरु प्राय विना कुनै विशेष तालिम विदेश पस्ने हुँदा उनीहरुले पाउने कामहरु प्राय शारीरिक श्रममा आधारित कामहरु हुने गर्दछन् । निर्माणका काममा ज्याला मज्दुरी, होटेलहरुका भान्छामा भाँडा माझ्ने, वस्तुभाउ चराउने, कारखानामा मज्दुरी, आदिलाई नै बढि प्रचलित कामहरुका रुपमा लिइन्छ । यी सबै कामलाई हामी तल्लो स्तरको काम भन्ने संज्ञ...